Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: मिलापत्र
गुल्मी, भदौ २९ गते । जिल्लामा सीमान्तकृत वर्गका लागि आयआर्जन कार्यक्रम सञ्चालन गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको सहयोगमा चन्द्रकोट गाउँपालिका र सत्यवती गाउँपालिकामा दलित तथा सीमान्तकृत वर्गका नागरिकको जीविकोपार्जनमा सहयोग पुर्याउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको हो । लुम्बिनी प्रदेश सरकारअन्तर्गत कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सहयोगमा दलित तथा सीमान्तकृत वर्गका लागि रु २० लाख अनुदान रकम उपलब्ध गराइएकोे छ । प्रदेश सरकारले सत्यवती र चन्द्रकोटमा लक्षित समुदायका परिवारको आयआर्जमा वृद्धि गर्दै उनीहरूको जीविकोपार्जनमा सहयोग पुर्याउने उद्देश्यले लक्षित समुदाय विशेष आयआर्जन कार्यक्रम सञ्चालन गरेको हो । समुदाय विशेष आयआर्जन कार्यक्रमअन्तर्गत सत्यवती गाउँपालिका–३ स्थित ठूलोलुम्पेक…
रुपन्देही, भदौ २४ गते । यसक्षेत्रकै सर्वाधिक राशी भएको ३७ औं झरना रनिङ शिल्ड फुटवल प्रतियोगिता विहीबारदेखि रुपन्देहीको तिलोत्तामा शुरु हुनेभएको छ । झरना स्पोर्टस क्लबले स्वर्गीय युवा खेलाडी अंकित पुनको स्मृतिमा आयोजना गरेको ३७ औं झरना रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा गरेको जनाएको छ । प्रतियोगिता आगामी भदौ २६ गतेदेखि असोज ६ गतेसम्म तिलोत्तमाकोे कुन्जालापुरस्थित उमा आधारभूत विद्यालयको खेल मैदानमा हुने आयोजकले सोमबार पत्रकार सम्मेलन गरेर जानकारी गराएका छन् । क्लवका अध्यक्ष धनेन्द्र पौडेलले यसवर्षको झरना रनिङ शिल्ड प्रतियोगितामा १२ टिमको सहभागी रहने जानकारी दिनुभयो । प्रतियोगितामा आयोजक झरना स्पोट्र्स क्लब, सम्पुर्ण युवा क्लब, लिस्नु युवा क्लब,…
रुपन्देही, २३ भदा । जेनजी पुस्ताका नाममा युवाहरुले प्रदर्शनका क्रममा रुपन्देहीमा पूर्व गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाणको घर तोेडफोड गरेका छन् । बिहानैदेखि प्रदर्शनमा निस्केका जेनजी समूहले खाँणको घरमा ढुंंगामुढा गरेर तोडफोड गरेका हुन् । प्रदर्शनकारीको ढुंगामुढाबाट खाँणको घरको मूल गेटमा क्षति पुगेको र घरका केही सिसाहरु फुटेको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताए । बालकृष्णका भाई कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँडका अनुसार घरमा बालकृष्णकी आमा र श्रीमती मात्र रहेका थिए । ‘घरमा आमा र भाउजू मात्रै हुनुहुन्थ्यो, भैरहवामा अराजकता गरेर फर्केको टोलीले घरमा पुगेर तोडफोड गरे’ उनले भने । प्रदर्शनकारीले कांग्रेस रुपन्देही र एमाले रुपन्देहीको पार्टी…
