Author: मिलापत्र

अर्घाखाँची ९ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामुदायिक वन उपभोक्ताहरूको हकहित सुरक्षित गर्न सरकार दृढ रहेको बताएका छन् । सामुदायिक वन उपभोक्ता महासंघ लुम्बिनी प्रदेशको पहिलो परिषद् भेलाको अर्घाखाँचीको सातमारामा शुक्रबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले सामुदायिक वन उपभोक्ता महासंघमा आवद्ध सदस्यहरू आन्दोलनको नाममा भावनामा बग्न जरुरी नरहेको बताउँदै सरकार उपभोक्ताको हकहित सुरक्षित गर्न प्रतिबद्ध रहेको उल्लेख गरे । उनले कुनै व्यक्ति विशेषको चाहना र आवरणमा उद्देलित नबन्न र समस्याको चुरो समातेर समाधान निकाल्ने प्रयास भइरहेको बताए । जनताको हित रक्षाका लागि सरकार जिम्मेवार रहेको उनले बताए । केही व्यक्तिहरूले नियोजित रूपमा सरकार र सामुदायिक वन उपभोक्ता महासंघको बीचमा…

Read More

रुकुमपूर्व, ७ जेठ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको जनतासँग माओवादी– मध्यपहाडी लोकमार्ग जनजागरण अभियान झरीका बीच रुकुमपूर्वको सिस्ने गाउँपालिका–५, रुकुमकोटमा पुगेको छ । उक्त अवसरमा अध्यक्ष प्रचण्डले जनयुद्धका शहीद परिवार, बेपत्ता व्यक्तिका आफन्त तथा घाइते अपाङ्ग योद्धाहरूको अवस्थाबारे जानकारी लिँदै भेटघाट गरेका छन् । घाइते तथा अपाङ्ग योद्धाहरूले उपचार, जीवन निर्वाह भत्ता वृद्धि, रोजगारीको व्यवस्था र राज्यबाट प्रभावकारी पुनःस्थापनाको माग गरेका थिए। त्यस्तै, विभाजित माओवादी धाराहरूलाई पुनः एकताबद्ध गर्नुपर्ने आवश्यकता पनि व्यक्त गरिएको थियो। सहभागीहरूको माग सुन्दै अध्यक्ष प्रचण्डले उनीहरूको पीडा र आवाजलाई गम्भीर रूपमा लिएको बताउँदै, राज्य जिम्मेवार ढंगले अघि बढ्नुपर्नेमा…

Read More

दैलेख, ४ जेठ । नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सञ्चालित मध्यपहाडी लोकमार्ग केन्द्रित माओवादी केन्द्रको जनअभियान कर्णाली प्रदेशमा प्रवेश गरेको छ । प्रवेशसँगै पहिलो कार्यक्रमका रूपमा सुर्खेतको राकम कर्णालीमा जनसंवाद सम्पन्न भएको छ । सुदूरपश्चिमको बैतडी पाटनबाट सुरु गरिएको अभियान अछाम हुँदै दैलेखको कर्णाली पुल पार गरी राकम कर्णालीमा प्रवेश गरेको हो । राकममा सम्पन्न जनसंवाद कार्यक्रममा अध्यक्ष प्रचण्डले जनतासँगको सम्बन्ध सुदृढ गर्न, सुशासन प्रवद्र्धन गर्न र भ्रष्टाचारविरुद्ध आवश्यकता परे नयाँ आन्दोलनको वातावरण बनाउन पनि यो अभियान गरिएको बताए । प्रचण्डले भने, ‘मध्यपहाडी क्षेत्रमा विकासबाट पछाडि परेका जनतालाई समेटेर समृद्धिको बाटो खोल्ने उद्देश्यले माओवादी केन्द्रले यो अभियान…

