Close Menu
Milapatra Khabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ५ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १६ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Facebook X (Twitter) Instagram
    Facebook Instagram YouTube
    Milapatra KhabarMilapatra Khabar
    Subscribe
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ/शेयर
    • खेलकुद
    • जीवनशैली
    • बिजनेस
    • मनोरञ्जन
    • अन्तरबार्ता
    • विचार
    Milapatra Khabar
    Home»breaking news»मेशिनकाे प्रयाेगले मकै छाेडाउन सहज
    breaking news

    मेशिनकाे प्रयाेगले मकै छाेडाउन सहज

    मिलापत्रमिलापत्र१० महिना अगाडि7 Views

    मध्यविन्दु , असार ३० गते । नवलपुरका किसानहरू यति वेला मकै भित्र्याउने चटारोमा छन् । व्यावसायिक रूपमै खेति मकै खेती गरेका यहाँका किसानहरू छोडाउने अनि सुकाउने काममा व्यस्त छन् । केही वर्ष पहिलेसम्म हातैले मकै छोडाएर थन्क्याउनुपर्ने बाध्यता थियो भने अहिले  मेसिन भित्रिएपछि किसानलाई काममा धेरै सहज भएको छ ।

    मध्यविन्दु एक गुडचरीस्थित आफ्नै घरको आँगनमा मेसिनमा मकै छोडाउँदै गर्दा  भेटिनुभएका किसान थमन बहादुर चन्दले मेसिनले काम गर्न निकै सजिलो भएको बताउनुभयो । महिना दिन लगाएर गर्नुपर्ने काम केही घण्टामै सक्किने भएपछि निकै सहज भएको उहाँले बताउनुभयो ।

    कृषक समूह मिलेर गत वर्ष मकै छोडाउने मेसिन खरिद गरेपछि मकै छोडाउन पालैपालो गरी मेसिनको प्रयोग गर्दै आएको चन्दले बताउनुभयो । मेसिनको प्रयोग गर्न थालेपछि मकै छोडाउनलाई निकै सजिले भएको कृषक चन्दले बताउनुभयो । ‘‘दुई वर्ष भयो हामीले मेसिनबाटै मकै छोडाउन थालेका छौँ, यसले गर्दा धेरै सजिलो भएको छ । समय त बेस्सरी बचत हुने रहेछ, एक घण्टामा डेढ कुन्टल जति छोडाउन सकिन्छ ।’’ चन्दले भन्नुभयो ।

    उहाँले नौ कठ्ठा क्षेत्रफलमा सिपी जातको मकै लगाउनुभएको थियो । त्यसले राम्रो उत्पादन दिएको उहाँको भनाइ छ । करिब १६ क्वीन्टल मकै उत्पादन भएको उहाँले जानकारी दिनुभयो । मकै खेति गर्ने  किसानका लागि कृषि ज्ञान केन्द्रले विभिन्न सहयोग समेत गर्दै आएको छ । ज्ञान केन्द्रबाट अनुदानमा बीउ , विषादी तथा प्राविधिक सहयोग पाएको किसान चन्दले बताउनुभयो । अनुदानमा बीउ विजन पाउँदा आफ्नो लगानी घटेको र किसानलाई धेरै राहत समेत भएको उहाँको भनाइ छ ।

    सोही ठाउँकै अर्का किसान बलबहादुर खत्रीले पनि व्यवसायिक रूपमा मकै खेति गर्नुभएको छ । उहाँले एक बिगाहा क्षेत्रफलमा स्टार नाइन जातको मकै खेति गर्नुभएको थियो । १५ क्वीन्टल मकै उत्पादन भएको उहाँले बताउनुभयो । ‘‘सबै मकै मेसिनबाट नै छोडाएर भुइँभरि सुकाउनु भएका उहाँले १३ घण्टामा सबै मकै छोडाएर सकेको बताउनुभयो । हातैले छोडाउन परेको भए त महाभारत नै हुन्थ्यो नि, एक महिनै लाग्थ्यो होला, मेसिनले १३ घण्टामा सबै छोडाएर सकियो ।’’  किसान खत्रीले भन्नुभयो, ‘‘मेसिनको प्रयोगले समय मात्रै होइन लागतसमेत घटेको छ ।’’ खेताला लगाएर छोडाउनुपर्दा खर्च पनि धेरै लाग्थ्यो तर मेसिनको प्रयोगपछि खर्चमा कटौती भएको खत्रीले बताउनुभयो ।

