बुटवल, १३ असार । नेपालबाट जापान गएका धेरै युवाहरुमाझ लोकप्रिय सामाजिक ब्यक्तित्व रञ्जित महर्जनले एनआरएनए जापानको लागि राष्ट्रिय परिषद् अन्तर्गत युवा संयोजक पदमा उम्मेदवारीको घोषणा गरेका छन् । उनले प्रवासी भूमिमा रहेका नेपाली युवाहरूको हकहितमा काम गर्ने अठोटसहित उम्मेदवारी दिएको बताएका छन् ।
एनआरएनए गुन्माकेनको लामो अनुभव र कोरोनाकालमा नेपालीलाई जुनसुकै समयमा पनि हरसम्भव सहयोग गरेकाले उनको जीत सुनिश्चित भएको एनआरएनए गुन्माकेन १९–२१ का सचिव राजकुमार कार्कीको भनाई छ ।
कोरोनाको समयमा नेपालबाट गुन्माकेनको मायाबासी आएका नयाँ बिद्यार्थीलाई खान बस्ने राम्रो प्रबन्ध मिलाएकाले उनको योगदानको राम्रो चर्चा एनआरएनए गुन्माका सल्लाहकार कृष्णबहादुर पाण्डे क्षत्रीले बताए । जापानको गुन्माकेन, तोचिगीकेनमा नेपाली फुटबल टिम गठन गरी बिभिन्न म्याच राखी बिदेसमा रहेर पनि खेलकुदलाई उनले राम्रो टेवा दिएको एनआरएनए गुन्माकेन २१–२५ का संयोजक नासिरदिन मियाले उल्लेख गरे ।
परदेशमा रहेर भाषाको अज्ञानताको कारण अस्पताल, नगरपालिका, ईमिग्रेसन जान नसकेका धेरै नेपालीलाई दोभासे भई सहयोग गरेको हुँदा एनआरएनएमा महर्जनको उमेद्वारीको आवस्यकता रहेको ईश्वर परीयारले बताए । प्रवासमा रहेका नेपालीहरुका समस्यालाई समाधान गर्ने ब्यक्ति नै एनआरएनएको सदस्य हुनुपर्छ भन्ने मान्यतासहित महर्जनलाई जिताउन जापानबासीलाई धेरैले आग्रह गरेको जापानबासी अजिज मियाले बताए ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
