Close Menu
Milapatra Khabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ३ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १४ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Facebook X (Twitter) Instagram
    Facebook Instagram YouTube
    Milapatra KhabarMilapatra Khabar
    Subscribe
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ/शेयर
    • खेलकुद
    • जीवनशैली
    • बिजनेस
    • मनोरञ्जन
    • अन्तरबार्ता
    • विचार
    Milapatra Khabar
    Home»breaking news»कर्णालीमा माओवादीको जनसंवाद
    breaking news

    कर्णालीमा माओवादीको जनसंवाद

    मिलापत्रमिलापत्र१२ महिना अगाडि7 Views

    दैलेख, ४ जेठ ।
    नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सञ्चालित मध्यपहाडी लोकमार्ग केन्द्रित माओवादी केन्द्रको जनअभियान कर्णाली प्रदेशमा प्रवेश गरेको छ । प्रवेशसँगै पहिलो कार्यक्रमका रूपमा सुर्खेतको राकम कर्णालीमा जनसंवाद सम्पन्न भएको छ ।
    सुदूरपश्चिमको बैतडी पाटनबाट सुरु गरिएको अभियान अछाम हुँदै दैलेखको कर्णाली पुल पार गरी राकम कर्णालीमा प्रवेश गरेको हो ।
    राकममा सम्पन्न जनसंवाद कार्यक्रममा अध्यक्ष प्रचण्डले जनतासँगको सम्बन्ध सुदृढ गर्न, सुशासन प्रवद्र्धन गर्न र भ्रष्टाचारविरुद्ध आवश्यकता परे नयाँ आन्दोलनको वातावरण बनाउन पनि यो अभियान गरिएको बताए ।
    प्रचण्डले भने, ‘मध्यपहाडी क्षेत्रमा विकासबाट पछाडि परेका जनतालाई समेटेर समृद्धिको बाटो खोल्ने उद्देश्यले माओवादी केन्द्रले यो अभियान अघि सारेको हो । मध्यपहाडी लोकमार्ग केवल सडक सञ्जाल होइन, यो अभियान सामाजिक रूपान्तरणको अभियानसंग जोडिएको छ ।’
    सरकारमा हुँदा माओवादी केन्द्रले सामाजिक न्याय र सुशासनका लागि भ्रष्टाचारविरुद्ध दृढताका साथ संघर्ष गरेको र अहिलेको अभियान त्यसै राजनीतिक संघर्षको निरन्तरता भएको उनले बताए ।
    यो अभियान जनताको प्रत्यक्ष सहभागिता र भावनालाई आधार मानेर अघि बढाइएको उहाँले बताउनुभयो । गरिब, किसान, मजदुर, उत्पीडित समुदाय, सहिद परिवार, बेपत्ता व्यक्तिका आफन्त, जनयुद्धका घाइते तथा अपांग नागरिकहरूसँग भेटघाट गर्दै अभियान अगाडि बढाइएको छ उनले भने ।
    कृषकहरूको मल र बीउको समस्या कसरी समाधान गर्ने, स्थानीय तहबाट समाजवाद निर्माणको पहल कसरी लिने, र स्थानीय अर्थतन्त्र कसरी मजबुत बनाउने भन्ने विषयमा माओवादी केन्द्रले नेतृत्व गरेका स्थानीय सरकारहरूलाई नीतिगत रूपमा काम गर्न निर्देशन दिइसकेको जानकारी दिँदै स्थानीयतालाई सरक्षण र प्रवद्र्वन गर्दै जनताको पक्षमा काम गर्ने पार्टी माओवादी केन्द्र नै रहेको उनले बताए । यो अभियानमा साथ दिन अपिल समेत गरे ।

    Related Posts

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ३ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १४ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Leave A Reply Cancel Reply

    Top Posts

    पाल्पाको तिनाउमा छात्राबासमै जन्मियो बच्चा

    २ महिना अगाडि745 Views

    ३५ बर्षमै छाेरो मन्त्री हुँदा लम्साल परिवारमा खुसीयाली (भिडियोसहित)

    १ महिना अगाडि497 Views

    बुटवलकाे नविन स्कुलका विद्यार्थी सम्पर्कविहिन

    १२ महिना अगाडि393 Views

    पाल्पाको बल्ढेङगढीमा भिषण पहिरो

    १० महिना अगाडि244 Views
    Don't Miss

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    breaking news ३ घण्टा अगाडि

    दाङ, जेठ १ गते । लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि प्रदेशमा मन्त्रालयको सङ्ख्या आठ…

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १४ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि

    वैदेशिक राेजगारीमा ठगी गर्ने तीनजना पक्राउ

    २ दिन अगाडि
    हाम्रो बारेमा
    हाम्रो बारेमा

    Registration: 1697/076/77
    Address: Butwal-09, Rupandehi

    Facebook YouTube
    फल्लो अस

    Email Us: milapatrakhabar@gmail.com
    Contact: +977-9851161546

    हाम्रो टिम

    सञ्चालक:
    खिमनारायण पराजुली
    अनन्तराज पाण्डे
    रुद्र कार्की
    भुवन कार्की
    कृष्ण पाैडेल
    एस.डी. काेईराला
    दिल गुरुङ
    साेनु थापा

    सम्पादक : माेनिषा बस्नेत
    संवाददाता: नेत्र रुचाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 MIlapatrakhabar. Designed by Ignite Infosys Pvt Ltd.

    Type above and press Enter to search. Press Esc to cancel.