Close Menu
Milapatra Khabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ३ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १४ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Facebook X (Twitter) Instagram
    Facebook Instagram YouTube
    Milapatra KhabarMilapatra Khabar
    Subscribe
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ/शेयर
    • खेलकुद
    • जीवनशैली
    • बिजनेस
    • मनोरञ्जन
    • अन्तरबार्ता
    • विचार
    Milapatra Khabar
    Home»breaking news»राष्ट्रिय परिचयपत्र बनाउनेकाे भिड
    breaking news

    राष्ट्रिय परिचयपत्र बनाउनेकाे भिड

    मिलापत्रमिलापत्र९ महिना अगाडि1 Views

    तम्घास (गुल्मी), भदौ १७ गते । राष्ट्रिय परिचयपत्र नभई सामाजिक सुरक्षा भत्ता नपाइने भयले प्रशासनमा परिचयपत्र बनाउन आउने ज्येष्ठ नागरिकको भिड लागेको छ । नेपाल सरकारले सामाजिक सुरक्षा भत्ता पाउन राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि परिचयपत्र बनाउनेको भिड लागको हो ।

    मुसिकोट नगरपालिका –५ आपचौरकी ८६ वर्षीय चुमकला अर्यालले राष्ट्रिय परिचयपत्र नभई  सामाजिक सुरक्षा भत्ता नपाइने भएकाले जिल्ला प्रशासन कार्यालय गुल्मीमा परिचयपत्र बनाउन आएको बताउनुभयो । पहिले राष्ट्रिय परिचयपत्र नभई  सामाजिक सुरक्षा भत्ता लिने गरे पनि अहिले भने वडा कार्यालयले परिचयपत्र नभई  भत्ता नपाइने बताएपछि परिचयपत्र बनाउन आएको उहाँले बताउनुभयो ।

    कार्यालय नखुल्दै लाइन 

    सोमबार बिहान कार्यालय नखुल्दै परिचयपत्र बनाउन प्रशासनमा लाइन लागेको थियो । कार्यालय नखुल्दै ९ बजेदेखि सेवाग्राहीहरु लाइनमा लागेका हुन् । मालिका गाउँपालिका –७ घमिरका ८० वर्षीय आत्मराम घिमिरेले पनि सामाजिक सुरक्षा भत्ताका लागि परिचयपत्र अनिवार्य भनेपछि बिहानैदेखि लाइनमा आएर बसेको बताउनुभयो ।

    पहिले नै आएर लाइनमा बसियो भने छिटो काम होला भनेर आफू कार्यालय समय अगावै लाइनमा बसेको बताउनुभयो । यस्तै, मुसिकोट नगरपालिका वडा २ खस्थोकका ८४ वर्षीय लीलबहादुर क्षेत्री पनि परिचयपत्र बनाउनकै लागि कार्यालय समय अगावै लाइनमा बस्नुभएको थियो । उहाँले पनि परिचयपत्र नभई  भत्ता नपाइने भएपछि परिचयपत्र बनाउन प्रशासनमा आएको बताउनुभयो ।

    यता जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरले सामाजिक सुरक्षा भत्ता नवीकरण गर्ने समय भएकाले पनि सेवाग्राहीको भिड लागेको बताउनुभयो । प्रशासनले वृद्धवृद्धालाई पहिलो प्राथमिकता दिएर सेवा प्रदान गर्दैआएको दाबी गर्नुभयो । परिचयपत्र बनाउनेको भिड लागेकाले ब्यवस्थित गर्नका लागि टोकन सिस्टम लागु गरिएको बताउनुभयो ।

    आइतबार मात्र १२१ जनाको राष्ट्रिय परिचयपत्रका लागि विवरण सङकलन गरिएको गैरेले बताउनुभयो । जसमध्ये धेरै वृद्धवृद्धाहरु रहेको राष्ट्रिय परिचयपत्र फाँटकी सरिता आचार्यले बताउनुभयो । सोमबार पनि परिचयपत्र बनाउनेको भिड नै रहेको थियो । गुल्मीमा नयाँभन्दा प्रतिलिपि नागरिकता लिनेको सङख्या बढी देखिएको छ ।

    गत आइतबारदेखि शुक्रबारसम्म एक हप्ताको अवधिमा ६२ जनाले नयाँ नागरिकता बनाउँदा ८६ जनाले प्रतिलिपि बनाएका छन् । सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेका अनुसार एक हप्तामा नयाँभन्दा प्रतिलिपि नागरिकता लिने बढिरहेको बताउनुभयो ।

    नागरिकतालाई माया नगर्ने, जथाभावी फाल्ने र पहिले भएका गल्तीहरु सच्याउने गर्दा पनि प्रतिलिपि लिनेको सङ्ख्या बढी भएको हो । यसका साथै राष्ट्रिय परिचयपत्र बनाउँदा नागरिकतामा भएका गल्तीहरु देखिने भएकाले पनि प्रतिलिपि लिनेको सङ्ख्या बढेको गैरेले बताउनुभयो ।

    सोही समयअवधिमा नाबालक परिचयपत्र नौ, राहदानीका लागि आवेदन सङ्कलन ११३, राहदानी वितरण ११०, राष्ट्रिय परिचयपत्रका लागि आवेदन २५८, परिचयपत्र वितरण २०१ र ३५ दलित, जनजाति, पारिवारिक विवरण तथा अन्य प्रमाणित भएको छ ।

    यस समय अवधिमा राहदानीबाट पाँच लाख ६५ हजार, संस्था नवीकरणबाट छ हजार पाँच सय, राष्ट्रिय परिचयपत्रबाट दुई हजार रुपियाँ गरी कुल पाँच लाख ७३ हजार  पाँचसय रुपियाँ राजस्व सङ्कलन भएको गैरेको भनाइ छ ।

    Related Posts

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ३ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १४ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Leave A Reply Cancel Reply

    Top Posts

    पाल्पाको तिनाउमा छात्राबासमै जन्मियो बच्चा

    २ महिना अगाडि745 Views

    ३५ बर्षमै छाेरो मन्त्री हुँदा लम्साल परिवारमा खुसीयाली (भिडियोसहित)

    १ महिना अगाडि497 Views

    बुटवलकाे नविन स्कुलका विद्यार्थी सम्पर्कविहिन

    १२ महिना अगाडि393 Views

    पाल्पाको बल्ढेङगढीमा भिषण पहिरो

    १० महिना अगाडि244 Views
    Don't Miss

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    breaking news ३ घण्टा अगाडि

    दाङ, जेठ १ गते । लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि प्रदेशमा मन्त्रालयको सङ्ख्या आठ…

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १४ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि

    वैदेशिक राेजगारीमा ठगी गर्ने तीनजना पक्राउ

    २ दिन अगाडि
    हाम्रो बारेमा
    हाम्रो बारेमा

    Registration: 1697/076/77
    Address: Butwal-09, Rupandehi

    Facebook YouTube
    फल्लो अस

    Email Us: milapatrakhabar@gmail.com
    Contact: +977-9851161546

    हाम्रो टिम

    सञ्चालक:
    खिमनारायण पराजुली
    अनन्तराज पाण्डे
    रुद्र कार्की
    भुवन कार्की
    कृष्ण पाैडेल
    एस.डी. काेईराला
    दिल गुरुङ
    साेनु थापा

    सम्पादक : माेनिषा बस्नेत
    संवाददाता: नेत्र रुचाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 MIlapatrakhabar. Designed by Ignite Infosys Pvt Ltd.

    Type above and press Enter to search. Press Esc to cancel.