Author: मिलापत्र

काठमाडौँ,  वैशाख १ गते ।  गृहमन्त्री सुधन गुरुङले नारायणगढ–बुटवल सडक खण्डको अनुगमन गर्नुभएको छ । अनुगमनका क्रममा आज गृहमन्त्री गुरुङले सम्बन्धित निकाय र ठेकेदार कम्पनीलाई निर्धारित समयमै काम सम्पन्न गर्न निर्देशन दिनुभयो । उहाँले काममा ढिलासुस्ती स्वीकार्य नहुने स्पष्ट पार्नुभएको छ । त्यसैगरी काममा ढिलाइ भएको विषयमा उहाँले चिनियाँ ठेकेदार कम्पनीलाई ध्यानाकर्षणसमेत गराउनुभएको छ । अनुगमनका क्रममा उहाँले काम समयमा सम्पन्न नगर्दा यात्रुहरूले सास्ती भोग्नुपरेको, दैनिक आवागमन प्रभावित भएको र दुर्घटनाको जोखिम बढेकाले यस अवस्थाको चाँडो अन्त्य गर्न निर्देशन दिनुभएको हो । निर्माण कम्पनीका प्रतिनिधिहरूले अबको १५ दिनभित्र सडक निर्माण सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनीहरूले निर्माणलाई तीव्रता…

Read More

काठमाडौँ, चैत ३० गते । नेपालको संविधान जारी भएको एक दशकको समीक्षा, कार्यान्वयनको अभ्यासमा देखिएका चुनौती र भावी मार्गचित्र तय गर्न सरकारले विमर्श अघि बढाएको छ । सरकारले नौ राजनीतिक दलसम्बद्ध ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ गठन गरी संविधान संशोधनका लागि बहस पैरवी आरम्भ गरेको हो । सरकारले संविधान संशोधन बहसपत्र तयार गर्ने गृहकार्य थालेपछि राजनीतिक दलले पनि आफ्ना मुद्दामा आन्तरिक छलफल आरम्भ गरेका छन् । संविधान जारी हुँदा स्वागतसँगै विरोध पनि भयो । तथापि संविधानका अपरिवर्तनीय विषयबाहेक अन्य अन्तरवस्तुलाई समयसापेक्ष र सर्वस्वीकार्य बनाउन सरकारसँगै राजनीतिक दल पनि प्रतिबद्ध छन् । प्रधानमन्त्री वालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा गठित कार्यदलमा राष्ट्रिय स्वतन्त्र पार्टी,…

Read More

काठमाडौँ, चैत २९ गते । सरकारले कार्यालयको कामलाई छिटोछरितो, पारदर्शी र उत्तरदायी बनाउन ‘शून्य बाँकी फाइल सप्ताह’ (जिरो पेन्डिङ फाइल विक) सुरु गर्ने भएको छ । यही चैत ३० देखि वैशाख ७ गतेसम्म सो अभियान सुरु गर्न लागिएको हो । यसका लागि सरकारले ‘शून्य बाँकी फाइल सप्ताह’ अभियान सञ्चालनसम्बन्धी मार्गदर्शन, २०८२ स्वीकृतसमेत गरिसकेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सहसचिव तथा प्रवक्ता हेमराज अर्यालले सरकारी कार्यालयमा दर्ता भएका फाइल, सुरुवात भएका टिप्पणीलगायत अन्य फाइल विभिन्न तह र टेबुलमा अनावश्यक रूपमा थन्किने, निर्णयमा ढिलाइ हुने, आफूलाई कानुनले दिएको अधिकार प्रयोग नगरी अनावश्यक रूपमा माथिल्लो तहमा पठाउनेलगायतका प्रवृत्तिले…

Read More

काठमाडौँ, चैत २८ गते । सरकारले ‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३० गतेदेखि आगामी वैशाख ७ गतेसम्म सञ्चालन गर्ने भएको छ । यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै सरकारी कार्यालयमा ‘शून्य बाँकी फाइल सप्ताह अभियान सञ्चालनसम्बन्धी मार्गदर्शन, २०८२’ सार्वजनिक गरेको छ । कार्यालयमा दर्ता भएका फाइल, सुरुवात भएका टिप्पणीलगायतका फाइल विभिन्न तह र टेबलमा अनावश्यक रूपमा थन्किने, निर्णयमा ढिलाइ हुने प्रवृत्ति रोक्नका लागि यस्तो अभियान सञ्चालन गर्न लागिएको प्रधानमन्त्री कार्यालयले उल्लेख गरेको छ । यस्तै, तलै कार्यान्वयन गर्नुपर्ने फाइल अनावश्यक रूपमा माथिल्लो तहमा पठाइने तथा सेवाप्रवाह प्रभावित हुने अवस्थालाई न्यूनीकरण गर्न सबै सरकारी कार्यालयमा शून्य बाँकी फाइल सप्ताहअभियान सञ्चालन…

