Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: मिलापत्र
रुपन्देही, माघ २६ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले फागुन २१ गते आफ्नो पार्टीले बहुमत ल्याएर पहिलो इतिहास रच्ने बताउनुभएको छ । सोमबार रुपन्देहीको क्षेत्र नं. १ अन्तरगत देवदहमा कार्यकर्ता भेटघाट कार्यक्रममा लामिछानेले यसपटक रास्वपाका उम्मेदवारहरु बहुमतका साथ बिजय हुने दाबी गर्नुभयो । छोटो मन्तब्य राख्दै सभापति लामिछानेले पुराना दलले पटक–पटक निर्वाचन जितेर गर्न नसकेका काम रास्वपाले गरेर देखाउने उद्घोष गर्नुभयो । उहाँ भन्नुभयो, ‘पुरानाले घेरै पटक जितर केवल आवश्वासन बाँडे तर हामीले काम गरेर देखाउने छौं, देशमा केही नयाँ गरेर देखाउने छौं, त्यसका लागि हाम्रा उम्मेदवारलाई जिताउनुहोला ।’ फागुन २१ गते देश घण्टीमय हुने जिकिर…
थापा भन्छन्– केही फरक गरेर देखाउँछुु भुवन कार्की पाल्पा, २५ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको लागि पाल्पा क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा.माघव थापाले शनिबार पश्चिम पाल्पाको जुठा, सत्यवती, बुढिदमार, राजापानी, खुर्साने लगायतका गाउँमा मतदाता भेटघाट गर्नुभएको छ । मतदाता भेटघाटको क्रममा उम्मेदवार थापाले देशको बदलिंदो राजनीतिक परिस्थितमा यसपटका रास्वपाका उम्मेदवारलाई भोट दिएर जिताउन आग्रह गर्नुभयो । देशमा ब्याप्त भ्रष्टाचार रोक्न, सुशासन र दिगो विकासका लागि नीति बनाउनुपर्ने भएकाले नीति निर्माण तहमा रास्वपाका नेतालाई पुर्याउनुपर्ने उहाँको भनाई छ । रास्वपाबाट उम्मेदवारी दिएका उम्मेदवारहरु सबै सक्षम, पढेलेखेका र कुनै न…
थापा भन्छन्– केही फरक गरेर देखाउँछुु भुवन कार्की पाल्पा, २५ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको लागि पाल्पा क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा.माघव थापाले शनिबार पश्चिम पाल्पाको जुठा, सत्यवती, बुढिदमार, राजापानी, खुर्साने लगायतका गाउँमा मतदाता भेटघाट गर्नुभएको छ । मतदाता भेटघाटको क्रममा उम्मेदवार थापाले देशको बदलिंदो राजनीतिक परिस्थितमा यसपटका रास्वपाका उम्मेदवारलाई भोट दिएर जिताउन आग्रह गर्नुभयो । देशमा ब्याप्त भ्रष्टाचार रोक्न, सुशासन र दिगो विकासका लागि नीति बनाउनुपर्ने भएकाले नीति निर्माण तहमा रास्वपाका नेतालाई पुर्याउनुपर्ने उहाँको भनाई छ । रास्वपाबाट उम्मेदवारी दिएका उम्मेदवारहरु सबै सक्षम, पढेलेखेका र कुनै न…
पदम गैरे पाल्पा २४ माघ । पूर्व मन्त्री एवं पाल्पा क्षेत्र नंं २ बाट नेपाली मयुनिस्ट पार्टीका उम्मेद्वार सोमप्रसाद पाण्डेयले संविधानको रक्षा र जेनजीको माग अनुसार काम गर्नका लागि निर्वाचन महत्वपूर्ण रहेको बताएका छन् । उनले निर्वाचन विथोल्ने खालका कुराहरु गलत रहेको र जेनजी आन्दोल र संसद विघटनपछि नै नेकपाको संयोजक प्रचण्डले निर्वाचनको कुरा उठान गरेको र अहिलेको आवश्यकता नै निर्वाचन रहेको बताए । नेपाली कम्युनिस्ट पार्टी पाल्पा रुपन्देही सम्पर्क सम्न्वय समितिले बुटवलमा आयोजना गरेको मतदाता भेटघाट कार्यक्रममा बोल्दै उम्मेद्वार पाण्डेयले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि निर्वाचन र अबको नेतृत्व नेकपाले गर्नुपर्ने बताए । उनले जेनजी आन्दोलनको माग…
रुपन्देही, २४ माघ । रुपन्देही क्षेत्र नं. २ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को तर्फबाट उम्मेद्वार विश्वदीप पाण्डे (सुवास) ले शनिबार बुटवलमा युवासंग सुझाव माग्नुभएको छ । बदलिंदो राजनीतिक परिस्थितिमा निर्णायक भूमिका युवाले नै खेल्नुपर्ने पाण्डेले बताउनुभयो । बुटवलमा अयोजित युवा भेलमा उहाँले सुझाव माग्नुभएको हो । आफू युवाको प्रतिनिधित्व गर्ने उम्मेदवार भएकाले आम युवाको सुझाव अनुसार काम गर्न पनि जनतामा आएको उहाँले उल्लेख गर्नुभयो । आफू अहिलेसम्म कुनै भ्रष्टाचार र अनियमिततामा नजोडिएको उम्मेदवार भएकाले आम मतदाताले आफूलाई मत दिएर जिताउने विश्वास ब्यक्त गर्नुभयो । कार्यक्रममा उपस्थित युवाहरुले युवा नेता पाण्डेलाई जिज्ञासासहित सुझाव दिएका थिए । जवाफमा नेता पाण्डेले अरुले…
