Author: मिलापत्र

काठमाडौं, साउन ५ – पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न नीतिगत र समग्र राज्यले नै सोच्ने तरिका सुधार गर्न आवश्यक रहेको बताउनुभएको छ । आज सिएनआइ (नेपाल उद्योग परिसंघ) का नवनिर्वाचित पदाधिकारीहरूसँग निजी निवास खुमलटारमा भेट गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो । भेटका क्रममा अध्यक्ष प्रचण्डले देशको आर्थिक विकासमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो। उहाँले राज्यको माइन्डसेट परिवर्तन गरी निजी क्षेत्रलाई सहज वातावरणमा काम गर्न दिने नीतिगत सुधारको आवश्यकता औँल्याउनुभयो। “निजी क्षेत्रलाई सहजीकरण गर्ने नीति र संरचना तयार नगरी समृद्धिको लक्ष्य हासिल गर्न सकिँदैन,” अध्यक्ष प्रचण्डले…

Read More

बुटवल, ४ साउन । गैरआवासीय नेपाली संघ (NRNA) जापानको आगामी कार्यकाल (२०२५–२०२७) का लागि नासिर मियाले क्षेत्रीय सह-कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ। उहाँले सन् २०२३–२०२५ को कार्यकालमा गुन्मा क्षेत्रीय समितिको संयोजकको रूपमा सफल नेतृत्व प्रदान गर्नुभएको थियो। संयोजक पदमा रहँदा मियाले गुन्मा क्षेत्रमा उल्लेखनीय सामाजिक कार्यहरू सञ्चालन गर्नुका साथै समुदायमा एकता, समन्वय र सहभागितालाई बलियो बनाउन महत्त्वपूर्ण योगदान दिनुभएको थियो। विशेषगरी, उहाँकै पहलमा सञ्चालन गरिएको सदस्यता विस्तार अभियान अत्यन्त सफल भएको थियो, जसअन्तर्गत सदस्य संख्या पाँच गुणाले वृद्धि भएको थियो। उम्मेदवारी घोषणा गर्दै मिया भन्नुहुन्छ, “NRNA जापानलाई अझ पारदर्शी, उत्तरदायी र क्षेत्रीय समिति अनुकूल बनाउनु मेरो उद्देश्य हो। सह-कोषाध्यक्षको…

Read More

साउन १, काठमाडौं — नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज ललितपुरको बालकुमारी चौर, सुनाकोठीमा आयोजित विशेष कार्यक्रममार्फत ‘श्रम र उत्पादनमा वाइसिएल अभियान’ को औपचारिक उद्घाटन गर्नुभयो। कार्यक्रममा उहाँले श्रममा प्रत्यक्ष सहभागी हुँदै इँटा लगाउने, घाँस काट्ने, वृक्षारोपण गर्ने, चौरको सरसफाइ गर्ने जस्ता कार्यहरूमा युवा स्वयंसेवकहरूसँग श्रम गर्दै सहकार्य गर्नुभयो। कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले वाइसिएल नेपालले नीतिगत निर्णयमार्फत राष्ट्रिय रूपमा सञ्चालनमा ल्याएको श्रम अभियानलाई माओवादी केन्द्रले अघि सारेको “उत्पादन ब्रिगेड” को निरन्तरता र एक महत्वपूर्ण आयाम भएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “सर्वसम्मत रूपमा केन्द्रीय समिति गठन भइसकेपछिको पहिलो पदाधिकारी बैठकमा, उत्पादन र राष्ट्रिय…

