Close Menu
Milapatra Khabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    अध्यादेशस् स्वार्थ समूहका लागि होइन, राष्ट्रिय आवश्यकता र आपतकालीन अवस्थाका लागि

    २ घण्टा अगाडि

    प्रभावकारी सेवा प्रवाहका लागि सांसद थापाको कार्यालय प्रमुखहरुलाई निर्देशन

    १ दिन अगाडि

    पहुँचकाे भरमा प्रयाेग भएका ६२२ सवारीसाधन फिर्ता

    २ दिन अगाडि
    Facebook X (Twitter) Instagram
    Facebook Instagram YouTube
    Milapatra KhabarMilapatra Khabar
    Subscribe
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ/शेयर
    • खेलकुद
    • जीवनशैली
    • बिजनेस
    • मनोरञ्जन
    • अन्तरबार्ता
    • विचार
    Milapatra Khabar
    Home»breaking news»दुई वर्षपछि सञ्चालनमा आउदै आईसिपी
    breaking news

    दुई वर्षपछि सञ्चालनमा आउदै आईसिपी

    मिलापत्रमिलापत्र८ महिना अगाडि1 Views

    भैरहवा, भदौ २० गते । नेपाल–भारत सीमानाका बेलहियामा स्थापना भएको एकीकृत जाँचविन्दु (आइसिपी) असोजदेखि पुनः सञ्चालनमा आउने भएको छ । पर्यटकको सहजता र सुरक्षा सुनिश्चित गर्न दुई वर्षअघि सुरु भएको यो विन्दु केही समयदेखि बन्द थियो ।

    जिल्ला प्रशासन र सरोकारवालाको पहलमा असोजदेखि आइसिपी सञ्चालनमा ल्याउने निर्णय भएको हो । यसका लागि जिल्ला प्रशासन, प्रदेश पर्यटन मन्त्रालय, स्थानीय सुरक्षा निकाय र नगरपालिकाले पहल गरेका हुन् । सिद्धार्थनगर–१ स्थित उक्त विन्दुमा नेपाल प्रहरी, ट्राफिक, सशस्त्र प्रहरी र यातायात कर्मचारी तैनाथ रहने छन् ।

    प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेका अनुसार आइसिपी सञ्चालनमा देखिएका चुनौती र समस्याबारे छलफल गरी यसलाई व्यवस्थित बनाउने र पर्यटकको सहजता सुनिश्चित गर्ने निर्णय गरिएको छ । आइसिपीमा सुरक्षा जाँच पूरा गरेपछि पर्यटक सवार गाडीमा स्टिकर दिइने छ, जसका आधारमा जिल्लाभर अन्य सुरक्षा जाँच नहुने व्यवस्था लागु हुने छ । कार्य विभाजन पनि तय गरिएको छ । लुम्बिनी प्रदेश उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले आवश्यक जनशक्ति, स्रोतसाधन र स्टिकरको व्यवस्था गर्ने छ । जिल्ला प्रशासनले अनुगमन, मूल्याङ्कन र समन्वय गर्ने जिम्मेवारी पाएको छ । सिद्धार्थनगर नगरपालिकाले पूर्वाधार निर्माण, खानेपानी र सरसफाइ र सीमाक्षेत्रको सौन्दर्यीकरणको जिम्मेवारी लिएको छ । भैरहवा भन्सार कार्यालयले परिसरको सुधार र सेवाग्राहीमैत्री संरचना निर्माण गर्ने छ ।

    प्रजिअ पाण्डेका अनुसार जाँचविन्दुबाट प्रवाह हुने सेवाको अनुगमनका लागि समिति गठन गरिएको छ । समितिमा नगरप्रमुख, प्रमुख जिल्ला अधिकारी, प्रदेश पर्यटन सचिव, प्रहरी प्रमुखहरू र भैरहवा भन्सार प्रमुख रहेका छन् । सबै निकायबिच समन्वय गरेर पर्यटकका लागि सहज वातावरण तयार गर्ने सहमति बनेको छ । असोजदेखि पुनः सञ्चालन हुने यो एकीकृत जाँचविन्दुले भैरहवा–बेलहिया क्षेत्रमा यात्रा गर्ने पर्यटकको सुरक्षा र सुविधा दुवै सुनिश्चित गर्ने विश्वास गरिएको छ ।

    Related Posts

    अध्यादेशस् स्वार्थ समूहका लागि होइन, राष्ट्रिय आवश्यकता र आपतकालीन अवस्थाका लागि

    २ घण्टा अगाडि

    प्रभावकारी सेवा प्रवाहका लागि सांसद थापाको कार्यालय प्रमुखहरुलाई निर्देशन

    १ दिन अगाडि

    पहुँचकाे भरमा प्रयाेग भएका ६२२ सवारीसाधन फिर्ता

    २ दिन अगाडि
    Leave A Reply Cancel Reply

    Top Posts

    पाल्पाको तिनाउमा छात्राबासमै जन्मियो बच्चा

    १ महिना अगाडि744 Views

    ३५ बर्षमै छाेरो मन्त्री हुँदा लम्साल परिवारमा खुसीयाली (भिडियोसहित)

    ३ हप्ता अगाडि496 Views

    बुटवलकाे नविन स्कुलका विद्यार्थी सम्पर्कविहिन

    ११ महिना अगाडि393 Views

    पाल्पाको बल्ढेङगढीमा भिषण पहिरो

    ९ महिना अगाडि242 Views
    Don't Miss

    अध्यादेशस् स्वार्थ समूहका लागि होइन, राष्ट्रिय आवश्यकता र आपतकालीन अवस्थाका लागि

    breaking news २ घण्टा अगाडि

    नारायण प्रसाद पाण्डेय लोकतान्त्रिक शासन व्यवस्थामा राज्य सञ्चालनको आधार विधि, प्रक्रिया र संस्थागत मर्यादा हो।…

    प्रभावकारी सेवा प्रवाहका लागि सांसद थापाको कार्यालय प्रमुखहरुलाई निर्देशन

    १ दिन अगाडि

    पहुँचकाे भरमा प्रयाेग भएका ६२२ सवारीसाधन फिर्ता

    २ दिन अगाडि

    तिलोत्तमाको वडा कार्यालयमा बोलाएर सामूहिक आक्रमण

    ३ दिन अगाडि
    हाम्रो बारेमा
    हाम्रो बारेमा

    Registration: 1697/076/77
    Address: Butwal-09, Rupandehi

    Facebook YouTube
    फल्लो अस

    Email Us: milapatrakhabar@gmail.com
    Contact: +977-9851161546

    हाम्रो टिम

    सञ्चालक:
    खिमनारायण पराजुली
    अनन्तराज पाण्डे
    रुद्र कार्की
    भुवन कार्की
    कृष्ण पाैडेल
    एस.डी. काेईराला
    दिल गुरुङ
    साेनु थापा

    सम्पादक : माेनिषा बस्नेत
    संवाददाता: नेत्र रुचाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 MIlapatrakhabar. Designed by Ignite Infosys Pvt Ltd.

    Type above and press Enter to search. Press Esc to cancel.