Close Menu
Milapatra Khabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ३ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १४ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Facebook X (Twitter) Instagram
    Facebook Instagram YouTube
    Milapatra KhabarMilapatra Khabar
    Subscribe
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ/शेयर
    • खेलकुद
    • जीवनशैली
    • बिजनेस
    • मनोरञ्जन
    • अन्तरबार्ता
    • विचार
    Milapatra Khabar
    Home»breaking news»पर्यटकीय गन्तव्य बन्दै थारु सङ्ग्रहालय
    breaking news

    पर्यटकीय गन्तव्य बन्दै थारु सङ्ग्रहालय

    मिलापत्रमिलापत्र८ महिना अगाडिUpdated:८ महिना अगाडि25 Views

    दाङ, भदौै १८ गते । दाङको दंगीशरण गाउँपालिका ३, चखौरास्थित थारू सांस्कृतिक संग्रहालय दाङको मुख्य गन्तव्य बन्दै गएको छ । थारू समुदायको कला, संस्कृति र परम्परागत पहिचान झल्काउने उद्देश्यले स्थापना गरिएको संग्रहालय अहिले पर्यटकीय गन्तव्य बनेको हो । अहिले संग्रहालय अवलोकनका लागि हरेक दिन आन्तरिक पर्यटकको घुइँचो लाग्छ ।

    ‘बिदाको दिन संग्राहलय अवलोकन गर्न आउने स्कुले बालबालिकाको झनै घुइँचो लाग्छ,’’ थारू सांस्कृतिक संरक्षण केन्द्रकी उपाध्यक्ष शान्ता चौधरी भन्नुभयो, ‘‘अघिपछि पनि दैनिक झन्डै ३०० जनाले संग्रहालय अवलोकन गर्न आउनुहुन्छ,  चाडपर्वमा समयमा अवलोकनकर्ताको बढि भीड लाग्छ ।’’ उहाँको अनुसार टिकटको मूल्य १३० रुपियाँ तोकिएको छ भने ज्येष्ठ नागरिकले ५० प्रतिशत छुट पाउँछन् । त्यस्तै, विद्यार्थीका लागि सय रुपियाँ तोकिएको छ ।

    पाँच बिघा क्षेत्रमा रहेको संग्रहालय २०७० सालमा स्थापना गरिएको थियो । यदपी यसको औपचारिक २०७५ सालदेखि सञ्चालनमा आएको उहाँले बताउनुभयो । अहिलेसम्म संग्रहालय निर्माणमा २० करोड रुपियाँ खर्च भएको उपाध्यक्ष चौधरी जानकारी दिनुभयो । त्यसमध्ये लुम्बिनी प्रदेश सरकारले तीन करोड ६५ लाख रुपैयाँ सहयोग गरेको उहाँले बताउनुभयो ।

    संग्रहालयमा पूर्वदेखि पश्चिमसम्म फैलिएका थारू समुदायका डंगौरा, डशौरी, राना, चितवन्या र पूर्वेली थारूका परम्परागत घर निर्माण गरिएका छन् । यस्तै पश्चिम तराईमा थारू समुदायको बरघर, मटावा तथा भलमन्साहरुको कचेहरी तथा बैठक बस्न लागेको झल्को, विविध नाचगानको तस्बिरहरु र मूर्तिका आकृति बनाएका छन् ।

    यस्तै, थारू समुदायले परम्परागतदेखि प्रयोग गर्दै आएका माछा मार्ने हेल्का, जाल, खोंग्या र डेल्या, शिकार गर्ने हातहतियार तथा लुगा राख्ने भौका र ढक्या संग्राहालयमा राखिएका छन् । यस्तै, खटिया, खटौली, बेरी, ढच्या गोन्द्री, धान राख्ने डेह्री, कुठली र भकारी तथा दुलाहादुलही बोक्ने ड्वाला लहरै राखिएका छन् ।

    त्यस्तै, थारु समुदायको परम्परागत विभिन्न गरहनाहरु, खेतिपातीमा प्रयोग हुने हलोजुवा, कोदाली समेत राखिएकाछन । त्यस्तै सँगसँगै थारू राजा दंगीशरणको आकृति र घोडाघोडीको मूर्ति बनाएको छ ।

    यस्तै, खोलामा माछा मार्दै गरेको थारू महिला, पुरुषहरुको परिदृश्य समेत पोखरी निर्माण गरेर बनाएका छन् । त्यस्तै थारू समुदादयको  मघौटा, छोक्रा, हुर्डंग्या, लठ्वा तथा बर्का लगायत नृत्य झल्किने कलाकृति समेत संग्रालयमा निर्माण गरिएका छन् ।  “देशभर छरिएका थारू संस्कृति, नाचगान, रीतिरिवाज, रहनसहन झल्काउने ५०० वटा आकृति बनाएका छौँ,’’ उहाँले भन्नुभयो, ‘‘एकै ठाउँमा देशभरका थारु समुदायको परम्परागत संस्कृति, रहनसहन एक थलोमाा अवलोकन गर्न सक्ने बनाएका छौं ।’’

    Related Posts

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ३ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १४ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Leave A Reply Cancel Reply

    Top Posts

    पाल्पाको तिनाउमा छात्राबासमै जन्मियो बच्चा

    २ महिना अगाडि745 Views

    ३५ बर्षमै छाेरो मन्त्री हुँदा लम्साल परिवारमा खुसीयाली (भिडियोसहित)

    १ महिना अगाडि497 Views

    बुटवलकाे नविन स्कुलका विद्यार्थी सम्पर्कविहिन

    १२ महिना अगाडि393 Views

    पाल्पाको बल्ढेङगढीमा भिषण पहिरो

    १० महिना अगाडि244 Views
    Don't Miss

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    breaking news ३ घण्टा अगाडि

    दाङ, जेठ १ गते । लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि प्रदेशमा मन्त्रालयको सङ्ख्या आठ…

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १४ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि

    वैदेशिक राेजगारीमा ठगी गर्ने तीनजना पक्राउ

    २ दिन अगाडि
    हाम्रो बारेमा
    हाम्रो बारेमा

    Registration: 1697/076/77
    Address: Butwal-09, Rupandehi

    Facebook YouTube
    फल्लो अस

    Email Us: milapatrakhabar@gmail.com
    Contact: +977-9851161546

    हाम्रो टिम

    सञ्चालक:
    खिमनारायण पराजुली
    अनन्तराज पाण्डे
    रुद्र कार्की
    भुवन कार्की
    कृष्ण पाैडेल
    एस.डी. काेईराला
    दिल गुरुङ
    साेनु थापा

    सम्पादक : माेनिषा बस्नेत
    संवाददाता: नेत्र रुचाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 MIlapatrakhabar. Designed by Ignite Infosys Pvt Ltd.

    Type above and press Enter to search. Press Esc to cancel.