Close Menu
Milapatra Khabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ३ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १३ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Facebook X (Twitter) Instagram
    Facebook Instagram YouTube
    Milapatra KhabarMilapatra Khabar
    Subscribe
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ/शेयर
    • खेलकुद
    • जीवनशैली
    • बिजनेस
    • मनोरञ्जन
    • अन्तरबार्ता
    • विचार
    Milapatra Khabar
    Home»breaking news»कुनै भ्रष्टचारमा जोडिएको उम्मेदवार म होइन : विश्वदीप
    breaking news

    कुनै भ्रष्टचारमा जोडिएको उम्मेदवार म होइन : विश्वदीप

    मिलापत्रमिलापत्र३ महिना अगाडिUpdated:३ महिना अगाडि51 Views

    रुपन्देही, २१ माघ ।
    फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको निर्वाचनको लागि रुपन्देही क्षेत्र नं. २ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को तर्फबाट उम्मेद्वार विश्वदीप पाण्डे (सुवास) ले आफू अहिलेसम्म कुनै भ्रष्टाचार र अनियमिततामा नजोडिएको उम्मेदवार भएकाले आम मतदाताले आफूलाई मत दिएर जिताउने विश्वास ब्यक्त गर्नुभएको छ ।
    पार्टीले स्थापना गरेको तिलोत्तमा नगरपालिका वडा नं. १ र २ को संयुक्त प्रचार–प्रसार कार्यालयको बुधबार उद्घाटन गर्दै युवा नेता पाण्डेले भन्नुभयो, ‘म अहिलेसम्म कुनै भ्रष्टाचार काण्डमा जोडिएको मान्छे होइन । न ललिता निवास, न सुपारी तस्करी, न सुन तस्करी, न जलहरी, न कुनै अन्य अनियमितामा । म सिंहदरवार र अदालत जलाउँदा खुसी हुँने मान्छे पनि होइन ।’ जेन्जी आन्दोलनले उठाएका मुद्दाहरु भने जायज भएको उहाँको भनाई थियो । जेन्जी बिह्रोहका मुद्दा नेकपाले पनि संसदमा उठाउँदै आएको तर त्यसलाई तत्कालिन सरकारले वेवास्ता गर्दा स्थिति भयावह भएको पाण्डेको तर्क थियो । भ्रष्टाचार र कुशासनकोबिरुद्धमा भएको जेन्जी आन्दोलनका जायज एजेण्डाहरुलाई नेकपाले आत्मसाथ गरेर निर्वाचनमा होमिएकाले नेकपालाई यसपटक जनताले तारा चुनाव चिन्हमा बहुमत दिएर जिताउने उहाँले विश्वास ब्यक्त गर्नुभयो ।
    कार्यक्रममा नेकपा नेता राम परियारले अन्य दलका कैयौं पुराना र अनियमितताको दाग लागेका उम्मेदवारका तुलनामा नेकपाका उम्मेदवारहरु निश्कलंक र युवा बौद्धिक उम्मेदवार भएकाले यसपटक नेकपालाई जिताउन सबैमा अपिल गर्नुभयो । जेन्जी आन्दोलनको बेला नेकपाले मुख्य पहलकदमी लिएर यो ब्यवस्था जोगाएको भन्दै जनताले चुनावमा यसको समीक्षा गर्ने उहाँको भनाई थियो । कार्यक्रममा नेताहरु निर्मल जीसी, कमल भण्डारी, प्रेम खनाल, खुश्बु भण्डारी, सुदीप न्यौपाने, बेलप्रसाद शर्मा लगायतको सहभागिता थियो ।
    बुधबारै तिलोत्तमाको वडा नं. ३ र ४ का पनि चुनाव प्रचार कार्यालय उद्घाटन गरिएको चुनाव परिचालन समिति वडा नं. ४ का संयोजक नेत्र रुचालले जानकारी दिनुभयो ।
    यसैबीच उम्मेदवार पाण्डेले बुधबार बुुटवलको वडा नं.३ र ४ को पनि प्रचार कार्यालय उद्घाटन गरेर वडा नं. २ मा घरदैलो गर्नुभएको छ । बुटवलकी ९३ बर्षिया वृद्धा निमा भूसालको हातबाट टिका आर्शिबाद लिएर उहाँले घरदैलो अभियान शुरु गर्नुभएको हो ।

    Related Posts

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ३ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १३ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Leave A Reply Cancel Reply

    Top Posts

    पाल्पाको तिनाउमा छात्राबासमै जन्मियो बच्चा

    २ महिना अगाडि745 Views

    ३५ बर्षमै छाेरो मन्त्री हुँदा लम्साल परिवारमा खुसीयाली (भिडियोसहित)

    १ महिना अगाडि497 Views

    बुटवलकाे नविन स्कुलका विद्यार्थी सम्पर्कविहिन

    १२ महिना अगाडि393 Views

    पाल्पाको बल्ढेङगढीमा भिषण पहिरो

    १० महिना अगाडि244 Views
    Don't Miss

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    breaking news ३ घण्टा अगाडि

    दाङ, जेठ १ गते । लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि प्रदेशमा मन्त्रालयको सङ्ख्या आठ…

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १३ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि

    वैदेशिक राेजगारीमा ठगी गर्ने तीनजना पक्राउ

    २ दिन अगाडि
    हाम्रो बारेमा
    हाम्रो बारेमा

    Registration: 1697/076/77
    Address: Butwal-09, Rupandehi

    Facebook YouTube
    फल्लो अस

    Email Us: milapatrakhabar@gmail.com
    Contact: +977-9851161546

    हाम्रो टिम

    सञ्चालक:
    खिमनारायण पराजुली
    अनन्तराज पाण्डे
    रुद्र कार्की
    भुवन कार्की
    कृष्ण पाैडेल
    एस.डी. काेईराला
    दिल गुरुङ
    साेनु थापा

    सम्पादक : माेनिषा बस्नेत
    संवाददाता: नेत्र रुचाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 MIlapatrakhabar. Designed by Ignite Infosys Pvt Ltd.

    Type above and press Enter to search. Press Esc to cancel.