Close Menu
Milapatra Khabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ४ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १५ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Facebook X (Twitter) Instagram
    Facebook Instagram YouTube
    Milapatra KhabarMilapatra Khabar
    Subscribe
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ/शेयर
    • खेलकुद
    • जीवनशैली
    • बिजनेस
    • मनोरञ्जन
    • अन्तरबार्ता
    • विचार
    Milapatra Khabar
    Home»breaking news»राजमार्गमा पहिराेकाे जाेखिम
    breaking news

    राजमार्गमा पहिराेकाे जाेखिम

    मिलापत्रमिलापत्र१० महिना अगाडि4 Views

    तानसेन, असार २१ गते । पाल्पाको तिनाउ–५, चर्चरेनजिकै गएको पहिरो व्यवस्थापन नहुँदा सो क्षेत्रको सिद्धार्थ राजमार्ग जोखिममा परेको छ । डेढ वर्षअघिदेखि चर्चरेनजिकै डुम्रेखोलामा खसेको पहिरो व्यवस्थापनको काम नहुँदा सडक एकतर्फी मात्र सञ्चालन गर्नुपर्ने बाध्यता बनेको छ ।

    सिद्धार्थ राजमार्गको तल्लो भाग डुम्रेखोलादेखि खसेको पहिरो समयमै नियन्त्रण गर्न नसक्दा यस वर्षको बर्सातमा यात्रुले सास्ती बेहोर्नुपर्ने बाध्यता बनेको छ । खोलाको तल्लो भागदेखि खसेको पहिरो नियन्त्रणको काम यस वर्ष नहुँदा बर्सातमा सबै सडक खोलामा खस्ने भय उत्पन्न भएको छ । समयमै पहिरो नियन्त्रणको काम भएको भए सडक बच्ने अवस्था थियो । जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टङ्कनाथ खनालले काम नहुँदा यो वर्षको वर्षामा सडक खस्ने सम्भावना रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले सो क्षेत्रमा एकतर्फी मात्र सवारीसाधन गुडाउन मिल्छ, ठेक्का भएपछि तत्कालै काम गरेको भए सडकको पहिरो रोकिन सक्थ्यो ।”

    पहिरो व्यवस्थापनको काम हुन नसकेपछि एक महिनायता राजमार्ग जोगाउन प्लास्टिक बिछ्याइएको छ । सडक डिभिजन कार्यालय पाल्पाले सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा सडक मर्मतसुधार गर्न छ महिनाअघि ठेक्का गरेको थियो । सडक डिभिजन कार्यालय पाल्पाले सिद्धार्थ राजमार्गको विभिन्न स्थानमा मर्मतसुधारसहित चर्चरे क्षेत्रको पहिरो व्यवस्थापन गर्न भगवती कन्स्ट्रक्सन बुटवललाई एक करोड ३१ लाख ६९ हजारमा ठेक्का दिइएको जनाएको छ । डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी दुर्गा गौतमले त्यसमध्ये पहिरो व्यवस्थापनका लागि ४२ लाख रुपियाँ स्टिमेट गरिएको जानकारी दिनुभयो ।

    उहाँले पहिरो रोक्नका लागि काम हुँदाहुँदै गाउँपालिकाबाट खोला क्षेत्रमा काम गर्न अनुमति नदिँदा समस्या सिर्जना भएको बताउनुभयो । सूचना अधिकारी गौतमले त्यस क्षेत्रमा खसेको पहिरो रोक्ने काम वर्षापछि गरिने बताउनुभयो ।

    सिद्धार्थ राजमार्गका अन्य क्षेत्रमा खासै समस्या नभए पनि चर्चरे क्षेत्रमा समस्या थपिएको छ । त्यसले सहज रूपमा सवारी गुडाउन समस्या भएको बसचालक शर्माप्रसाद श्रेष्ठले बताउनुभयो । उहाँले यो वर्ष त्यस क्षेत्रमा पहिरो गए माथिल्लो भागबाट समेत सडक बनाउन सक्ने अवस्था नरहेको बताउनुभयो ।

    पहिरो गएको क्षेत्रमा सडकको माथिल्लो भागबाट सडक चौडा गर्ने अवस्था छैन । तल्लो भागमा खोलाबाटै पर्खाल उठाएर सडक जोगाउनुपर्ने अवस्था छ तर वर्षा लागिसकेकाले यो वर्ष सडक जोगाउन संरचना निर्माणमा गर्न नसकिने सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।

    राति यात्रा नगर्न आग्रह

    यसैबिच जिल्ला प्रशासन कार्यालय पाल्पाले मनसुनजन्य विपत्बाट जोगिन सिद्धार्थ राजमार्ग, कालीगण्डकी कोरिडोरलगायतका सडकमा रातिको समयमा यात्रा नगर्न अनुरोध गरेको छ । पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदीले  जिल्लाका विभिन्न राजमार्ग तथा सहायक मार्गमा पहिरो तथा ढुङ्गा खसेर दुर्घटना हुन सक्ने भन्दै रातिको समयमा यात्रा नगर्न आग्रह गरिएको जानकारी दिनुभयो ।

    Related Posts

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ४ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १५ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Leave A Reply Cancel Reply

    Top Posts

    पाल्पाको तिनाउमा छात्राबासमै जन्मियो बच्चा

    २ महिना अगाडि745 Views

    ३५ बर्षमै छाेरो मन्त्री हुँदा लम्साल परिवारमा खुसीयाली (भिडियोसहित)

    १ महिना अगाडि497 Views

    बुटवलकाे नविन स्कुलका विद्यार्थी सम्पर्कविहिन

    १२ महिना अगाडि393 Views

    पाल्पाको बल्ढेङगढीमा भिषण पहिरो

    १० महिना अगाडि244 Views
    Don't Miss

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    breaking news ४ घण्टा अगाडि

    दाङ, जेठ १ गते । लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि प्रदेशमा मन्त्रालयको सङ्ख्या आठ…

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १५ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि

    वैदेशिक राेजगारीमा ठगी गर्ने तीनजना पक्राउ

    २ दिन अगाडि
    हाम्रो बारेमा
    हाम्रो बारेमा

    Registration: 1697/076/77
    Address: Butwal-09, Rupandehi

    Facebook YouTube
    फल्लो अस

    Email Us: milapatrakhabar@gmail.com
    Contact: +977-9851161546

    हाम्रो टिम

    सञ्चालक:
    खिमनारायण पराजुली
    अनन्तराज पाण्डे
    रुद्र कार्की
    भुवन कार्की
    कृष्ण पाैडेल
    एस.डी. काेईराला
    दिल गुरुङ
    साेनु थापा

    सम्पादक : माेनिषा बस्नेत
    संवाददाता: नेत्र रुचाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 MIlapatrakhabar. Designed by Ignite Infosys Pvt Ltd.

    Type above and press Enter to search. Press Esc to cancel.