रुपन्देही, २४ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री सुनिल लम्सालले ६० प्रतिशत रोजगारी कृषि क्षेत्रमै सृजना गर्न सकिने बताउनुभएको छ । रुपन्देही क्षेत्र नं. १ मा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार समेत रहनुभएका लम्सालले कृषिको आधुनिकिकरण गर्न सके रोजगारीमा बृद्धि गर्न सकिने उल्लेख गर्नुभयो । रुपन्देहीको तिलोत्तमामा शनिबार संचारकर्मीसंग कुरा गर्दै नेता लम्सालले भन्नुभयो, ‘ब्यवसायिक रुपमा कृषिको आधुनिकिरण गर्न सके आधाभन्दा धेरै रोजगारी कृषि क्षेत्रमै सृजना गर्न सकिन्छ, त्यसका लागि राज्यले उन्नत कृषि प्रणालीको विकास गर्नुपर्छ ।’ आफ्नो निर्वाचन क्षेत्रमा किसानका समस्या धेरै भएकाले त्यसलाई हल गर्न आफूले अध्ययन गरिरहेको उहाँले बताउनुभयो । आफ्नो घोषणापत्रमा कृषि क्षेत्रका समस्या…
रुपन्देही, २३ माघ । प्रतिनिधि सभा सदस्य पदको निर्वाचनको लागि रुपन्देही क्षेत्र नं. २ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को तर्फबाट उम्मेद्वार विश्वदीप पाण्डे (सुवास) ले घरदैलो अभियान जारी राख्नुभएको छ । पाण्डेले शुक्रबार क्षेत्र नं. २ मा पर्ने तिलोत्तमा नगरपालिका वडा नं. ३ र ४ मा घरदैलो गर्नुभयो । पार्टीका नेताहरु राम परियार, निर्मल जीसी, दिपा विक, रिज्जु श्रेष्ठ, सुजित बिक लगायतका नेताहरुको साथमा पाण्डेले घरदैलो गर्नुभएको हो । घरदैलोको क्रममा उम्मेद्वार पाण्डेले नयाँ राजनीतिक परिस्थिति अनुसार युवाको भावना र उन्नत बिचारसहित राजनीतिमा आएकाले यसपटक आफूलाई तारा चिन्हमा मत दिएर जिताउन अपिल गर्नुभयो । जनताको सेवा गर्ने गरी आफू…
दाङ, २१ माघ । लुम्बिनी प्रदेशको नवौं स्थापना दिवस औपचारिक समारोह आयोजना गरेर मनाइएको छ । लुम्बिनी प्रदेश सरकार र लुम्बिनी प्रदेश सभाको संयुक्त आयोजनामा बुधबार राप्ती उपत्यका (देउखुरी) मा मूल समारोह आयोजना गरेर दिवस मनाइएको हो । मूल समारोहको उद्घाटन गर्दै प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले प्रदेशको दिगो विकास र समृद्धिका लागि सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताउनुभयो ।‘यो प्रदेश संवेदनशील पनि छ । राम्रो पनि छ । कस्तो बनाउने भन्ने कुरा शासन गर्नेहरूको काँधमा छ,’उहाँले भन्नुभयो,‘हामीले लुम्बिनी प्रदेशलाई फरक ढंगले चलाउनुपर्छ । तीन–चार वटा कुरा समस्या पनि छन् र तीन–चार वटा कुरामा प्रतिस्पर्धा पनि छ । मिलाउन सक्यौं भने धेरै…
रुपन्देही, २१ माघ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको निर्वाचनको लागि रुपन्देही क्षेत्र नं. २ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को तर्फबाट उम्मेद्वार विश्वदीप पाण्डे (सुवास) ले आफू अहिलेसम्म कुनै भ्रष्टाचार र अनियमिततामा नजोडिएको उम्मेदवार भएकाले आम मतदाताले आफूलाई मत दिएर जिताउने विश्वास ब्यक्त गर्नुभएको छ । पार्टीले स्थापना गरेको तिलोत्तमा नगरपालिका वडा नं. १ र २ को संयुक्त प्रचार–प्रसार कार्यालयको बुधबार उद्घाटन गर्दै युवा नेता पाण्डेले भन्नुभयो, ‘म अहिलेसम्म कुनै भ्रष्टाचार काण्डमा जोडिएको मान्छे होइन । न ललिता निवास, न सुपारी तस्करी, न सुन तस्करी, न जलहरी, न कुनै अन्य अनियमितामा । म सिंहदरवार र अदालत…
रुपन्देही, २० माघ । रुपन्देहीको मणिग्रामस्थित न्यू ईन्भारमेन्ट माध्यामिक विद्यालयले विविध कार्यक्रम गरी ३२ औं बार्षिकोत्सव मनाएको छ । एघार दिनसम्म विविध कार्यक्रम गरी विद्यालयले बार्षिकोत्सव मनाएको हो । गत माघ ९ गतेदेखि २० गतेसम्म विभिन्न सचेतनामूलक कार्यक्रम गरी उत्सव मनाइएको विद्यायलका प्रधानाध्यापक मधुप्रकाश ज्ञवालीले जानकारी दिनुभयो । यसअवधिमा खेलकुँद, खाना महोत्सव, रक्तदान, सिकाई मेला, साँस्कृतक कार्यक्रम, पुस्तक बिमोचन, कला प्रदर्शनी, कराँते प्रतियोगिता लगायतका कार्यक्रमहरु गरिएको ज्ञवालीले बताउनुभयो । मंगलबार आयोजना गरिएको मूल समारोहमा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले तिलोत्तमा नगरपालिका अब शैक्षिक हबका रुपमा विकसित भइरहेको उल्लेख गर्नुभयो । उहाँले सामुदायिक विद्यालय र संस्थागत विद्यालयको शिक्षा क्षेत्रको योगदान प्रशंसा…
