Close Menu
Milapatra Khabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ६ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १७ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Facebook X (Twitter) Instagram
    Facebook Instagram YouTube
    Milapatra KhabarMilapatra Khabar
    Subscribe
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ/शेयर
    • खेलकुद
    • जीवनशैली
    • बिजनेस
    • मनोरञ्जन
    • अन्तरबार्ता
    • विचार
    Milapatra Khabar
    Home»breaking news»कांग्रेस नेता बालकृष्ण खाँणकाे घरमा ताेडफाेड
    breaking news

    कांग्रेस नेता बालकृष्ण खाँणकाे घरमा ताेडफाेड

    मिलापत्रमिलापत्र८ महिना अगाडि11 Views

    रुपन्देही, २३ भदा । जेनजी पुस्ताका नाममा युवाहरुले प्रदर्शनका क्रममा रुपन्देहीमा पूर्व गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाणको घर तोेडफोड गरेका छन् । बिहानैदेखि प्रदर्शनमा निस्केका जेनजी समूहले खाँणको घरमा ढुंंगामुढा गरेर तोडफोड गरेका हुन् ।

    प्रदर्शनकारीको ढुंगामुढाबाट खाँणको घरको मूल गेटमा क्षति पुगेको र घरका केही सिसाहरु फुटेको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताए ।

    बालकृष्णका भाई कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँडका अनुसार घरमा बालकृष्णकी आमा र श्रीमती मात्र रहेका थिए । ‘घरमा आमा र भाउजू मात्रै हुनुहुन्थ्यो, भैरहवामा अराजकता गरेर फर्केको टोलीले घरमा पुगेर तोडफोड गरे’ उनले भने ।

    प्रदर्शनकारीले कांग्रेस रुपन्देही र एमाले रुपन्देहीको पार्टी कार्यालयमा तोडफोड गरेर ठूलो क्षति पुराएका छन् भने बुटवलमा रहेको एमाले प्रदेश कार्यालयमा समेत दुई घन्टा घेराउ गरेर ढुंगा प्रहार गरेका छन् ।

    कांग्रेस रुपन्देही सभापति रामकृष्ण खाँणले कार्यालय परिसरमा रहेका दुई गाडी र चार मोटरसाइकलमा तोडफोड गर्नुका साथै चार वटा मोटरसाइकलका हेलमेट लुटेर लगेका छन् । उनीहरुले दिनभरजसो भैरहवामा प्रदर्शन गरेका छन् ।

    एमाले जिल्ला कार्यालयमा पनि तोडफोड गरेको प्रचार विभाग प्रमुख मिनप्रसाद पौडेलले जनाए । यसपछि प्रदर्शनकारीको समूहले दिउसो बुटवलस्थित एमाले प्रदेश कार्यालय घेराउ गरेर ढुंगा प्रहार गरेका थिए । एमाले बुटवल अध्यक्ष शोभाखर पोखरेलका अनुसार दिउसो १ बजेदेखि २ घन्टा कार्यालय घेराउ गरी बाहिरबाट ढुंगा प्रहार गरेर सिसा फुटाएका छन् ।

    ‘दुई घन्टा कार्यालय घेराउ गरे, हामीले भित्रै बसेर खबरदारी गरिरहेका थियौं, ढुंगा हालेर केही सिसा फोरेका छन्, २ घन्टा घेराउ गरेपछि दुई तिरबाट सुरक्षाकर्मी आएको थाहा पाएपछि भागेका हुन्’, उनले भने ।

    सोमबार बिहानदेखि सुरु गरेको आन्दोलन अराजक बन्दै गएपछि रुपन्देहीमा कर्फ्यु आदेश जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सोमबार दिउसो ४ बजेदेखि राती १० बजेसम्म लाई कर्फ्यु आदेश जारी गरेको हो।

    ‘जेन जी पुस्ताको आह्वानमा गरिएको आन्दोलन नियन्त्रण बाहिर गएपछि नियन्त्रणका लागि कर्फ्यु आदेश जारी गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेले जनाएका छन् । प्रमुख जिल्ला अधिकारी पाण्डेले आन्दोलनकारीहरूले राजनीतिक दलका नेताहरूका घर जलाउने भन्दै खोज्दै हिँड्न थालेपछि कर्फ्यु लगाउनुपरेको बताए।

    जिल्ला प्रशासन कार्यालयले जेन जी आन्दोलन नियन्त्रण बाहिर गएपछि बुटवल उपमहानगरपालिका, तिलोत्तमा र सिद्धार्थनगर नगरपालिका तथा मुख्य राजमार्ग आसपासका क्षेत्रहरूमा कर्फ्यु आदेश जारी गरेको हो।

    जिल्ला प्रशासन कार्यालयले बुटवल उपमहानगरपालिकाको पूर्वमा बुटवल धागो कारखाना, पश्चिममा बेलबास चोक, उत्तरमा चिडिया खोला, तिलोत्तमा नगरपालिकाको दक्षिणमा मङ्गलापुर, सिद्धार्थनगरमा पूर्वमा रोहिणी खोला पुल, पश्चिममा बेथरी पुल, उत्तरमा बुद्ध चोक र दक्षिणमा मेउडिहवा तथा बुटवल बेलहिया सडक खण्डको १ सय मिटर दायाँबायाँसम्म सीमा तोकेर कर्फ्यु आदेश जारी गरेको हो।

    कर्फ्यु जारी गरिएका क्षेत्रमा आवतजावत नगर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, बैठक, घेराउ लगायतका कुनै पनि कार्य नगर्न निर्देशन गरेको छ।

    Related Posts

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ६ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १७ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Leave A Reply Cancel Reply

    Top Posts

    पाल्पाको तिनाउमा छात्राबासमै जन्मियो बच्चा

    २ महिना अगाडि745 Views

    ३५ बर्षमै छाेरो मन्त्री हुँदा लम्साल परिवारमा खुसीयाली (भिडियोसहित)

    १ महिना अगाडि497 Views

    बुटवलकाे नविन स्कुलका विद्यार्थी सम्पर्कविहिन

    १२ महिना अगाडि393 Views

    पाल्पाको बल्ढेङगढीमा भिषण पहिरो

    १० महिना अगाडि244 Views
    Don't Miss

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    breaking news ६ घण्टा अगाडि

    दाङ, जेठ १ गते । लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि प्रदेशमा मन्त्रालयको सङ्ख्या आठ…

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १७ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि

    वैदेशिक राेजगारीमा ठगी गर्ने तीनजना पक्राउ

    २ दिन अगाडि
    हाम्रो बारेमा
    हाम्रो बारेमा

    Registration: 1697/076/77
    Address: Butwal-09, Rupandehi

    Facebook YouTube
    फल्लो अस

    Email Us: milapatrakhabar@gmail.com
    Contact: +977-9851161546

    हाम्रो टिम

    सञ्चालक:
    खिमनारायण पराजुली
    अनन्तराज पाण्डे
    रुद्र कार्की
    भुवन कार्की
    कृष्ण पाैडेल
    एस.डी. काेईराला
    दिल गुरुङ
    साेनु थापा

    सम्पादक : माेनिषा बस्नेत
    संवाददाता: नेत्र रुचाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 MIlapatrakhabar. Designed by Ignite Infosys Pvt Ltd.

    Type above and press Enter to search. Press Esc to cancel.