Close Menu
Milapatra Khabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ३ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १४ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Facebook X (Twitter) Instagram
    Facebook Instagram YouTube
    Milapatra KhabarMilapatra Khabar
    Subscribe
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ/शेयर
    • खेलकुद
    • जीवनशैली
    • बिजनेस
    • मनोरञ्जन
    • अन्तरबार्ता
    • विचार
    Milapatra Khabar
    Home»breaking news»आधा घट्यो ईन्धनकाे भन्सार महशुल
    breaking news

    आधा घट्यो ईन्धनकाे भन्सार महशुल

    मिलापत्रमिलापत्र१ महिना अगाडि9 Views

    काठमाडाैँ, चैत २५ गते । सरकारले पेट्रोलियम पदार्थ आयातमा लाग्ने भन्सार महसुल तथा पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ । मन्त्रीपरिषद्को मङ्गलबारको आकस्मिक बैठकले त्यस्तो निर्णय गरेको हो । विभिन्न शीर्षकमा लगाएको करका कारण इन्धनको मूल्य थप महँगो भएको समाचार गोरखापत्रले मङ्गलबार प्रकाशन गरेको थियो ।

    सरकारको यस्तो निर्णय भए पनि नेपाल आयल निगमले तत्काल मूल्य घटाउने सम्भावना रहेको छैन । पेट्रोल, डिजेल र खाना पकाउने एलपी ग्यासमा घाटा उच्च भएकाले तत्कालका मूल्य नघट्ने भएको हो ।

    नेपाल आयल निगमका अनुसार भन्सार महसुल तथा पूर्वाधार विकास कर ५० प्रतिशत कम गरेपछि पेट्रोल लिटरमा १७ रुपियाँ, डिजेल/मटितेल लिटरमा ११ रुपियाँ र खाना पकाउने एलपी ग्यासमा ४५ रुपियाँ मूल्य सस्तो पर्न सक्छ । निगमले उच्च घाटा भएर तेल खरिद गरेको रकम भुक्तानी गर्न नसक्ने अवस्थामा पुगेको भन्दै आपूर्ति व्यवस्था सहज राख्नका लागि पनि तत्काल मूल्य नघटाउने भएको हो ।

    एक महिनाअघि देखि पश्चिम एसियाली मुलुकमा भएको युद्धका कारण इन्धनको मूल्य निरन्तर बढिरहेको र इन्धनमा लगाइएको उच्च करका कारण थप मूल्य महँगो हुँदै गएको छ ।

    यसअघि पेट्रोल र डिजेल लिटरमा पूर्वाधार विकास करबापत १० रुपियाँ कर लाग्दै आएकोमा अब लिटरमा पाँच रुपियाँ लाग्ने छ । यस्तै पेट्रोल प्रतिलिटरमा २५ रुपियाँ २३ पैसा र डिजेल/मटितेलमा प्रतिलिटरमा १२.०३ पैसा भन्सार महसुल लाग्दै आएकोमा त्यसमा आधाले कम हुने छ ।  पेट्रोल, डिजेल र मटितेल आयातमा लाग्ने भन्सार महसुल तथा पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिएपछि पनि अझै पेट्रोल लिटरमा १७ रुपियाँ, डिजेल लिटरमा १०९ रुपियाँ र खाना पकाउने ग्यासमा ३७१ रुपियाँ घाटा रहेको निगमले जनाएको छ । सडक मर्मत शुल्क, वातावरण खर्च, हरित करमा भने यथावत् रहेको छ ।

    निगमका प्रवक्ता मनोज ठाकुरले ५० प्रतिशत कर घटाउँदा एक अर्ब घाटा कम हुने जानकारी दिनुभयो । निरन्तर मूल्य बढेर इन्डियन आयल (कर्पोरेसन) लाई भुक्तानी गर्न समस्या भइरहेका बेला कर छुट गरे पनि इन्धन आपूर्तिलाई नियमित बनाउन सहज हुने उहाँले जानकारी दिनुभयो । भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशत कम गर्दा पनि अझै १० अर्ब बढी घाटा रहेको निगमले जनाएको छ ।

    पश्चिम एसियाली मुलुकमा भएको युद्धका कारणले पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढ्दै गएपछि त्यसको प्रभाव स्थानीय बजारमा परेको छ । तीन साताको अवधिमा बजारमा पेट्रोल लिटरमा ४५ रुपियाँ र डिजेल लिटरमा ४० रुपियाँ र हवाई इन्धन १२४ रुपियाँ मूल्य बढेको छ । खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डरमा ४१६ रुपियाँ घाटा भए पनि उपभोक्ताको हितलाई केन्द्रित गरेर मूल्य यथावत् राखिएको निगमले जनाएको छ ।

    सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सवारीसाधनमा जोरबिजोर प्रणाली लागु गर्न सकिने तथा विद्युतीय सवारी र इथानोल प्रयोगलाई प्रोत्साहन गर्ने नीति अघि सारिएको जानकारी दिनुभयो । इन्धन खपत घटाउन सरकारले आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ । इन्धनको मूल्य बढ्दा दैनिक उपभोग्य वस्तुदेखि अधिकांश वस्तुको मूल्य बढेर आमउपभोक्तालाई प्रत्यक्ष असर पारेको छ ।

    अहिले बजारमा पेट्रोल प्रतिलिटर २०२ रुपियाँ, डिजेल प्रतिलिटर १८२ रुपियाँ र खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर एक

    Related Posts

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ३ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १४ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Leave A Reply Cancel Reply

    Top Posts

    पाल्पाको तिनाउमा छात्राबासमै जन्मियो बच्चा

    २ महिना अगाडि745 Views

    ३५ बर्षमै छाेरो मन्त्री हुँदा लम्साल परिवारमा खुसीयाली (भिडियोसहित)

    १ महिना अगाडि497 Views

    बुटवलकाे नविन स्कुलका विद्यार्थी सम्पर्कविहिन

    १२ महिना अगाडि393 Views

    पाल्पाको बल्ढेङगढीमा भिषण पहिरो

    १० महिना अगाडि244 Views
    Don't Miss

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    breaking news ३ घण्टा अगाडि

    दाङ, जेठ १ गते । लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि प्रदेशमा मन्त्रालयको सङ्ख्या आठ…

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १४ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि

    वैदेशिक राेजगारीमा ठगी गर्ने तीनजना पक्राउ

    २ दिन अगाडि
    हाम्रो बारेमा
    हाम्रो बारेमा

    Registration: 1697/076/77
    Address: Butwal-09, Rupandehi

    Facebook YouTube
    फल्लो अस

    Email Us: milapatrakhabar@gmail.com
    Contact: +977-9851161546

    हाम्रो टिम

    सञ्चालक:
    खिमनारायण पराजुली
    अनन्तराज पाण्डे
    रुद्र कार्की
    भुवन कार्की
    कृष्ण पाैडेल
    एस.डी. काेईराला
    दिल गुरुङ
    साेनु थापा

    सम्पादक : माेनिषा बस्नेत
    संवाददाता: नेत्र रुचाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 MIlapatrakhabar. Designed by Ignite Infosys Pvt Ltd.

    Type above and press Enter to search. Press Esc to cancel.