Close Menu
Milapatra Khabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    १६ मिनेट अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    ११ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Facebook X (Twitter) Instagram
    Facebook Instagram YouTube
    Milapatra KhabarMilapatra Khabar
    Subscribe
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ/शेयर
    • खेलकुद
    • जीवनशैली
    • बिजनेस
    • मनोरञ्जन
    • अन्तरबार्ता
    • विचार
    Milapatra Khabar
    Home»breaking news»झरना रनिङ शिल्ड प्रतियोगिता विहीबारदेखि शुरु हुँदै
    breaking news

    झरना रनिङ शिल्ड प्रतियोगिता विहीबारदेखि शुरु हुँदै

    मिलापत्रमिलापत्र८ महिना अगाडि5 Views

    रुपन्देही, भदौ २४ गते ।  यसक्षेत्रकै सर्वाधिक राशी भएको ३७ औं झरना रनिङ शिल्ड फुटवल प्रतियोगिता विहीबारदेखि रुपन्देहीको तिलोत्तामा शुरु हुनेभएको छ ।
    झरना स्पोर्टस क्लबले स्वर्गीय युवा खेलाडी अंकित पुनको स्मृतिमा आयोजना गरेको ३७ औं झरना रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा गरेको जनाएको छ । प्रतियोगिता आगामी भदौ २६ गतेदेखि असोज ६ गतेसम्म तिलोत्तमाकोे कुन्जालापुरस्थित उमा आधारभूत विद्यालयको खेल मैदानमा हुने आयोजकले सोमबार पत्रकार सम्मेलन गरेर जानकारी गराएका छन् ।
    क्लवका अध्यक्ष धनेन्द्र पौडेलले यसवर्षको झरना रनिङ शिल्ड प्रतियोगितामा १२ टिमको सहभागी रहने जानकारी दिनुभयो । प्रतियोगितामा आयोजक झरना स्पोट्र्स क्लब, सम्पुर्ण युवा क्लब, लिस्नु युवा क्लब, कपिलवस्तु ११, नवयुवा खेलकुद तथा सास्कृतिक परिवार, जनज्योति फुटवल क्लव, योग स्टार क्लव, फर्साटिकर युवा क्लब, वि पी कोइराला स्र्पोट्स क्लव, भुपु सैनिक जवई स्र्पोट्स क्लब, लुम्बिनी फुटवल एकेडेमी र नवलपरासी ११ गरि कुल १२ टिमले प्रतियोगितामा सहभागिता जनाउने पौडेलले जानकारी दिनुभयो ।
    प्रतियोगिताको विजेताले ३ लाख ४१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक विजय पुनले बताउनुभयो । यस्तै दोस्रो हुनेले १ लाख ८६ हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र पाउनेछ । प्रतियोगिताको सेमीफाइनल खेल्ने दुवै टिमलाई ३० हजार प्रदान गरिने खेल संयोजक पुनले उल्लेख गर्नुभयो ।
    त्यस्तै विधागततर्फ सर्वोत्कृष्ट खेलाडीले १५ हजार, बेष्ट डिफेन्स, बेष्ट मिडफिल्डर, बेष्ट स्ट्राइकर, बेष्ट गोलकिपर तथा बेष्ट कोचले क्रमश १०÷१० हजार पाउनेछन् भने खेल अवधिभर हरेक दिनको म्यान अफ द म्याचले नगदसहित ट्रफी पाउनेछन् ।
    प्रतियोगितामा स्व युवा खेलाडी अंकित पुनका हजुरबुवा क्याप्टेन खर्कबहादुर पुनले नातिको स्मृतिमा प्रथम पुरस्कारको प्रायोजन गर्नुभएको छ भने प्रतियोगिता सम्पन्न गर्नका लागि २० लाख बढी खर्च लाग्ने अनुमान गरिएको क्लवका पुर्व अध्यक्ष तथा रुपन्देही फुटवल संघका अध्यक्ष लोक पुनले जानकारी दिनुभयो । खेल हेर्नका लागि १०० रुपैयाँ टिकट शुल्क तय गरिएको छ भने सेमीफाइनल र फाइनलका लागि रु २०० तय गरिएको छ । यसैगरि बृद्ध बृद्धा, महिला र फरक क्षमता भएका दर्शकहरुलाई प्रवेश निःशुल्क गरिएको छ ।

    Related Posts

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    १६ मिनेट अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    ११ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Leave A Reply Cancel Reply

    Top Posts

    पाल्पाको तिनाउमा छात्राबासमै जन्मियो बच्चा

    २ महिना अगाडि745 Views

    ३५ बर्षमै छाेरो मन्त्री हुँदा लम्साल परिवारमा खुसीयाली (भिडियोसहित)

    १ महिना अगाडि497 Views

    बुटवलकाे नविन स्कुलका विद्यार्थी सम्पर्कविहिन

    १२ महिना अगाडि393 Views

    पाल्पाको बल्ढेङगढीमा भिषण पहिरो

    १० महिना अगाडि244 Views
    Don't Miss

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    breaking news १६ मिनेट अगाडि

    दाङ, जेठ १ गते । लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि प्रदेशमा मन्त्रालयको सङ्ख्या आठ…

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    ११ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि

    वैदेशिक राेजगारीमा ठगी गर्ने तीनजना पक्राउ

    २ दिन अगाडि
    हाम्रो बारेमा
    हाम्रो बारेमा

    Registration: 1697/076/77
    Address: Butwal-09, Rupandehi

    Facebook YouTube
    फल्लो अस

    Email Us: milapatrakhabar@gmail.com
    Contact: +977-9851161546

    हाम्रो टिम

    सञ्चालक:
    खिमनारायण पराजुली
    अनन्तराज पाण्डे
    रुद्र कार्की
    भुवन कार्की
    कृष्ण पाैडेल
    एस.डी. काेईराला
    दिल गुरुङ
    साेनु थापा

    सम्पादक : माेनिषा बस्नेत
    संवाददाता: नेत्र रुचाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 MIlapatrakhabar. Designed by Ignite Infosys Pvt Ltd.

    Type above and press Enter to search. Press Esc to cancel.