Read More

भुवन कार्की रुपन्देही, २ जेठ । रुपन्देहीको तिलोत्तमा नगरपालिका खरको छानोमुक्त नगर हुनेभएको छ । नगरपालिकाले ‘खरको छानोमुक्त कार्यक्रम’ संचालन गरेर नगरलाई खरको छानोमुक्त बनाउने अभियान जारी राखेको छ । अबको केही बर्षभित्रै नगरपालिका खरको छानोमुक्त नगर बन्ने छ । यसअघि नगर कार्यपालिकाको ८० औं बैठकले ‘खरको छानो मुक्त कार्यक्रम’ संचालनको लागि कार्यदल गठन गरेर काम अघि बढाएको थियो । जनप्रतिनिधिको अघिल्लो कार्यकालबाट शुरु भएको यो कार्यक्रमलाई नरपालिकाले निरन्तरता दिएको छ । यो कार्यक्रम विषेश गरी आर्थिक अभावका कारण खरको छानोमुनि बस्न बाध्य बिपन्न परिवारहरुलाई लक्षित गरी संचालन गरिएको हो । राष्ट्रिय जनगणना २०११ को आँकडा अनुसार तिलोत्तमा नगरपालिकाका कुल…

Read More

बैतडी, १ जेठ । नेकपा (माओवादी केन्द्र) ले जेठ २ गतेदेखि मध्यपहाडी लोकमार्गको अभियान सुरु गर्दैछ । अभियानको सुरुवात गर्न बैतडीको पाटन जाने क्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कैलालीको चुरे गाउँपालिका, सहजपुरमा स्थानीयबासीसँग भेटघाट गर्नुका साथै ज्ञापनपत्र समेत बुझेका छन् । भेटघाटका क्रममा स्थानीयले उठाएका मुख्य समस्याहरूमध्ये खानेपानी र सिँचाइ प्रमुख रहेको भएको र त्यसको समाधान गर्न सहयोग गर्ने अध्यक्ष प्रचण्डले प्रतिबद्वता जनाए । अध्यक्ष प्रचण्डले स्थानीय जनताको माओवादीप्रतिको आकर्षण उल्लेखनीय रहेको बताए । उनले भने, “ तराई को अभियानले माओवादी प्रति जनतामा एउटा नयाँ उभार आएको छ । अबका दिन माओवादी र, जनताको दिन समग्रमा हाम्रो हुनेछ ।”

Read More

कपिलवस्तु, ३० बैशाख। शाक्यवंशीय राजधानी प्राचीन कपिलवस्तु (तिलौराकोट) लाई अन्तर्राष्ट्रिय बौद्ध मार्गीहरुको केन्द्रको रुपमा विकास गर्न गुरुयोजना निर्माण गरेर अगाडि बढाउन उपाध्यक्ष डा. लामाले लुम्बिनी विकास कोष लागी परेको बताएका छन् । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामाले प्राचीन शाक्य गणराज्यको राजधानी शहर तिलौराकोटको संरक्षण सम्बर्द्धन तथा प्रबर्द्धन गर्न र पर्यटनलाई सुविधा सम्पन्न क्षेत्रको रुपमा विकास गर्न गुरुयोजना निर्माण गरेर अगाडि बढाउन लागी परेको बताएका छन् । उपाध्यक्ष डा. लामाले विश्व सम्पदा सूचीमा सूचीकृत गर्न नेपाल सरकारको तर्फबाट अन्तिम मनोनयन दस्तावेज यूनेस्को विश्व सम्पदा केन्द्रमा पेश भैसकेको भन्दै तिलौराकोट छिटै विश्व सम्पदा सूचीमा सूचीकृत हुने विश्वास समेत व्यक्त गरेका…

Read More

गुल्मी, ३० वैशाख। नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सरकारले विधिको शासनको धज्जी उडाएको  बताएका छन् । मंगलबार प्रेस सेन्टर गुल्मीले तम्घासमा राखेको पत्रकार भेटघाट कार्यक्रममा श्रेष्ठले सरकार भ्रष्टचारीलाई प्रोत्साहि गर्ने कुशासनको अभ्यासकर्ता बनेको बताएका हुन् । नेपाली जनतालाई सुन्दा पनि लाज भइरहेको बताउँदै उनले भने, ‘गर्भनर नियुक्ति विषयमा खिचातानी हुँदा देशमाथि नै खेलवाड भइरहेको छ ।” पूर्वगृहमन्त्री समेत रहेका श्रेष्ठले सरकार निरंकुश बन्दै गएको पनि दावी गरे ‘सरकार निरंकुश बन्दै गइरहेको छ,’ श्रेष्ठले भने, ‘कसैको कुरा सुन्ने स्थिति छैन ।’ सरकारबाट पारदर्शिता छैन, छलकपट मात्रै भइरहेको छ ।’ प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र सरकार भत्काउने र अर्को बनाउने…