बुटवल, २३ भदौ । सामाजिक सञ्जाल बन्दविरुद्ध बुटवलमा पनि युवाहरूले प्रदर्शन गरेका छन् बिहानैदेखि उनीहरूले प्लेकार्ड र नारासहित प्रदर्शन गरेका छन् । प्रदर्शनमा सहभागीले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेका छन् । उनीहरूले ‘मलाई बोल्न दे सरकार’, ‘नेताका छोराछोरी विदेश पढ्छन्, जनताका रातदिन पसिना चुहाउँछन्’लगायतका नारा लगाएका छन् । प्रदर्शनमा काठमाडौंका मेयर बालेन शाहका निकट सन्तोष गिरी लगायतका युवाहरू अग्रभागमा रहेर नाराबाजी गरेका छन् । काठमाडौंको माइतीघरमा पनि युवाहरूले प्रदर्शन गरिरहेका छन् । काठमाडौं बाहिर अन्य स्थानमा पनि प्रदर्शन गरिरहेका छन् । नेपालगन्ज, पाेखरा लगायतका ठाउँमा पनि यवाहरुले र्याली निकालेका छन् ।
कपिलवस्तु, भदौ २३ गते । कपिलवस्तुको बाणगङ्गा नगरपालिकामा शनिबार मानव कङ्काल फेला परेको छ । स्थानीयले बाणगङ्गा नगरपालिका कार्यालयदेखि करिब २०० मिटर उत्तरतर्फ रहेको वन क्षेत्रमा मानव कङ्काल देखेपछि इलाका प्रहरी कार्यालय पिपराको टोली खटिएको थियो । प्रहरी निरीक्षक लोकेन्द्र जिसीको कमान्डमा खटिएको टोलीले घटनास्थलको अनुसन्धान सुरु गरेको थियो जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रारम्भिक विवरण अनुसार कङ्काल महिला वा पुरुषको हो भन्ने छुट्टाउन नसकिने अवस्थामा भेटिएको हो । प्रारम्भिक अनुसन्धान पछि फेला परेको कङ्काललाई पिपरा अस्पतालमा लगिएको छ ।
काठमाडौं , २० भदाै । नेकपा (माओवादी केन्द्र) ले आगामी संविधान दिवसका अवसरमा गणतन्त्र र संविधान प्राप्तिका लागि उल्लेखनीय भूमिका निर्वाह गर्ने नेपाली नागरिकहरूलाई गाउँ टोलमै पुगेर केन्द्रीय समितिले तयार गरेको सम्मान पत्र प्रदान गरि सम्मान गर्ने निर्णय गरेको छ । पार्टीको पदाधिकारी बैठकले यो निर्णय गरेको हो, जसले जनयुद्ध, जनआन्दोलन तथा अन्य परिवर्तनकारी आन्दोलनहरूमा योगदान दिएकाहरूको भूमिकालाई उच्च कदर गर्ने उद्देश्य राखेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को यो प्रस्तावलाई बिहीबार बसेको पदाधिकारी बैठकले अनुमोदन गरेको हो । बैठकमा अध्यक्ष प्रचण्डले जनयुद्ध र जनआन्दोलनमार्फत गणतन्त्र स्थापना गर्न योगदान दिएकाहरूको सम्मान गर्नुपर्ने आवश्यकता औंल्याउँदै केन्द्रीय तहदेखि वडा…
भैरहवा, भदौ २० गते । नेपाल–भारत सीमानाका बेलहियामा स्थापना भएको एकीकृत जाँचविन्दु (आइसिपी) असोजदेखि पुनः सञ्चालनमा आउने भएको छ । पर्यटकको सहजता र सुरक्षा सुनिश्चित गर्न दुई वर्षअघि सुरु भएको यो विन्दु केही समयदेखि बन्द थियो । जिल्ला प्रशासन र सरोकारवालाको पहलमा असोजदेखि आइसिपी सञ्चालनमा ल्याउने निर्णय भएको हो । यसका लागि जिल्ला प्रशासन, प्रदेश पर्यटन मन्त्रालय, स्थानीय सुरक्षा निकाय र नगरपालिकाले पहल गरेका हुन् । सिद्धार्थनगर–१ स्थित उक्त विन्दुमा नेपाल प्रहरी, ट्राफिक, सशस्त्र प्रहरी र यातायात कर्मचारी तैनाथ रहने छन् । प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेका अनुसार आइसिपी सञ्चालनमा देखिएका चुनौती र समस्याबारे छलफल गरी यसलाई व्यवस्थित बनाउने र पर्यटकको…
