Close Menu
Milapatra Khabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ५ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १६ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Facebook X (Twitter) Instagram
    Facebook Instagram YouTube
    Milapatra KhabarMilapatra Khabar
    Subscribe
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ/शेयर
    • खेलकुद
    • जीवनशैली
    • बिजनेस
    • मनोरञ्जन
    • अन्तरबार्ता
    • विचार
    Milapatra Khabar
    Home»breaking news»पूर्वाधार निर्माणमा प्राथमिकता
    breaking news

    पूर्वाधार निर्माणमा प्राथमिकता

    मिलापत्रमिलापत्र१० महिना अगाडि1 Views

    बुटवल, असार २४  । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेट नगर सभाले पारित गरेको छ । ढिलो गरी प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा लुम्बिनीको विकास, शिक्षा, स्वास्थ्य, खेलकुद, सरसफाइ, भाषा, संस्कृति संरक्षण, धार्मिक पर्यटन प्रवर्धनलगायतका कार्यक्रमलाई प्राथमिकता दिइएको छ ।

    नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख सजरुद्दिन मुसलमानले लुम्बिनीको पर्यटन प्रवर्धन गर्न फुड फेस्टिभल गर्ने तथा लुम्बिनीको विकासका लागि लुम्बिनी विकास कोषसँग सहकार्य गर्ने बताउनुभयो । यसै गरी लुम्बिनी शान्ति र ज्ञानको जननी भन्ने नाराका साथ लुम्बिनीको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा प्रचारप्रसार गर्ने कुरा उल्लेख छ । त्यसै गरी सामुदायिक विद्यालयको आकर्षण बढाउन हरेक विद्यालयमा सङ्गीतमय पिटी प्रार्थना सुरु गरिने उल्लेख छ ।

    नीति तथा कार्यक्रममा बृहत् बुद्ध सर्किटको विकास, रैथाने खानाको गुणस्तर वृद्धि, लुम्बिनी आउने पर्यटकको बसाइ अवधि लम्ब्याउने खालको कार्यक्रम गरिने उल्लेख छ । त्यसै गरी लोप हुँदै गएको कालानमक धानको उत्पादन वृद्धि गरी प्याकेजिङ गरेर देश तथा विदेशमा बिक्रीको व्यवस्था मिलाउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

    नगरको सबै वडामा स्वच्छ खानेपानीको व्यवस्था मिलाइने उल्लेख गरिएको नीति तथा कार्यक्रममा ज्येष्ठ नागरिकको स्वास्थ्य जाँचको व्यवस्था मिलाउने, वैदेशिक रोजगारीमा रहेका युवालाई कृषिमा आकर्षित गर्ने उल्लेख गरिएको छ । नगर सभाको शुक्रबारको बैठकमा लुम्बिनी सांस्कृतिक नगरपालिकाले आव २०८२/८३ का लागि एक अर्ब ५४ करोड ५० लाख ५९ हजार रुपियाँ बराबरको बजेट प्रस्तुत गरेको छ । लुम्बिनी सांस्कृतिक नगरपालिकाका तर्फबाट १५ औँ नगर सभामा उपप्रमुख कल्पना हरिजनले उक्त आयव्ययको विवरण प्रस्तुत गर्नुभएको हो ।

    बजेटमा सङ्घीय सरकार समानीकरण अनुदान अन्तर्गत १७ करोड ३० लाख, राजस्व बाँडफाँटतर्फ १४ करोड ७४ लाख, ससर्त अनुदान अन्तर्गत नेपाल सरकारको ३६ करोड ४२ लाख ९६ हजार र एसियाली विकास बैङ्कतर्फ ५३ करोड ६९ लाख र समपूरक अनुदानतर्फ ६८ लाख रुपियाँ हुने अनुमान गरिएको छ । बजेटमा पूर्वाधार विकासका साथै शिक्षा, स्वास्थ्य, फोहोरमैला व्यवस्थापन, खेलकुदलगायतको क्षेत्रमा प्राथमिकता दिएको छ ।

    Related Posts

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ५ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १६ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Leave A Reply Cancel Reply

    Top Posts

    पाल्पाको तिनाउमा छात्राबासमै जन्मियो बच्चा

    २ महिना अगाडि745 Views

    ३५ बर्षमै छाेरो मन्त्री हुँदा लम्साल परिवारमा खुसीयाली (भिडियोसहित)

    १ महिना अगाडि497 Views

    बुटवलकाे नविन स्कुलका विद्यार्थी सम्पर्कविहिन

    १२ महिना अगाडि393 Views

    पाल्पाको बल्ढेङगढीमा भिषण पहिरो

    १० महिना अगाडि244 Views
    Don't Miss

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    breaking news ५ घण्टा अगाडि

    दाङ, जेठ १ गते । लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि प्रदेशमा मन्त्रालयको सङ्ख्या आठ…

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १६ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि

    वैदेशिक राेजगारीमा ठगी गर्ने तीनजना पक्राउ

    २ दिन अगाडि
    हाम्रो बारेमा
    हाम्रो बारेमा

    Registration: 1697/076/77
    Address: Butwal-09, Rupandehi

    Facebook YouTube
    फल्लो अस

    Email Us: milapatrakhabar@gmail.com
    Contact: +977-9851161546

    हाम्रो टिम

    सञ्चालक:
    खिमनारायण पराजुली
    अनन्तराज पाण्डे
    रुद्र कार्की
    भुवन कार्की
    कृष्ण पाैडेल
    एस.डी. काेईराला
    दिल गुरुङ
    साेनु थापा

    सम्पादक : माेनिषा बस्नेत
    संवाददाता: नेत्र रुचाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 MIlapatrakhabar. Designed by Ignite Infosys Pvt Ltd.

    Type above and press Enter to search. Press Esc to cancel.