Close Menu
Milapatra Khabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ४ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १५ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Facebook X (Twitter) Instagram
    Facebook Instagram YouTube
    Milapatra KhabarMilapatra Khabar
    Subscribe
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ/शेयर
    • खेलकुद
    • जीवनशैली
    • बिजनेस
    • मनोरञ्जन
    • अन्तरबार्ता
    • विचार
    Milapatra Khabar
    Home»breaking news»भूमिहीनलाई जग्गा दिलाउन नापजाँचको काम जारी
    breaking news

    भूमिहीनलाई जग्गा दिलाउन नापजाँचको काम जारी

    मिलापत्रमिलापत्र११ महिना अगाडिUpdated:११ महिना अगाडि51 Views

    बुटवल, ९ असार । भूमि समस्या समाधान आयोगले बुटवल क्षेत्रका भूमिहीनलाई लालपुर्जा बितरणको तयारी थालेको छ । आयोगले रूपन्देही जिल्ला अन्तर्गत बुटवल उपमहानगरपालिकाको वार्ड नम्बर २, ४, १२, तथा १३ का अब्यवस्थित भूमिहीनलाई जग्गाको स्वामित्व दिलाउने गरी जग्गा नापजाँच काम अघि बढाएको छ ।
    यसै अन्तरगत आईतारदेखि बडा नं. १२ को ढबाहमा जग्गा नावजाँचको काम सुरु गरिएको छ । भूमि समस्या समाधान आयोग रूपन्देहीका अध्यक्ष कुमार थापाको रोहवरमा ढवाहामा जग्गा नापजाँच सुरु गरिएको हो । उक्त अवसरमा धारणा राख्दै थापाले वर्षौदेखि भूमिको स्वामित्व नपाएका नागरिकले अब छिटै स्वामित्व ग्रहण गर्ने विश्वास ब्यक्त गर्नुभयो । भूमि समस्या समाधान गर्न आफूले सक्दो पहल गरिरहेको उहाँको भनाई छ ।
    वडा नं. १२ का वडा अध्यक्ष डिल्लीप्रसाद शर्मा आचार्य तथा टोल विकास समितिका अध्यक्ष योगेन्द्र छन्तेलले भूमि आयोगले समस्या समाधानको पहल गरेकोमा आभार प्रकट गर्नुभयो । भूमिहीनलाई न्याय हुने गरी कार्य सम्पादन गर्न उहाँहरुको आग्रह छ ।
    बुटवल उपमहानगरपालिका प्राविधिक तथा कर्मचारीहरूले जग्गा तथा बाटो नावजाँचको काम सुरु गरेका छन् । भूमि समस्या समाधानको लागि भूमि आयोग, नगरपालिकाकाका जनप्रतिनिधि लगायत कर्मचारी, राजनीतिक दल, समाजसेवी बुद्धिजीवी सबैको सहगोग रहेको नगरपालिकाले जनाएको छ ।
    भूमि आयोगले बुटवल क्षेत्रका १२ सय ७९ जनाको जग्गा हकदाबीको सूचना प्रकाशित गरेर लालपुर्जा बितरणको तयारी थालेको हो । त्यसका लागि कर्मचारीहरुको सातवटा टोली बनाएर जग्गा तथा बाटो नापजाँचको काम चलिरहेको नगरपालिकाले जनाएको छ ।

    Related Posts

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ४ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १५ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Leave A Reply Cancel Reply

    Top Posts

    पाल्पाको तिनाउमा छात्राबासमै जन्मियो बच्चा

    २ महिना अगाडि745 Views

    ३५ बर्षमै छाेरो मन्त्री हुँदा लम्साल परिवारमा खुसीयाली (भिडियोसहित)

    १ महिना अगाडि497 Views

    बुटवलकाे नविन स्कुलका विद्यार्थी सम्पर्कविहिन

    १२ महिना अगाडि393 Views

    पाल्पाको बल्ढेङगढीमा भिषण पहिरो

    १० महिना अगाडि244 Views
    Don't Miss

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    breaking news ४ घण्टा अगाडि

    दाङ, जेठ १ गते । लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि प्रदेशमा मन्त्रालयको सङ्ख्या आठ…

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १५ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि

    वैदेशिक राेजगारीमा ठगी गर्ने तीनजना पक्राउ

    २ दिन अगाडि
    हाम्रो बारेमा
    हाम्रो बारेमा

    Registration: 1697/076/77
    Address: Butwal-09, Rupandehi

    Facebook YouTube
    फल्लो अस

    Email Us: milapatrakhabar@gmail.com
    Contact: +977-9851161546

    हाम्रो टिम

    सञ्चालक:
    खिमनारायण पराजुली
    अनन्तराज पाण्डे
    रुद्र कार्की
    भुवन कार्की
    कृष्ण पाैडेल
    एस.डी. काेईराला
    दिल गुरुङ
    साेनु थापा

    सम्पादक : माेनिषा बस्नेत
    संवाददाता: नेत्र रुचाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 MIlapatrakhabar. Designed by Ignite Infosys Pvt Ltd.

    Type above and press Enter to search. Press Esc to cancel.