Close Menu
Milapatra Khabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ५ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १६ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Facebook X (Twitter) Instagram
    Facebook Instagram YouTube
    Milapatra KhabarMilapatra Khabar
    Subscribe
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ/शेयर
    • खेलकुद
    • जीवनशैली
    • बिजनेस
    • मनोरञ्जन
    • अन्तरबार्ता
    • विचार
    Milapatra Khabar
    Home»breaking news»स्तन क्यान्सर पत्ता लगाउन प्रविधि जडान
    breaking news

    स्तन क्यान्सर पत्ता लगाउन प्रविधि जडान

    मिलापत्रमिलापत्र१० महिना अगाडि7 Views

     

    बुटवल, असार ३१ गते । महिलाको स्तनसम्बन्धी रोग पहिचान र उपचारमा नयाँ आयाम थप्दै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले म्यामोग्राफी सेवा सुरु गरेको छ । स्तनसम्बन्धी रोगको परीक्षण, परामर्श र उपचारका लागि ‘विशेष ब्रेस्ट क्लिनिक’ समेत सञ्चालनमा ल्याएको छ ।

    लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारूले सोमबार म्यामोग्राफी तथा ब्रेस्ट क्लिनिक उद्घाटन गर्दै प्रदेशको स्वास्थ्य सेवामा नयाँ आयाम थपिएको बताउनुभयो । मन्त्री सारूले अस्पतालमा ‘स्वचालित ल्याब रिपोर्ट डिस्प्याच’ को समेत शुभारम्भ गर्नुभयो । अस्पतालमा स्थापना गरिएको म्यामोग्राफी सेवाले महिलाको स्तन क्यान्सरसम्बन्धी रोगको पहिचान तथा उपचारमा ठुलो सफलता मिल्ने अपेक्षा गरिएको छ । स्वचालित ल्याब रिपोर्ट डिस्प्याच मेसिनबाट सेवाग्राहीले आफैँ सम्पूर्ण रिपोर्ट बुझ्न पाउने भएका छन् ।

    अस्पतालमा सेवाको शुभारम्भपछि आयोजित कार्यक्रममा बोल्दै मन्त्री सारूले स्वास्थ्य सेवालाई सबैको पहुँचमा विस्तार गर्ने सरकारको दायित्व भएको उल्लेख गर्नुभयो । सहज रूपमा जनताले स्वास्थ्य सेवा प्राप्त गर्नुपर्ने बताउँदै उहाँले लुम्बिनी प्रादेशिक अस्पतालले पछिल्लो अवधिमा गर्दै गएका सुधार तथा सेवामा विशिष्टीकरणले जनविश्वास बढ्दै गएको उल्लेख गर्नुभयो । प्रदेशका जनताको स्वास्थ्य सेवाप्रति सरकार गम्भीर रहेको बताउँदै उहाँले विकट क्षेत्रका तथा आधारभूत तहका स्वास्थ्य संस्थामा समेत चिकित्सक तथा स्वास्थ्यकर्मीको व्यवस्था गरी पहुँच विस्तारको योजनामा रहेको बताउनुभयो । चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सरकारले खटाएको जुनसुकै ठाउँमा गएर काम गर्न आग्रह गर्दै उहाँले जनताको सेवाका लागि विधिमा रहेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

    अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले अस्पतालको सेवा विस्तारका लागि निरन्तर प्रयत्नशील भएको बताउनुभयो । उहाँले प्रदेश सरकार तथा सङ्घीय सरकारसँग पनि आवश्यक समन्वय गरी सेवालाई विशिष्टीकृत गर्ने र सबै जनताको पहुँचमा स्वास्थ्य सेवा पुर्‍याउनका लागि विकास समिति प्रतिबद्ध भएको उल्लेख गर्नुभयो । अस्पतालमा शुभारम्भ गरिएका नयाँ सेवाबारे जानकारी गराउँदै मेडिकल सुपेरिन्टेन्डेन्ट डा. इन्द्र ढकालले सेवालाई विशिष्टीकृत गर्ने सवालमा उल्लेख्य प्रगति हासिल हुँदै गएको दाबी गर्नुभयो ।

    उहाँले अस्पतालमा पछिल्लो एक वर्षको अवधिमा विभिन्न सेवा विस्तार गरिएको बताउनुभयो । उहाँले सङ्घीय सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गत व्यवस्थापन महाशाखाको करिब दुई करोड ८० लाख लागतमा म्यामोग्राफी मेसिन खरिद गरी जडान गरिएको जानकारी दिनुभयो । इटालियन प्रविधिको यस मेसिनले स्तनको धेरै कोणबाट लगातार एक्सरे निकाल्नुका साथै यसलाई कम्प्युटर माध्यमबाट थ्रिडी स्वरूपमा पनि देखाउँछ, जसले गर्दा रोग पहिचान गर्न सजिलो हुन्छ

    Related Posts

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ५ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १६ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Leave A Reply Cancel Reply

    Top Posts

    पाल्पाको तिनाउमा छात्राबासमै जन्मियो बच्चा

    २ महिना अगाडि745 Views

    ३५ बर्षमै छाेरो मन्त्री हुँदा लम्साल परिवारमा खुसीयाली (भिडियोसहित)

    १ महिना अगाडि497 Views

    बुटवलकाे नविन स्कुलका विद्यार्थी सम्पर्कविहिन

    १२ महिना अगाडि393 Views

    पाल्पाको बल्ढेङगढीमा भिषण पहिरो

    १० महिना अगाडि244 Views
    Don't Miss

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    breaking news ५ घण्टा अगाडि

    दाङ, जेठ १ गते । लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि प्रदेशमा मन्त्रालयको सङ्ख्या आठ…

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १६ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि

    वैदेशिक राेजगारीमा ठगी गर्ने तीनजना पक्राउ

    २ दिन अगाडि
    हाम्रो बारेमा
    हाम्रो बारेमा

    Registration: 1697/076/77
    Address: Butwal-09, Rupandehi

    Facebook YouTube
    फल्लो अस

    Email Us: milapatrakhabar@gmail.com
    Contact: +977-9851161546

    हाम्रो टिम

    सञ्चालक:
    खिमनारायण पराजुली
    अनन्तराज पाण्डे
    रुद्र कार्की
    भुवन कार्की
    कृष्ण पाैडेल
    एस.डी. काेईराला
    दिल गुरुङ
    साेनु थापा

    सम्पादक : माेनिषा बस्नेत
    संवाददाता: नेत्र रुचाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 MIlapatrakhabar. Designed by Ignite Infosys Pvt Ltd.

    Type above and press Enter to search. Press Esc to cancel.