Read More

पश्चिम नवलपरासी, चैत २६ गते । गत वर्ष नारायणी नदीको बाढी बस्तीमा पसेको पश्चिम नवलपरासीको ऐतिहासिक भूमि सुस्तामा नदी नियन्त्रणको काम तीव्र गतिमा भइरहेको छ । नारायणी नदीले धेरै कटान गरेको पाँच सय मिटर क्षेत्रमा दुई खण्डमा विभाजन गरेर काम भइरहेको छ । सङ्घीय सरकारको झन्डै १२ करोडको लगानीमा सुस्ता बाढी नियन्त्रणको काम सुरु भएको सिँचाइ तथा जलस्रोत व्यवस्थापन कार्यालय आयोजना चितवनका प्रमुख डा. नारायण सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार नदीको बहाव सिधै सुस्ताको बस्तीतर्फ सम्झिएकाले वर्षायाममा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दे बाढी नियन्त्रणको उपाय सुरु गरिएको हो । नदी तटबन्ध भत्काएर बस्ती प्रवेश गरेको क्षेत्रमा अहिले पनि पाँच मिटरसम्म…

Read More

काठमाडाैँ, चैत २५ गते । सरकारले पेट्रोलियम पदार्थ आयातमा लाग्ने भन्सार महसुल तथा पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ । मन्त्रीपरिषद्को मङ्गलबारको आकस्मिक बैठकले त्यस्तो निर्णय गरेको हो । विभिन्न शीर्षकमा लगाएको करका कारण इन्धनको मूल्य थप महँगो भएको समाचार गोरखापत्रले मङ्गलबार प्रकाशन गरेको थियो । सरकारको यस्तो निर्णय भए पनि नेपाल आयल निगमले तत्काल मूल्य घटाउने सम्भावना रहेको छैन । पेट्रोल, डिजेल र खाना पकाउने एलपी ग्यासमा घाटा उच्च भएकाले तत्कालका मूल्य नघट्ने भएको हो । नेपाल आयल निगमका अनुसार भन्सार महसुल तथा पूर्वाधार विकास कर ५० प्रतिशत कम गरेपछि पेट्रोल लिटरमा १७ रुपियाँ, डिजेल/मटितेल लिटरमा…

Read More

काठमाडौँ, चैत २४ गते । प्रधानमन्त्री वालेन्द्र शाहले लुम्बिनी प्रदेशबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसदसँग निर्वाचन क्षेत्र, प्रदेश र राष्ट्रिय मुद्दामाथि विमर्श गर्नुभएको छ । प्रधानमन्त्री शाहले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा सोमबार भएको बैठकमा लुम्बिनी प्रदेशको विकासनिर्माण, भौतिक पूर्वाधार, सडक, यातायातसहित समग्र विषयमा तत्कालीन र दीर्घकालीन योजनाबारे सुझाव लिनुभएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री एवं सांसद विपिनकुमार आचार्यका अनुसार लुम्बिनी प्रदेशका १२ वटै जिल्ला र तिनका निर्वाचन क्षेत्रका विकास आयोजनासहित तत्कालै गर्नुपर्ने कामका सन्दर्भमा छलफल भएको छ । उहाँले भन्नुभयो, “सांसदले आफ्नो निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश र राष्ट्रिय सन्दर्भमा सुझाव राख्नुभयो । सरकारलाई लिखित रूपमै सुझाव पनि दिइएको छ । लुम्बिनी प्रदेशलाई समुन्नत बनाउन…

Read More

काठमाडौँ चैत २३ गते । सरकारले पेट्रोलियम पदार्थको आयातलाई कम गर्न डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीय सवारीमा रूपान्तरण गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीयमा परिवर्तन गर्न आवश्यक कानुनी व्यवस्था मिलाउने निर्णय गरेको हो । पेट्रोलियम पदार्थको बढ्दो आयात कम गर्नुका साथै वातावरण प्रदूषणलाई न्यूनीकरण गर्न सरकारले पुराना डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीय सवारीमा रूपान्तरण गर्न पाउने नीतिगत निर्णय गरेको हो । नेपाल सरकारका प्रवक्ता एव शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले वातावरण संरक्षण र इन्धन खपत कम गर्ने उद्देश्यले यो निर्णय गरेको जानकारी दिनुभयो । हाल पुराना इन्धनयुक्त सवारीसाधनलाई विद्युतीयमा परिवर्तन गर्दा दर्ता,…

Read More

भुवन कार्की बुटवल, २३ चैत । नेपालमा जेन्जी बिद्रोहपछि बनेको नयाँ सरकारमा रुपन्देहीबाट प्रतिनिधित्व गर्ने एकजना मात्र मन्त्रीको नाम हो सुनिल लम्साल । लम्साल नेपाल सरकारको भौतिक पूर्वाधार, याताताय तथा सहरी विकास मन्त्री हुनुहुन्छ । हाल रुपन्देहीको तिलोत्तमा ७ भलवारी निवासी लम्सालको परिवार साविक स्याङ्जाको चिन्नेवास ३, हालको बिरुवा ६ स्याङ्जाबाट बसाइसरी वि.सं. २०५३ सालमा रुपन्देहीको भलवारी आएको हो । ३५ बर्षकै उमेरमा सुनिल लम्साल मन्त्री बनेपछि परिवारमा पनि निकै खुसीयाली छाएको छ । सुनिलकी आमा समाजसेवी जमुना लम्सालले सुनिल सानैदेखि लगनशील रहेको बताउनुभयो । लगानशीलताकै कारण अहिले मन्त्री बन्न सफल भएको उल्लेख गर्नुभयो । सानै उमेरमा इन्जीनीयर बन्नुभएका मन्त्री…

Read More