Read More

बुटवल, २९ बैशाख प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी क्षेत्रको समग्र विकासमा संघीय सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्। २५६९औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस मूल समारोहलाई लुम्बिनीस्थित अन्तर्राष्ट्रिय बौद्ध सभा हलमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लुम्बिनीलाई ‘विश्व शान्तिको केन्द्र’ र ‘ध्यान साधनाको थलो’को रूपमा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्नेु पर्ने बताएका छन । समारोहमा प्रधानमन्त्री ओलीले बृहत्तर लुम्बिनी क्षेत्रको गुरुयोजना निर्माण सम्पन्न भइसकेको जानकारी दिँदै यसको कार्यान्वयनमा सरकार दृढ रहेको बताए। “लुम्बिनी केवल एक धार्मिक स्थल मात्र होइन, यो शान्ति, करुणा र मानवताको प्रतीक हो। यसलाई विश्व बौद्ध तीर्थ केन्द्र बनाउने हाम्रो दायित्व हो,” प्रधानमन्त्री ओलीले भने। प्रधानमन्त्री ओलीले गौतम…

Read More

मोनिषा बस्नेत बुटवल, २८ बैशाख । लुुम्बिनीलाई चिटिक्क सिंगारेर लुम्बिनीमा २५६९ औं बुद्धजयन्ती भब्य रुपमा मनाउन शुरु गरिएको छ । लुम्बिनी विकास कोषले जानकारी गराए अनुसार वैशाख २८ देखि ३० गतेसम्म विभिन्न कार्यक्रम गरिरहेको छ । पूर्व निर्धारित कार्यक्रम अनुसार आईतबार कुदान कपिलबस्तुमा बुद्ध झाँकी प्रर्दशन, रामग्राम नवलपरासी पण्डितपुरमा खेलकुद तथा सभालगायतका कार्यक्रम गरिएको छ । मायादेवी मन्दिर परिसरमा अहोरात्र महापरित्राण पाठ पनि सुरु गरिएको छ । सोमबार बिहान ६ बजेदेखि भिक्षु–भिक्षुणी, लामा गूरुहरु तथा उपासक उपासिकाहरुको सहभागितामा प्रार्थना सभा, शोभायात्रा तथा मूल समारोह गरिनेछ । लुम्बिनीसंगै बुद्धसंग सम्बन्धित कपिलबस्तु र नवलपरासीमा विभिन्न कार्यक्रम आयोजना गरिएको हो । लुम्बिनी विकास…

Read More

मोनिषा बस्नेत बुटवल, २७ बैशाख । लुम्बिनीमा यसपटक तीन दिवसीय कार्यक्रम गरेर २५६९ औं बुद्धजयन्ती मनाईने भएको छ । यसको तयारीबारे शनिबार लुम्बिनी विकास कोषले पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ । कोषले जानकारी गराए अनुसार वैशाख २८ देखि ३० गतेसम्म विभिन्न कार्यक्रम गरी बुद्धजयन्ती मनाइने कोषले जानकारी गराएको छ । वैशाख २८ गते साँझ मायादेवी मन्दिर परिसरमा अहोरात्र महापरित्राण पाठ हुनेछ भने वैशाख २९ गते बिहान ६ बजेदेखि भिक्षु–भिक्षुणी, लामा गूरुहरु तथा उपासक उपासिकाहरुको सहभागितामा प्रार्थना सभा, बिहान ७ः३० बजे शोभायात्रा हुनेछ । पत्रकार सम्मेलनमा बोल्दै कोषका उपाध्यक्ष डा. ल्यारक्याल लामाले बुद्धजयन्ती भव्य बनाउन सस्कृति, पर्यटन तथा नागरिक उड्यन…

Read More