Close Menu
Milapatra Khabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    १ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १२ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Facebook X (Twitter) Instagram
    Facebook Instagram YouTube
    Milapatra KhabarMilapatra Khabar
    Subscribe
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ/शेयर
    • खेलकुद
    • जीवनशैली
    • बिजनेस
    • मनोरञ्जन
    • अन्तरबार्ता
    • विचार
    Milapatra Khabar
    Home»breaking news»तारजालीले छोपेर जङ्गली धानको संरक्षण
    breaking news

    तारजालीले छोपेर जङ्गली धानको संरक्षण

    मिलापत्रमिलापत्र८ महिना अगाडि24 Views

    खजुरा, भदौ १९ गते । कीट संरक्षण अभियन्ता पुरमल बस्नेत हिजोआज जम्ने खाल्डा, तलाउ तथा जलीय कुण्डतिर बढी भेटिनुहुन्छ । उहाँको साथमा अध्ययन अवलोकनका साथै झुल वा जाली पनि हुने गर्छ । त्यो झल वा जाली आफ्नो उपयोगका लागि होइन धानमा लगाइदिन हो । त्यो धान पनि खेतबारीमा लगाइएको उन्नत जातको नभई जङ्गली प्रजातिको हो ।

    सामुदायिक जिन बैङ्क गाभर भ्यालीका अध्यक्षसमेत रहनुभएका बाँके कोहलपुर नगरपालिका निवासी बस्नेत अहिले जिल्लाका विभिन्न स्थानमा पाइने जङ्गली धानको संरक्षणमा लाग्नुभएको छ । जिल्लाका विभिन्न स्थानमा पाइने जङ्गली धानलाई कसरी संरक्षण र संवर्धन गर्न सकिन्छ भनेर यसलाई जोगाउन आफू लागिरहेको उहाँ बताउनुहुन्छ ।

    उहाँका अनुसार नेपालको तराईका विभिन्न जिल्लामा जङ्गली धान पाइन्छ । बाँकेमा पनि पानी विशेष गरी कोहलपुर नगरपालिका क्षेत्रभित्र करिब एक बिघा क्षेत्रमा यो धान देखिएको छ । कोहलपुरदेखि बर्दिया मानखोलासम्म सडकको दायाँबायाँ प्रशस्तै छ । पानी जम्ने ठाउँमा आफैँ उम्रिने यो धान जोगाउनु पर्छ भनेर आफू लागिपरेको उहाँको भनाइ छ ।

    “पहिला पहिला छाडा गाईवस्तुले खाइदिने तथा घाँस काट्ने गर्दा त्यति धेरै नदेखिएको धान हाल भने नगरपालिकाले छाडा गाईवस्तु व्यवस्थापन गर्दा र घाँससमेत काट्न कमी हुँदा प्रशस्तै देखिएको छ । जसरी पनि यसको बिउ संरक्षण गर्नुपर्ने उहाँको विचार छ । उहाँले भन्नुभयो, “चराले अत्यन्तै रुचाउने हुँदा बिउ जोगाउन झुलले बाला बाँधेर राखेको छु, जे जति बच्छ पहिचान गर्नका लागि सम्बन्धित ठाउँमा पठाउने योजना छ ।”

    उहाँले जङ्गली धानको बिउ संरक्षण गर्न स्थानीय सरकार, नगर कृषि शाखा, कृषि ज्ञान केन्द्र, प्रदेश सरकार, सङ्घीय सांसद, खजुरास्थित नार्कको कार्यालय, राष्ट्रिय जिन बैङ्कलगायत सरोकारवाला सबैलाई जानकारी गराएको बताउनुभयो । कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख विनोद घिमिरे तथा सङ्घीय सांसद सूर्यप्रसाद ढकाललगायतलाई फिल्डमै बोलाएर देखाई संरक्षणको पहल गर्नु आग्रह गरेको उहाँले बताउनुभयो ।

    “जङ्गली धान नेपालमा पाइनुले अन्य धानको मूल बिउ नेपालबाट नै उत्पादन भएको भन्ने जनाउँछ । यसको जैविक विविधतामा ठुलो भूमिका छ,” बस्नेतले भन्नुभयो । मैले समुदायमा जनचेतना जगाउनुका साथै सुरक्षा, संरक्षण, प्रवर्धन गर्ने तथा तालतलैया भएको ठाउँमा यसको बेर्ना सारेर यसलाई जोगाउन स्थानीय सरकार र राज्यले यसमा गम्भीर चासो देखाउनु जरुरी रहेको उहाँको भनाइ छ ।

