Close Menu
Milapatra Khabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    समाजमा बढ्दाे सम्बन्धबिच्छेद

    ९ घण्टा अगाडि

    अन्तर्राष्ट्रिय ‘हाइवे’ मापदण्डमा बन्दै

    ४ दिन अगाडि

    जन्मदर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र नागरिक एपमा उपलब्ध हुने

    ५ दिन अगाडि
    Facebook X (Twitter) Instagram
    Facebook Instagram YouTube
    Milapatra KhabarMilapatra Khabar
    Subscribe
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ/शेयर
    • खेलकुद
    • जीवनशैली
    • बिजनेस
    • मनोरञ्जन
    • अन्तरबार्ता
    • विचार
    Milapatra Khabar
    Home»breaking news»ज्याेतिनगर पहिराे अनुसन्धानका लागि बेलायत पठाईयाे चिप्स
    breaking news

    ज्याेतिनगर पहिराे अनुसन्धानका लागि बेलायत पठाईयाे चिप्स

    मिलापत्रमिलापत्र९ महिना अगाडि44 Views

    बुटवल, असार २६ गते । बुटवलको ज्योतिनगर पहिरो क्षेत्रको हलचल पत्ता लगाउन बेलायती अनुसन्धानकर्ताले पहिरो क्षेत्रमा राखेको क्यामराको चिप्स बेलायत पठाएका छन् । पहिरो नियन्त्रणका लागि बेलायतको क्याम्ब्रिज विश्वविद्यालयका सहायक प्रोफेसर डा. म्याक्समिलन भान डे भ्रिज र अनुसन्धानकर्ता हाजार्ड सेन्सिङसहित बुटवल आएको टोलीले गत वैशाखमा ज्योतिनगर र मिलनपथ पहिरो क्षेत्रको स्थलगत निरीक्षण गरी क्यामरा जडान गरेको थियो । बुटवल उपमहानगरपालिका–३ का वडाध्यक्ष विष्णु ढकालले बेलायतबाट आएको विज्ञसहितको टोलीले ज्योतिनगर र मिलनपथको पहिरो क्षेत्रमा जडान गरेको क्यामरामा चिप्स अध्ययनका लागि बेलायत पठाइएको बताउनुभयो ।

    पाँच वटा क्यामराबाट पहिरोको हलचल पत्ता लगाउने, पहिरो जाने अवस्था जमिनमुनि भित्रबाट हो कि बाहिर हो भन्ने पत्ता लगाउने तथा पहिरो जाने अवस्थामा पूर्वसूचना दिने गरी क्यामरा जडान गरिएको थियो । वडाध्यक्ष ढकालले बेलायती अनुसन्धान टोली बेलायत फर्किसकेकाले क्यामराको चिप्स अध्ययनका लागि बेलायत पठाइएको र थप जानकारी केही नआएको बताउनुभयो । उहाँले चिप्सबाट पहिरोको विषयमा बेलायती अनुसन्धानकर्ताले विस्तृत अनुसन्धान गरी पहिरो नियन्त्रणका लागि उपाय सुझाउने उल्लेख गर्नुभयो ।

    बुटवलमा पहिरोको अवस्था बुझ्न आएको बेलायती अनुसन्धान टोलीले क्यामराले भित्रभित्रैबाट ठुलो पहिरो जाने अवस्था पत्ता लगाउने भएकाले पूर्वसूचना दिएर यसले ठुलो जनधनको क्षति हुनबाट बचाउन सहयोग पुर्‍याउने जानकारी गराएको थियो । बुटवलका लागि ज्योतिनगर पहिरो साढे दुई दशकदेखि हैरानी बन्दै आएको छ । २०५५ भदौ २० गते बुटवलको ज्योतिनगर र मिलनपथ क्षेत्रमा पहिलो पटक पहिरो गएको थियो ।