Read More

बुटवल, असार ३१ गते । महिलाको स्तनसम्बन्धी रोग पहिचान र उपचारमा नयाँ आयाम थप्दै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले म्यामोग्राफी सेवा सुरु गरेको छ । स्तनसम्बन्धी रोगको परीक्षण, परामर्श र उपचारका लागि ‘विशेष ब्रेस्ट क्लिनिक’ समेत सञ्चालनमा ल्याएको छ । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारूले सोमबार म्यामोग्राफी तथा ब्रेस्ट क्लिनिक उद्घाटन गर्दै प्रदेशको स्वास्थ्य सेवामा नयाँ आयाम थपिएको बताउनुभयो । मन्त्री सारूले अस्पतालमा ‘स्वचालित ल्याब रिपोर्ट डिस्प्याच’ को समेत शुभारम्भ गर्नुभयो । अस्पतालमा स्थापना गरिएको म्यामोग्राफी सेवाले महिलाको स्तन क्यान्सरसम्बन्धी रोगको पहिचान तथा उपचारमा ठुलो सफलता मिल्ने अपेक्षा गरिएको छ । स्वचालित ल्याब रिपोर्ट डिस्प्याच मेसिनबाट सेवाग्राहीले आफैँ सम्पूर्ण रिपोर्ट बुझ्न पाउने भएका छन् । अस्पतालमा सेवाको शुभारम्भपछि…

Read More

मध्यविन्दु , असार ३० गते । नवलपुरका किसानहरू यति वेला मकै भित्र्याउने चटारोमा छन् । व्यावसायिक रूपमै खेति मकै खेती गरेका यहाँका किसानहरू छोडाउने अनि सुकाउने काममा व्यस्त छन् । केही वर्ष पहिलेसम्म हातैले मकै छोडाएर थन्क्याउनुपर्ने बाध्यता थियो भने अहिले  मेसिन भित्रिएपछि किसानलाई काममा धेरै सहज भएको छ । मध्यविन्दु एक गुडचरीस्थित आफ्नै घरको आँगनमा मेसिनमा मकै छोडाउँदै गर्दा  भेटिनुभएका किसान थमन बहादुर चन्दले मेसिनले काम गर्न निकै सजिलो भएको बताउनुभयो । महिना दिन लगाएर गर्नुपर्ने काम केही घण्टामै सक्किने भएपछि निकै सहज भएको उहाँले बताउनुभयो । कृषक समूह मिलेर गत वर्ष मकै छोडाउने मेसिन खरिद गरेपछि मकै छोडाउन पालैपालो गरी…

Read More

तिलोत्तमा । असार २८ गते । बुटवलमा प्रदेश स्तरीय शैक्षिक सम्मेलन हुने भएको छ । काठमाण्डौं विश्वविद्यालय र प्याब्सन रुपन्देहीको संयुक्त आयोजनामा असार २८ गते शनिबार बुटवलमा शैक्षिक सम्मेलनको आयोजना गरिएको निजि तथा आवसिय विद्यालय अर्गनाइजेसन रुपन्देहीका अध्यक्ष दीपक खनालले जानकारी दिनुभयो । खनालले सम्मेलनमा ३०० बढी शिक्षक, प्रतिनिधी, खोजकर्ता, शिक्षाविद एवँ सरोकारवालाहरुको सहभागिता रहने बताउनुभयो । काठमाण्र्डौ विश्वविद्यालय स्कुल अफ एजुकेशनका डिन प्राध्यापक डा बालचन्द्र लुइटेलले कार्यक्रम भब्य रुपमा सञ्चालन हुने बताउनुभयाे । कार्यक्रमकाे  उद्घाटन लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार विकाशमन्त्री भुमिश्वर ढकालले गर्ने तय भएको प्याब्सन रुपन्देही सचिव चन्द्र अधिकारीले जानकारी दिनुभयो । कार्यक्रममा ५ वटा कार्यशाला र करिव…

Read More

गुल्मी, असार २७ गते । गुल्मीको जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८२ अनुसार जिल्लाका दुई सयभन्दा बढी स्थान बाढी र पहिरोको जोखिममा रहेका छन् । अहिलेको वर्षातमा २२ हजार नागरिक प्रभावित हुने अनुमान जिल्ला विपद् व्यावस्थापन समिति गुल्मीको रहेको छ । मुसिकोट नगरपालिकाका १० स्थान बाढी र १६ स्थान पहिरोको जोखिममा छन् । मुसिकोटको समुन्द्रे, कालिरह लगायत बडिगाड नदी किनार बाढीको जोखिममा छन्  भने सिम्ले, तोलादी, दजाकोट लगायतका स्थान पहिरोको जोखिममा रहेको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ । विसं. २०६४ र २०८१ मा गरेर मुसिकोटमा पहिरोबाट १० जनाले ज्यान गुमाएका छन् । मालिकाका नौ स्थान बाढीको जोखिममा छन्…