    जिल्लामा कृषि ज्ञान केन्द्रले मकै बीउ उत्पादन तथा मकै बाली प्रवर्धन आयोजना तथा खाद्यान्न बाली प्रवर्धन गरी दुई वटा कार्यक्रम मार्फत मकै खेति गर्ने किसानलाई विभिन्न प्रकारका सहयोग र अनुदान उपलब्ध गराउँदै आएको छ ।

    खाद्यान्न बाली प्रवर्धनबाट १५० हेक्टर तथा मकै बीउ उत्पादन तथा मकै बाली प्रवर्धन आयोजनाबाट २०० हेक्टर गरी जम्मा ३५० हेक्टर क्षेत्रफलमा उन्नत तथा वर्णसङ्कर जातका बीउ मार्फत मकै खेतीलाइ प्रवर्धन गरिएको बागवानी विकास अधिकृत शङ्कर पौडेलले  जानकारी दिनुभयो । बीउ बाहेक यान्त्रीकरण अन्तर्गत मकै रोप्ने मेसिन तथा छोडाउने मेसिन, सिँचाइ अन्तरगत कुलो निर्माण, मर्मत, स्यालोट्यवेल जडान, पानी तान्ने मोटर आदिको व्यवस्था गरिएको, बाली संरक्षण अन्तरगत विषादी छर्ने स्प्रेयरहरु, विषादी तथा सूक्ष्म खाद्यतत्व अनुदानमा उपलब्ध गराइएको पौडेलले बताउनुभयो । यसैगरी उत्पादन पछि पनि सहयोगका लागि त्रिपाल, बोरा खरिद तथा आवश्यक ठाउँमा कम्बाइन मिल खरिदमा अनुदान उपलब्ध गराइएको पौडेलको भनाइ छ ।

    कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलप्रसाद तिवारीका अनुसार मकै बीउ उत्पादन तथा मकै बाली प्रवर्धन आयोजनाअन्तर्गत यस वर्ष ३० हेक्टर क्षेत्रफलमा मकै बाली विस्तार गर्ने लक्ष्य रहेकोमा लक्ष्यभन्दा बढी ४० हेक्टर क्षेत्रफलमा मकै बाली विस्तार भएको छ । समूह सहकारी गरेर ३२ वटा समूह मकै खेतीमा आबद्ध रहेका छन् । कृषि ज्ञान केन्द्रले विभिन्न  स्थानका समूह तथा सहकारीलाई गरी ४५ वटा मकै छोडाउने मेसिन उपलब्ध गराएको कार्यालय प्रमुख तिवारीले जानकारी दिनुभयो । मकै रोप्ने मेसिन ५४ वटा, हर्मेटिक ब्याक २०० वटा, डिजिटल काटा २ वटा, मिनीटिलर २ वटा, मोटर चार वटा प्रदान गरिएको बताउनुभयो ।

    Related Posts

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ५ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १६ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Leave A Reply Cancel Reply

    Top Posts

    पाल्पाको तिनाउमा छात्राबासमै जन्मियो बच्चा

    २ महिना अगाडि745 Views

    ३५ बर्षमै छाेरो मन्त्री हुँदा लम्साल परिवारमा खुसीयाली (भिडियोसहित)

    १ महिना अगाडि497 Views

    बुटवलकाे नविन स्कुलका विद्यार्थी सम्पर्कविहिन

    १२ महिना अगाडि393 Views

    पाल्पाको बल्ढेङगढीमा भिषण पहिरो

    १० महिना अगाडि244 Views
    Don't Miss

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    breaking news ५ घण्टा अगाडि

    दाङ, जेठ १ गते । लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि प्रदेशमा मन्त्रालयको सङ्ख्या आठ…

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १६ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि

    वैदेशिक राेजगारीमा ठगी गर्ने तीनजना पक्राउ

    २ दिन अगाडि
    हाम्रो बारेमा
    हाम्रो बारेमा

    Registration: 1697/076/77
    Address: Butwal-09, Rupandehi

    Facebook YouTube
    फल्लो अस

    Email Us: milapatrakhabar@gmail.com
    Contact: +977-9851161546

    हाम्रो टिम

    सञ्चालक:
    खिमनारायण पराजुली
    अनन्तराज पाण्डे
    रुद्र कार्की
    भुवन कार्की
    कृष्ण पाैडेल
    एस.डी. काेईराला
    दिल गुरुङ
    साेनु थापा

    सम्पादक : माेनिषा बस्नेत
    संवाददाता: नेत्र रुचाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 MIlapatrakhabar. Designed by Ignite Infosys Pvt Ltd.

    Type above and press Enter to search. Press Esc to cancel.