Close Menu
Milapatra Khabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ३ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १४ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Facebook X (Twitter) Instagram
    Facebook Instagram YouTube
    Milapatra KhabarMilapatra Khabar
    Subscribe
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ/शेयर
    • खेलकुद
    • जीवनशैली
    • बिजनेस
    • मनोरञ्जन
    • अन्तरबार्ता
    • विचार
    Milapatra Khabar
    Home»breaking news»रुपन्देही २ मा नेकपाको घरदैलो अभियान जारी
    breaking news

    रुपन्देही २ मा नेकपाको घरदैलो अभियान जारी

    मिलापत्रमिलापत्र३ महिना अगाडि69 Views

    रुपन्देही, २३ माघ ।  प्रतिनिधि सभा सदस्य पदको निर्वाचनको लागि रुपन्देही क्षेत्र नं. २ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को तर्फबाट उम्मेद्वार विश्वदीप पाण्डे (सुवास) ले घरदैलो अभियान जारी राख्नुभएको छ । पाण्डेले शुक्रबार क्षेत्र नं. २ मा पर्ने तिलोत्तमा नगरपालिका वडा नं. ३ र ४ मा घरदैलो गर्नुभयो ।
    पार्टीका नेताहरु राम परियार, निर्मल जीसी, दिपा विक, रिज्जु श्रेष्ठ, सुजित बिक लगायतका नेताहरुको साथमा पाण्डेले घरदैलो गर्नुभएको हो । घरदैलोको क्रममा उम्मेद्वार पाण्डेले नयाँ राजनीतिक परिस्थिति अनुसार युवाको भावना र उन्नत बिचारसहित राजनीतिमा आएकाले यसपटक आफूलाई तारा चिन्हमा मत दिएर जिताउन अपिल गर्नुभयो । जनताको सेवा गर्ने गरी आफू राजनीतिमा आएको बताउँदै निर्वाचनमा हारजीत जेसुकै भएपनि जनताको साथ नछोड्ने उहाँको भनाई छ ।
    नेपाली कम्युनिष्ट पार्टीले नै जेन्जी आन्दोलनको मर्म र भावना अनुसार काम गर्न सक्ने बताउँदै पार्टीले सोही अनुसार आफूलाइं यस निर्वाचन क्षेत्रमा खटाएको उहाँले उल्लेख गर्नुभयो । नेपाली राजनीतिमा पुस्ताहन्तरण पनि आवश्यक रहेको भन्दै पाण्डेले पुरानालाई अभिभावक र नयाँसंग सहकार्य गरेर देशलाई अग्रगामी दिशामा अघि बढाउन सकिने बिचार ब्यक्त गर्नुभयो ।
    युवा नेता पाण्डेले गतसाता देखि आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो अभियान शुरु गर्नुभएको हो । रुपन्देही क्षेत्र नं. २ मा पर्ने सैनामैनाका चारवटा वडामा पाण्डेले घरदैलो गरेर तिलोत्तमाका वडाहरुमा घरदैलो थाल्नुुभएको छ । तिलोत्तमाका वडाहरुमा घरदैलो अभियान जारी रहेको वडा नं. ४ का चुनाव परिचालन समिति संंयोजक नेत्र रुचालले जानकारी दिनुभयो । उहाँका अनुसार तिलोत्तमाका सुनौलो नगर, शान्ति चोक, डिंगरनगर लगायतका ठाउँमा घरदैलो अभियान पुरा गरिएको छ ।

    Related Posts

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ३ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १४ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Leave A Reply Cancel Reply

    Top Posts

    पाल्पाको तिनाउमा छात्राबासमै जन्मियो बच्चा

    २ महिना अगाडि745 Views

    ३५ बर्षमै छाेरो मन्त्री हुँदा लम्साल परिवारमा खुसीयाली (भिडियोसहित)

    १ महिना अगाडि497 Views

    बुटवलकाे नविन स्कुलका विद्यार्थी सम्पर्कविहिन

    १२ महिना अगाडि393 Views

    पाल्पाको बल्ढेङगढीमा भिषण पहिरो

    १० महिना अगाडि244 Views
    Don't Miss

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    breaking news ३ घण्टा अगाडि

    दाङ, जेठ १ गते । लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि प्रदेशमा मन्त्रालयको सङ्ख्या आठ…

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १४ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि

    वैदेशिक राेजगारीमा ठगी गर्ने तीनजना पक्राउ

    २ दिन अगाडि
    हाम्रो बारेमा
    हाम्रो बारेमा

    Registration: 1697/076/77
    Address: Butwal-09, Rupandehi

    Facebook YouTube
    फल्लो अस

    Email Us: milapatrakhabar@gmail.com
    Contact: +977-9851161546

    हाम्रो टिम

    सञ्चालक:
    खिमनारायण पराजुली
    अनन्तराज पाण्डे
    रुद्र कार्की
    भुवन कार्की
    कृष्ण पाैडेल
    एस.डी. काेईराला
    दिल गुरुङ
    साेनु थापा

    सम्पादक : माेनिषा बस्नेत
    संवाददाता: नेत्र रुचाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 MIlapatrakhabar. Designed by Ignite Infosys Pvt Ltd.

    Type above and press Enter to search. Press Esc to cancel.