Close Menu
Milapatra Khabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    अन्तर्राष्ट्रिय ‘हाइवे’ मापदण्डमा बन्दै

    ५ घण्टा अगाडि

    जन्मदर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र नागरिक एपमा उपलब्ध हुने

    २ दिन अगाडि

    गुल्मीमा ६ सय सामुदायिक कुकुरको बन्ध्याकरण

    २ दिन अगाडि
    Facebook X (Twitter) Instagram
    Facebook Instagram YouTube
    Milapatra KhabarMilapatra Khabar
    Subscribe
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ/शेयर
    • खेलकुद
    • जीवनशैली
    • बिजनेस
    • मनोरञ्जन
    • अन्तरबार्ता
    • विचार
    Milapatra Khabar
    Home»breaking news»पाल्पा–२ मा रास्वपा उम्मेदवार थापालाई मतदाताको हौसला
    breaking news

    पाल्पा–२ मा रास्वपा उम्मेदवार थापालाई मतदाताको हौसला

    मिलापत्रमिलापत्र२ महिना अगाडि230 Views

    थापा भन्छन्– केही फरक गरेर देखाउँछुु
    भुवन कार्की
    पाल्पा, २५ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको लागि पाल्पा क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा.माघव थापाले शनिबार पश्चिम पाल्पाको जुठा, सत्यवती, बुढिदमार, राजापानी, खुर्साने लगायतका गाउँमा मतदाता भेटघाट गर्नुभएको छ ।
    मतदाता भेटघाटको क्रममा उम्मेदवार थापाले देशको बदलिंदो राजनीतिक परिस्थितमा यसपटका रास्वपाका उम्मेदवारलाई भोट दिएर जिताउन आग्रह गर्नुभयो । देशमा ब्याप्त भ्रष्टाचार रोक्न, सुशासन र दिगो विकासका लागि नीति बनाउनुपर्ने भएकाले नीति निर्माण तहमा रास्वपाका नेतालाई पुर्याउनुपर्ने उहाँको भनाई छ । रास्वपाबाट उम्मेदवारी दिएका उम्मेदवारहरु सबै सक्षम, पढेलेखेका र कुनै न कुनै काममा विज्ञता हासिल गरेका युवा भएकाले उनीहरुलाई राज्यको नीति निर्माण तहमा पुर्याउनुपर्ने अहिलेको आवश्यकता उहाँले औंल्याउनुभयो । जनताका साना घरायसी समस्यादेखि गाउँ, टोल र समग्र देशको मूल कानुनमा सुधार गर्न पनि रास्वपाका उम्मेदवारलाई यसपटक बहुमत दिनुपर्ने उहाँको भनाई थियो । पुराना दल र नेताहरुबाट देश देशले उचित निकास पाउन नसकेको भन्दै यसपटक रास्वपालाई बहुमत दिए आफूहरुले आमूल परिवर्तनको पक्षमा काम गर्न सक्ने थापाले बताउनुभयो । आफूले पुरानाले भन्दा केही फरक गरेर देखाउने प्रतिबद्धता पनि उहाँले ब्यक्त गर्नुभयो ।
    मतदाता भेटघाटको क्रममा स्थानीय जानताले थापालाई सुझाव सल्लाह समेत दिएका छन् । बुढिदमारका भूपू सैनिक लालबहादुर रानाले पुरानाले भन्दा फरक र उन्नत काम गरेर देखाउन आग्रह गर्दै यसपटक भोट परिर्वतन गरेर रास्वपाको घण्टी चुनाव चिन्हमा मतदान गर्ने आफूले निर्णय लिएको उल्लेख गर्नुभयो ।
    त्यस्तै राजापानीका युवा ओमबहादुर राष्कोटी मगरले आमुल परिवर्तनको संवाहक रास्वपानै हुने संकेत देखिएकाले यसपटक घण्टीमै मतदान गर्ने र स्थानीय बासिन्दालाई एकताबद्ध गर्न आफूले पहल गर्ने बताउनुभयो । सोही स्थानका धनबहादुर रानाले पनि पुराना दलबाट आश्वासन पाएअनुसार काम नभएकाले यसपटक भोट परिवर्तन गर्न जरुरी रहेको उल्लेख गर्नुभयो । खुर्सानेका जितु बुढाथोकीले पनि यसपटक नयाँ पार्टी र नेतालाई परीक्षण गर्नुपर्ने बताउनुभयो ।
    रास्वपा युवा उम्मेदवार थापाले आईतबार तिनाउ गाउँपालिकामा मतदाता भेटघाट तथा अन्तरक्रिया गर्नुभएको छ । उहाँले हार्थोक, कुसुमखोला, बतासे, अमलाबास, छहरा, म्यालढाप, तिनगिरे लगायतका ठाउँमा पनि कार्यकता तथा मतदाता भेटघाट गर्नुभएको छ ।

    Related Posts

    अन्तर्राष्ट्रिय ‘हाइवे’ मापदण्डमा बन्दै

    ५ घण्टा अगाडि

    जन्मदर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र नागरिक एपमा उपलब्ध हुने

    २ दिन अगाडि

    गुल्मीमा ६ सय सामुदायिक कुकुरको बन्ध्याकरण

    २ दिन अगाडि
    Leave A Reply Cancel Reply

    Top Posts

    पाल्पाको तिनाउमा छात्राबासमै जन्मियो बच्चा

    ३ हप्ता अगाडि741 Views

    ३५ बर्षमै छाेरो मन्त्री हुँदा लम्साल परिवारमा खुसीयाली (भिडियोसहित)

    २ हप्ता अगाडि495 Views

    बुटवलकाे नविन स्कुलका विद्यार्थी सम्पर्कविहिन

    ११ महिना अगाडि392 Views

    पाल्पाको बल्ढेङगढीमा भिषण पहिरो

    ९ महिना अगाडि242 Views
    Don't Miss

    अन्तर्राष्ट्रिय ‘हाइवे’ मापदण्डमा बन्दै

    breaking news ५ घण्टा अगाडि

    काठमाडौँ, वैशाख ४ गते । अबको तीन वर्षभित्र पूर्वपश्चिम राजमार्ग अन्तर्राष्ट्रिय ‘हाइवे’ को मापदण्डमा स्तरोन्नति हुने…

    जन्मदर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र नागरिक एपमा उपलब्ध हुने

    २ दिन अगाडि

    गुल्मीमा ६ सय सामुदायिक कुकुरको बन्ध्याकरण

    २ दिन अगाडि

    गृहमन्त्री गुरुङद्वारा नारायणगढ–बुटवल सडक अनुगमन

    ३ दिन अगाडि
    हाम्रो बारेमा
    हाम्रो बारेमा

    Registration: 1697/076/77
    Address: Butwal-09, Rupandehi

    Facebook YouTube
    फल्लो अस

    Email Us: milapatrakhabar@gmail.com
    Contact: +977-9851161546

    हाम्रो टिम

    सञ्चालक:
    खिमनारायण पराजुली
    अनन्तराज पाण्डे
    रुद्र कार्की
    भुवन कार्की
    कृष्ण पाैडेल
    एस.डी. काेईराला
    दिल गुरुङ
    साेनु थापा

    सम्पादक : माेनिषा बस्नेत
    संवाददाता: नेत्र रुचाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 MIlapatrakhabar. Designed by Ignite Infosys Pvt Ltd.

    Type above and press Enter to search. Press Esc to cancel.