Close Menu
Milapatra Khabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ३ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १४ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Facebook X (Twitter) Instagram
    Facebook Instagram YouTube
    Milapatra KhabarMilapatra Khabar
    Subscribe
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ/शेयर
    • खेलकुद
    • जीवनशैली
    • बिजनेस
    • मनोरञ्जन
    • अन्तरबार्ता
    • विचार
    Milapatra Khabar
    Home»breaking news»लुम्बिनीकाे बिकासकाे लागि प्रधानमन्त्रीकाे चासाे
    breaking news

    लुम्बिनीकाे बिकासकाे लागि प्रधानमन्त्रीकाे चासाे

    मिलापत्रमिलापत्र१ महिना अगाडि17 Views

    काठमाडौँ, चैत २४ गते । प्रधानमन्त्री वालेन्द्र शाहले लुम्बिनी प्रदेशबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसदसँग निर्वाचन क्षेत्र, प्रदेश र राष्ट्रिय मुद्दामाथि विमर्श गर्नुभएको छ । प्रधानमन्त्री शाहले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा सोमबार भएको बैठकमा लुम्बिनी प्रदेशको विकासनिर्माण, भौतिक पूर्वाधार, सडक, यातायातसहित समग्र विषयमा तत्कालीन र दीर्घकालीन योजनाबारे सुझाव लिनुभएको हो ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री एवं सांसद विपिनकुमार आचार्यका अनुसार लुम्बिनी प्रदेशका १२ वटै जिल्ला र तिनका निर्वाचन क्षेत्रका विकास आयोजनासहित तत्कालै गर्नुपर्ने कामका सन्दर्भमा छलफल भएको छ । उहाँले भन्नुभयो, “सांसदले आफ्नो निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश र राष्ट्रिय सन्दर्भमा सुझाव राख्नुभयो । सरकारलाई लिखित रूपमै सुझाव पनि दिइएको छ । लुम्बिनी प्रदेशलाई समुन्नत बनाउन र जनजीविकाका सवालमा संवाद भएको छ ।”

    सांसद आचार्यले प्रदेशमा कृषि, शिक्षा, स्वास्थ्य सेवा प्रभावकारी बनाउने, गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई पर्यटन केन्द्रका रूपमा अझै प्रभावकारी रूपमा अघि बढाउनेसहित विविध आर्थिक विकासका सन्दर्भमा पनि परामर्श भएको बताउनुभयो । उहाँका अनुसार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई अझै प्रभावकारी बनाउने, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसहित नागरिकको दैनिकीसँग जोडिएका विषयमा छलफल भएको छ । सांसद आचार्यले भन्नुभयो, “सांसदका तर्फबाट लुम्बिनी प्रदेशको समुन्नतिका सन्दर्भमा ध्यानाकर्षण गराइएको छ । प्रधानमन्त्रीले प्रत्येक सांसद्को कुरालाई व्यक्तिगत रूपमा भन्दा पनि समग्रमा सम्बोधन गर्नुभयो र उहाँले लुम्बिनी प्रदेशका सबै मुद्दामा राज्य संयन्त्रमार्फत न्यायोचित निर्णय लिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।”

    राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीका सांसद सहभागी बैठकमा पूर्वमन्त्री एवं नेकपाका नेता वर्षमान पुनले चालु आर्थिक वर्षमा लुम्बिनी प्रदेशका विकास निर्माण आयोजना सम्पन्न गर्न र आगामी आर्थिक वर्षका लागि अन्य आयोजनालाई प्राथमिकता दिन सरकारलाई सुझाव दिनुभयो । उहाँले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्नका लागि कूटनीतिक संवाद गर्न, रणनीतिक सडकको निर्माण र स्तरोन्नति एवं आर्थिक विकासका महत्वपूर्ण परियोजनालाई योजनाबद्ध सम्पन्न गर्न सरकारलाई सुझाव दिनुभयो ।

    Related Posts

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ३ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १४ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Leave A Reply Cancel Reply

    Top Posts

    पाल्पाको तिनाउमा छात्राबासमै जन्मियो बच्चा

    २ महिना अगाडि745 Views

    ३५ बर्षमै छाेरो मन्त्री हुँदा लम्साल परिवारमा खुसीयाली (भिडियोसहित)

    १ महिना अगाडि497 Views

    बुटवलकाे नविन स्कुलका विद्यार्थी सम्पर्कविहिन

    १२ महिना अगाडि393 Views

    पाल्पाको बल्ढेङगढीमा भिषण पहिरो

    १० महिना अगाडि244 Views
    Don't Miss

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    breaking news ३ घण्टा अगाडि

    दाङ, जेठ १ गते । लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि प्रदेशमा मन्त्रालयको सङ्ख्या आठ…

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १४ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि

    वैदेशिक राेजगारीमा ठगी गर्ने तीनजना पक्राउ

    २ दिन अगाडि
    हाम्रो बारेमा
    हाम्रो बारेमा

    Registration: 1697/076/77
    Address: Butwal-09, Rupandehi

    Facebook YouTube
    फल्लो अस

    Email Us: milapatrakhabar@gmail.com
    Contact: +977-9851161546

    हाम्रो टिम

    सञ्चालक:
    खिमनारायण पराजुली
    अनन्तराज पाण्डे
    रुद्र कार्की
    भुवन कार्की
    कृष्ण पाैडेल
    एस.डी. काेईराला
    दिल गुरुङ
    साेनु थापा

    सम्पादक : माेनिषा बस्नेत
    संवाददाता: नेत्र रुचाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 MIlapatrakhabar. Designed by Ignite Infosys Pvt Ltd.

    Type above and press Enter to search. Press Esc to cancel.