खजुरा, भदौ १९ गते । कीट संरक्षण अभियन्ता पुरमल बस्नेत हिजोआज जम्ने खाल्डा, तलाउ तथा जलीय कुण्डतिर बढी भेटिनुहुन्छ । उहाँको साथमा अध्ययन अवलोकनका साथै झुल वा जाली पनि हुने गर्छ । त्यो झल वा जाली आफ्नो उपयोगका लागि होइन धानमा लगाइदिन हो । त्यो धान पनि खेतबारीमा लगाइएको उन्नत जातको नभई जङ्गली प्रजातिको हो । सामुदायिक जिन बैङ्क गाभर भ्यालीका अध्यक्षसमेत रहनुभएका बाँके कोहलपुर नगरपालिका निवासी बस्नेत अहिले जिल्लाका विभिन्न स्थानमा पाइने जङ्गली धानको संरक्षणमा लाग्नुभएको छ । जिल्लाका विभिन्न स्थानमा पाइने जङ्गली धानलाई कसरी संरक्षण र संवर्धन गर्न सकिन्छ भनेर यसलाई जोगाउन आफू लागिरहेको उहाँ बताउनुहुन्छ । उहाँका अनुसार…
दाङ, भदौै १८ गते । दाङको दंगीशरण गाउँपालिका ३, चखौरास्थित थारू सांस्कृतिक संग्रहालय दाङको मुख्य गन्तव्य बन्दै गएको छ । थारू समुदायको कला, संस्कृति र परम्परागत पहिचान झल्काउने उद्देश्यले स्थापना गरिएको संग्रहालय अहिले पर्यटकीय गन्तव्य बनेको हो । अहिले संग्रहालय अवलोकनका लागि हरेक दिन आन्तरिक पर्यटकको घुइँचो लाग्छ । ‘बिदाको दिन संग्राहलय अवलोकन गर्न आउने स्कुले बालबालिकाको झनै घुइँचो लाग्छ,’’ थारू सांस्कृतिक संरक्षण केन्द्रकी उपाध्यक्ष शान्ता चौधरी भन्नुभयो, ‘‘अघिपछि पनि दैनिक झन्डै ३०० जनाले संग्रहालय अवलोकन गर्न आउनुहुन्छ, चाडपर्वमा समयमा अवलोकनकर्ताको बढि भीड लाग्छ ।’’ उहाँको अनुसार टिकटको मूल्य १३० रुपियाँ तोकिएको छ भने ज्येष्ठ नागरिकले ५० प्रतिशत छुट पाउँछन् ।…
तम्घास (गुल्मी), भदौ १७ गते । राष्ट्रिय परिचयपत्र नभई सामाजिक सुरक्षा भत्ता नपाइने भयले प्रशासनमा परिचयपत्र बनाउन आउने ज्येष्ठ नागरिकको भिड लागेको छ । नेपाल सरकारले सामाजिक सुरक्षा भत्ता पाउन राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि परिचयपत्र बनाउनेको भिड लागको हो । मुसिकोट नगरपालिका –५ आपचौरकी ८६ वर्षीय चुमकला अर्यालले राष्ट्रिय परिचयपत्र नभई सामाजिक सुरक्षा भत्ता नपाइने भएकाले जिल्ला प्रशासन कार्यालय गुल्मीमा परिचयपत्र बनाउन आएको बताउनुभयो । पहिले राष्ट्रिय परिचयपत्र नभई सामाजिक सुरक्षा भत्ता लिने गरे पनि अहिले भने वडा कार्यालयले परिचयपत्र नभई भत्ता नपाइने बताएपछि परिचयपत्र बनाउन आएको उहाँले बताउनुभयो । कार्यालय नखुल्दै लाइन सोमबार बिहान कार्यालय नखुल्दै परिचयपत्र बनाउन प्रशासनमा लाइन लागेको थियो ।…
