Close Menu
Milapatra Khabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ५ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १६ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Facebook X (Twitter) Instagram
    Facebook Instagram YouTube
    Milapatra KhabarMilapatra Khabar
    Subscribe
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ/शेयर
    • खेलकुद
    • जीवनशैली
    • बिजनेस
    • मनोरञ्जन
    • अन्तरबार्ता
    • विचार
    Milapatra Khabar
    Home»breaking news»गुल्मीका दुई सय स्थान बाढिपहिराेकाे जाेखिममा
    breaking news

    गुल्मीका दुई सय स्थान बाढिपहिराेकाे जाेखिममा

    मिलापत्रमिलापत्र१० महिना अगाडि4 Views

    गुल्मी, असार २७ गते । गुल्मीको जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८२ अनुसार जिल्लाका दुई सयभन्दा बढी स्थान बाढी र पहिरोको जोखिममा रहेका छन् । अहिलेको वर्षातमा २२ हजार नागरिक प्रभावित हुने अनुमान जिल्ला विपद् व्यावस्थापन समिति गुल्मीको रहेको छ ।

    मुसिकोट नगरपालिकाका १० स्थान बाढी र १६ स्थान पहिरोको जोखिममा छन् । मुसिकोटको समुन्द्रे, कालिरह लगायत बडिगाड नदी किनार बाढीको जोखिममा छन्  भने सिम्ले, तोलादी, दजाकोट लगायतका स्थान पहिरोको जोखिममा रहेको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।

    विसं. २०६४ र २०८१ मा गरेर मुसिकोटमा पहिरोबाट १० जनाले ज्यान गुमाएका छन् । मालिकाका नौ स्थान बाढीको जोखिममा छन् भने सबै वडा पहिरोको जोखिममा छन् । ती मध्ये १८ स्थानलाई विशेष क्षेत्रको रुपमा राखिएको छ । मालिकाका छल्दीखोला, घमिर खोला, निस्ती र दुनाम खोला किनार बाढीको जोखिममा छन् भने नेटा, म्याला, जुकेना र आठमिरे लगायतका स्थान पहिरोको उच्च जोखिममा रहेका छन् ।

    गत वर्ष पहिरोले मालिकाका एकै परिवारका पाँच जनाको ज्यान गएको थियो । विभिन्न वडामा करिव एक सय घर परिवार विस्थापित भएका थिए । सत्यवति गाउँपालिकामा मुख्य नौ स्थान बाढीपहिरोको जोखिममा रहेका छन् ।

    बाढीबाट बडिगाड क्षेत्रका उल्लीखोला, शाहाघाट, रुद्रवेणी र लुम्दिखोला प्रभावित क्षेत्र हुन् । ठुलोलुम्पेक, चेहेमी, लिम्घा, हँसरा र अस्लेवा पहिरोको जोखिममा रहेका छन् । सत्यवति गाउँपालिकाले २०७६ सालमा पहिरोबाट १३ जनाको ज्यान गएको थियो । तत्कालिन समयमा तीन सयभन्दा बढी परिवार विस्थापित भएका थिए । छत्रकोट गाउँपालिकाका १४ स्थान बाढी र २५ स्थान पहिरो, इस्माका सात स्थान बाढी र १० स्थान पहिरो, चन्द्रकोटका पाँच स्थान बाढी र १० स्थान पहिरो तथा मदानेका ३० स्थान पहिरोको जोखिममा रहेका छन् ।

    बेलाबखतमा पहिरोले ठुलो मानवीय तथा भौतिक क्षति भए पनि सरकाले जोखिम न्यूनीकरणका लागि ठोस योजना कार्यान्वयन गर्न सकिरहेको छैन । जसका कारण बाढि र पहिरोको जोखिममा रहेका परिवार वर्षातमा ढुक्कले निदाउने अवस्था नरहेको नागरिक समाज गुल्मीका अध्यक्ष पदम पाण्डेयले बताउनुभयो । उहाँले तीनै तहका सरकार सत्ता र कार्यकर्ता रिझाउन पूर्वाधार केन्द्रित विकासे कार्यक्रममा केन्द्रित हुँदा सयौं परिवार बाढीपहिरो जोखिम मोलेरै बसिरहेको बताउनुभयो । बाढी र पहिरोबाट विस्थापितलाई लामो समय राख्ने स्थानीयस्तरमा संरचना छैनन् ।