Read More

बुटवल, असार २६ गते । बुटवलको ज्योतिनगर पहिरो क्षेत्रको हलचल पत्ता लगाउन बेलायती अनुसन्धानकर्ताले पहिरो क्षेत्रमा राखेको क्यामराको चिप्स बेलायत पठाएका छन् । पहिरो नियन्त्रणका लागि बेलायतको क्याम्ब्रिज विश्वविद्यालयका सहायक प्रोफेसर डा. म्याक्समिलन भान डे भ्रिज र अनुसन्धानकर्ता हाजार्ड सेन्सिङसहित बुटवल आएको टोलीले गत वैशाखमा ज्योतिनगर र मिलनपथ पहिरो क्षेत्रको स्थलगत निरीक्षण गरी क्यामरा जडान गरेको थियो । बुटवल उपमहानगरपालिका–३ का वडाध्यक्ष विष्णु ढकालले बेलायतबाट आएको विज्ञसहितको टोलीले ज्योतिनगर र मिलनपथको पहिरो क्षेत्रमा जडान गरेको क्यामरामा चिप्स अध्ययनका लागि बेलायत पठाइएको बताउनुभयो । पाँच वटा क्यामराबाट पहिरोको हलचल पत्ता लगाउने, पहिरो जाने अवस्था जमिनमुनि भित्रबाट हो कि बाहिर हो भन्ने पत्ता लगाउने तथा पहिरो जाने…

Read More

बुटवल, २४ असार  । बुटवल– पाल्पा सडक खण्ड अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित सिद्धबाबा मन्दिर नजिक पहिरोमा परेर गम्भीर घाइते एक जनाको मुत्यु भएको छ । घटनामा एक महिला घाइते भएकी छन् । मृत्यु हुनेमा मोटरसाइकलमा सवार पाल्पा रामपुर नगरपालिका- ६ तालपोखरा घर भएका जनक भण्डारी हुन् । मंगलबार दिउँसो बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु ५१ प ६६३३ नम्बरको मोटरसाइकलका चालक भण्डारीको मृत्यु भएको र मोटरसाइकलको पछाडी बसेकी उनकी श्रीमती कल्पना चापागाईं घाइते भएको प्रहरी चौकी दोभानका प्रमुख रुमबहादुर केसीले जानकारी दिए । दिउँसो ४ बजेतिर सडक माथिबाट पहिरो खस्दा मोटरसाइकलका चालकलाई लागेको र उनी उछिट्टिएर करिब ३० मिटर…

Read More

बुटवल, असार २४  । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेट नगर सभाले पारित गरेको छ । ढिलो गरी प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा लुम्बिनीको विकास, शिक्षा, स्वास्थ्य, खेलकुद, सरसफाइ, भाषा, संस्कृति संरक्षण, धार्मिक पर्यटन प्रवर्धनलगायतका कार्यक्रमलाई प्राथमिकता दिइएको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख सजरुद्दिन मुसलमानले लुम्बिनीको पर्यटन प्रवर्धन गर्न फुड फेस्टिभल गर्ने तथा लुम्बिनीको विकासका लागि लुम्बिनी विकास कोषसँग सहकार्य गर्ने बताउनुभयो । यसै गरी लुम्बिनी शान्ति र ज्ञानको जननी भन्ने नाराका साथ लुम्बिनीको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा प्रचारप्रसार गर्ने कुरा उल्लेख छ । त्यसै गरी सामुदायिक विद्यालयको आकर्षण बढाउन हरेक विद्यालयमा सङ्गीतमय पिटी प्रार्थना…

Read More