    स्थानीयले धेरै पटक पहिरोकै कारण विस्थापनको पीडा भोग्दै आएका छन् । सङ्घीय सरकारको सहयोगमा मिलनपथ, ज्योतिनगर र लक्ष्मीनगरमा पहिरो नियन्त्रणका लागि तीन करोड रुपियाँ बराबरको काम सम्पन्न भएको छ । सङ्घीय सरकारको करिब तीन करोड रुपियाँ बजेटमा चुरे क्षेत्रको पहिरो नियन्त्रणका लागि चेक ड्याम, रिटर्निङ वाल, ग्याबिन जाली, बक्स कलभर्ट निर्माणको काम सम्पन्न भएको हो । चार वर्षअघि २०७८ सालमा पनि ज्योतिनगरमा पहिरो जाँदा एक दर्जन घरमा क्षति पुगेको थियो ।

    बुटवल उपमहानगरपालिकाले पनि चुरे क्षेत्रबाट झर्ने पहिरो र गेग्य्रान नियन्त्रण गर्न हरेक वर्ष रोकथामको प्रयास गर्दै आएको छ । बुटवल उपमहानगरपालिका–३ का विपत् व्यवस्थापन संयोजक अमृत खड्काले पहिरो नियन्त्रणका लागि सङ्घीय सरकार, बुटवल उपमहानगरपालिका, राष्ट्रपति चुरे संरक्षण कार्यालयलगायतका निकायबाट गरिएको प्रयासका कारण अहिले पहिरोको जोखिम कम भएको बताउनुभयो ।

    बुटवल उपमहानगरले गत वर्ष पनि ग्याबिन जाली लगाउने, खोल्सा सफा गर्ने, पानीको बहाबलाई व्यवस्थित गर्ने जस्ता काम गरेको थियो । संयोजक खड्काले पहिरोबाट सम्भावित जोखिम न्यूनीकरणका लागि बुटवल उपमहानगरपालिकाले डोजर तथा एक्साभेटर तयारी अवस्थामा राखेको बताउनुभयो ।

    Related Posts

    समाजमा बढ्दाे सम्बन्धबिच्छेद

    ९ घण्टा अगाडि

    अन्तर्राष्ट्रिय ‘हाइवे’ मापदण्डमा बन्दै

    ४ दिन अगाडि

    जन्मदर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र नागरिक एपमा उपलब्ध हुने

    ५ दिन अगाडि
    Leave A Reply Cancel Reply

    Top Posts

    पाल्पाको तिनाउमा छात्राबासमै जन्मियो बच्चा

    ३ हप्ता अगाडि742 Views

    ३५ बर्षमै छाेरो मन्त्री हुँदा लम्साल परिवारमा खुसीयाली (भिडियोसहित)

    २ हप्ता अगाडि495 Views

    बुटवलकाे नविन स्कुलका विद्यार्थी सम्पर्कविहिन

    ११ महिना अगाडि393 Views

    पाल्पाको बल्ढेङगढीमा भिषण पहिरो

    ९ महिना अगाडि242 Views
    Don't Miss

    समाजमा बढ्दाे सम्बन्धबिच्छेद

    breaking news ९ घण्टा अगाडि

    काठमाडौँ,  वैशाख ७ गते । चालु आर्थिक वर्षको गत चैत २० गतेसम्म  काठमाडौँ जिल्ला अदालतमा दुई…

    अन्तर्राष्ट्रिय ‘हाइवे’ मापदण्डमा बन्दै

    ४ दिन अगाडि

    जन्मदर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र नागरिक एपमा उपलब्ध हुने

    ५ दिन अगाडि

    गुल्मीमा ६ सय सामुदायिक कुकुरको बन्ध्याकरण

    ५ दिन अगाडि
    हाम्रो बारेमा
    हाम्रो बारेमा

    Registration: 1697/076/77
    Address: Butwal-09, Rupandehi

    Facebook YouTube
    फल्लो अस

    Email Us: milapatrakhabar@gmail.com
    Contact: +977-9851161546

    हाम्रो टिम

    सञ्चालक:
    खिमनारायण पराजुली
    अनन्तराज पाण्डे
    रुद्र कार्की
    भुवन कार्की
    कृष्ण पाैडेल
    एस.डी. काेईराला
    दिल गुरुङ
    साेनु थापा

    सम्पादक : माेनिषा बस्नेत
    संवाददाता: नेत्र रुचाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 MIlapatrakhabar. Designed by Ignite Infosys Pvt Ltd.

    Type above and press Enter to search. Press Esc to cancel.