    उहाँका अनुसार नेपालमा हालसम्म पाँच प्रजातिका जङ्गली धानको पहिचान भएको तथा नामकरणसमेत भइसकेको छ । बाँकेमा पाइएको धान भने नयाँ प्रजातिको हो । बिउको परीक्षणपछि मात्र थप कुरा पत्ता लाग्ने उहाँले बताउनुभयो । बाँकेमा पाइएको धान एउटा सोझो बाला र अर्को हाँगा फाटेको बाला गरेर दुई थरी देखिएको उहाँको भनाइ छ ।

    नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको राष्ट्रिय जिन बैङ्कका प्रमुख डा. बालकृष्ण जोशीले जङ्गली धान नेपालमा पाइनु भनेको धानको उत्पत्ति नेपालमा भएको हो भन्ने कुराको पुष्टि हुने बताउनुभयो । यस क्षेत्रमा पाइने रैथाने धानका त्यसको पुर्खा जङ्गली धान भएको बताउनुभयो । “यो धान नेपालका तराईका जलीय कुण्ड, पानी जम्ने तालतलैयामा हुन्छ । हालसम्म यसका पाँच वटा प्रजाति पहिचान र नामकरणसमेत भइसकेका छन् । पहिचान भएका धानको बिउ, हाँगा जिन बैङ्कमा सुरक्षित छन्,” डा. जोशीले भन्नुभयो । सन् २००० देखि नै जङ्गली धानबारे अनुसन्धान सुरु भएको उहाँको भनाइ छ ।

    उहाँका अनुसार ओरिजा निभारा, अधधोरिजा रुपिपोगन, ओरिजा ग्रानुलेटा, ओरिजा अफिसिनालिज र ओरिजा माइनुटा गरी पाँच प्रजातिका जङ्गली धानको पहिचान र नामकरण भएको हो । नेपालमै उत्पत्ति भएका कारण यी धान किसानले सदियौँदेखि चिन्दै आएको तर वैज्ञानिक हिसाबले करिब सन् १९६० तिरबाट पहिचान सुरु भएको उहाँले बताउनुभयो । विश्वमा हालसम्म जङ्गली धानका २०–२२ वटा प्रजाति पत्ता लागिसकेको उहाँको भनाइ छ ।

    “त्यस्तै सन् १९६० ताका नेपालमा विदेशीले वैज्ञानिक रूपले अनुसन्धान सुरु गरे पनि नेपालीबाट भने सन् २००० यता विस्तृत अनुसन्धान र सङ्कलन तथा परीक्षण थालियो । अन्य प्रजाति करिब ३०–३५ वर्षअघि पहिचान भए तापनि ओरिजा माइनुटा दुई वर्षअघि मात्र हामीले सिफारिस भएको हो । कैलालीमा यो प्रजाति पाइएको हो । अन्य प्रजाति भने प्रायः सबै क्षेत्रमा पाइएको छ,” उहाँले भन्नुभयो । यसको संरक्षणका लागि नेपालका केही स्थानमा जलीय कुण्ड क्षेत्रमा जिन बैङ्कको समेत स्थापना गरेर काम भइरहेको छ ।

    Related Posts

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    १ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १२ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Leave A Reply Cancel Reply

    Top Posts

    पाल्पाको तिनाउमा छात्राबासमै जन्मियो बच्चा

    २ महिना अगाडि745 Views

    ३५ बर्षमै छाेरो मन्त्री हुँदा लम्साल परिवारमा खुसीयाली (भिडियोसहित)

    १ महिना अगाडि497 Views

    बुटवलकाे नविन स्कुलका विद्यार्थी सम्पर्कविहिन

    १२ महिना अगाडि393 Views

    पाल्पाको बल्ढेङगढीमा भिषण पहिरो

    १० महिना अगाडि244 Views
    Don't Miss

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    breaking news १ घण्टा अगाडि

    दाङ, जेठ १ गते । लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि प्रदेशमा मन्त्रालयको सङ्ख्या आठ…

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १२ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि

    वैदेशिक राेजगारीमा ठगी गर्ने तीनजना पक्राउ

    २ दिन अगाडि
    हाम्रो बारेमा
    हाम्रो बारेमा

    Registration: 1697/076/77
    Address: Butwal-09, Rupandehi

    Facebook YouTube
    फल्लो अस

    Email Us: milapatrakhabar@gmail.com
    Contact: +977-9851161546

    हाम्रो टिम

    सञ्चालक:
    खिमनारायण पराजुली
    अनन्तराज पाण्डे
    रुद्र कार्की
    भुवन कार्की
    कृष्ण पाैडेल
    एस.डी. काेईराला
    दिल गुरुङ
    साेनु थापा

    सम्पादक : माेनिषा बस्नेत
    संवाददाता: नेत्र रुचाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 MIlapatrakhabar. Designed by Ignite Infosys Pvt Ltd.

    Type above and press Enter to search. Press Esc to cancel.