    २०७६ को पहिरोपछि सत्यवतीको लुम्पेकमा झन्डै भोकमरी भएन । किनकी पहिरोका कारण लामो समय सडक बन्द भए । सडक तत्काल सञ्चालन गर्ने स्थानीय सरकारसँग पहुँच थिएन । करिव सात सय परिवार पहिरोका कारण विस्थापित भएकाले लामो समय बिद्यालयमै राखेर व्यावस्थापन गर्ने अवस्था आयो । तर पीडित परिवारको कारण विद्यार्थीहरु पढ्नबाट बञ्चित भए । २०७७ सालमा इस्मा र मुसिकोटमा पहिरोले वितण्डा गर्‍यो ।

    गाउँमा बस्ने अवस्था नभएपछि विस्थापित परिवारलाई विद्यालयमै राखेर खानपान र बासको व्यावस्थापन गर्ने स्थिति आएकाले स्थानीय सरकारले विद्यतका लागि आवश्यक सेल्टरहरु निर्माण गर्नुपर्ने रेडक्रस सोसाइटी मुसिकोटका सह–सचिव महेन्द्र घिमिरेले बताउनुभयो । जिल्लामा विपद् व्यावस्थापन समितिले हरेक वर्ष विपद् प्रतिकार्य योजना बनाउने गरेको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीका निमित्त प्रमुख जिल्ला अधिकारी हरि प्रसाद गैरेले तत्काल सडक सञ्चालन, बाढीपहिरोको जोखिम स्थान पहिचान र सतर्कतासहित सुरक्षाको टोलीलाई तैनाथी अवस्थामा राख्ने काम भइरहेको बताउनुभयो

    Related Posts

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ५ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १६ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Leave A Reply Cancel Reply

    Top Posts

    पाल्पाको तिनाउमा छात्राबासमै जन्मियो बच्चा

    २ महिना अगाडि745 Views

    ३५ बर्षमै छाेरो मन्त्री हुँदा लम्साल परिवारमा खुसीयाली (भिडियोसहित)

    १ महिना अगाडि497 Views

    बुटवलकाे नविन स्कुलका विद्यार्थी सम्पर्कविहिन

    १२ महिना अगाडि393 Views

    पाल्पाको बल्ढेङगढीमा भिषण पहिरो

    १० महिना अगाडि244 Views
    Don't Miss

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    breaking news ५ घण्टा अगाडि

    दाङ, जेठ १ गते । लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि प्रदेशमा मन्त्रालयको सङ्ख्या आठ…

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १६ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि

    वैदेशिक राेजगारीमा ठगी गर्ने तीनजना पक्राउ

    २ दिन अगाडि
    हाम्रो बारेमा
    हाम्रो बारेमा

    Registration: 1697/076/77
    Address: Butwal-09, Rupandehi

    Facebook YouTube
    फल्लो अस

    Email Us: milapatrakhabar@gmail.com
    Contact: +977-9851161546

    हाम्रो टिम

    सञ्चालक:
    खिमनारायण पराजुली
    अनन्तराज पाण्डे
    रुद्र कार्की
    भुवन कार्की
    कृष्ण पाैडेल
    एस.डी. काेईराला
    दिल गुरुङ
    साेनु थापा

    सम्पादक : माेनिषा बस्नेत
    संवाददाता: नेत्र रुचाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 MIlapatrakhabar. Designed by Ignite Infosys Pvt Ltd.

    Type above and press Enter to search. Press Esc to cancel.