Author: मिलापत्र

काठमाडौँ, चैत २२ गते । सरकारले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले निर्णय सुनाउँदै भन्नुभयो, ‘चैत २३ गतेदेखि लागू हुनेगरी सरकारी कार्यालय र सम्पूर्ण शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने र ती कार्यालयको समय बिहान ९ देखि ५ बजे बनाउने निर्णय भएको छ ।’

Read More

काठमाडौँ, चैत २२ गते । सामुदायिक विद्यालयका विद्यार्थीले यस वर्ष पनि कक्षामा भर्ना भएकै दिन पाठ्यपुस्तक पाउने भएका छन् । पुस्तक छपाइको जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेड र निजी मुद्रण संस्थाले विद्यालय तहका लागि आवश्यक पर्ने पाठ्यपुस्तक छपाइ गरेर सम्बन्धित जिल्लामा पठाउन थालिसकेका छन् । अधिकांश जिल्लामा पुस्तक पुगिसकेको केहीमा पुग्ने क्रममा रहेको छ । चैतको अन्तिम सातासम्म पुस्तक सबै जिल्लामा पुगिसक्ने जनक शिक्षाले जनाएको छ । यस पटक सरकारले कक्षा ३ र ५ देखि १० सम्मका विद्यार्थीका लागि आवश्यक पर्ने पाठ्यपुस्तक छपाइको जिम्मेवारी जनक शिक्षालाई दिएको छ । कक्षा १, ३ र ४ का विद्यार्थीका लागि आवश्यक पर्ने…

Read More

बुटवल, २० चैत । संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रालय मातहका सबै निकायलाई सुशासनको पक्षमा दृढ भएर काम गर्न निर्देशन गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालको निर्देशनमा शुक्रबार मन्त्रालयले एक बिज्ञप्ति जारी गरेर मन्त्रालय मातहतका सबै निकायलाई सेवाग्राहीप्रति निष्ठावान भएर काम गर्न तथा ढिलासुस्ती, अनिमितता वा कुनै बिचौलियाको प्रभावमा नपरी काम गर्न निर्देशन गरिएको हो । सबै मातहतका निकायमा सेवाग्राहीलाई सरल, सहज रुपमा सेवा दिन र झन्झट तथा कुनै बिचौलियाबाट शुल्क असुली नगर्न, नगराउन पनि प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । मन्त्री लम्सालले यसअघि पनि निर्माण ब्यवसायीसंग छलफल गरेर भौतिक निर्माणको काम गर्दा कुनै…

Read More

काठमाडौँ, चैत २० गते । सरकारले मुलुकमा भ्रष्टाचार र अनियमितता नियन्त्रण गरी सुशासनको प्रत्याभूति गराउन कडा निर्देशन जारी गरेको छ । त्यसका लागि सरकारले सार्वजनिक निकायमा हुने भ्रष्टाचार र अनियमितता रोक्न नयाँ नीति अख्तियार गर्दै सम्बन्धित कार्यालय प्रमुखलाई नै जिम्मेवार बनाउने निर्णय गरेको हो । मुख्य सचिव सुमनराज अर्यालले बिहीबार सबै मन्त्रालय, आयोग र सरकारी कार्यालयलाई भ्रष्टाचारजन्य कार्यलाई प्रभावकारी रूपमा नियन्त्रण गर्ने सम्बन्धमा यस्तो परिपत्र जारी भएको जानकारी दिनुभयो । मुख्य सचिव अर्यालद्वारा जारी निर्देशनमा सरकारी कार्यालय र कर्मचारीलाई दक्ष, व्यावसायिक र सदाचारयुक्त बनाई जनविश्वास आर्जन गर्न निर्देशन गरिएको छ । “सरकारी निकायमा कुनै किसिमको अनियमितता वा भ्रष्टाचारजन्य कार्य भएको पाइएमा निकाय/कार्यालय प्रमुखलाई नै प्रारम्भिक…

Read More

काठमाडौं, चैत १९ गते । काठमाडौँ महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा २०८३ वैशाख १ गतेदेखि रात्रिकालीन सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ । ललितपुरको लगनखेल, पाटन अस्पताल, अल्का, नर्भिक, प्रसूति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ् अस्पताल, गंगालाल हृदय केन्द्र हुँदै बूढानीलकण्ठसम्म एउटा रुट हुनेछ । उत्तर दक्षिणको यो १६ किलोमिटरको एकतर्फी रुट हो । थानकोटदेखि सतुंगल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन, तीनकुने हुँदै अन्तरराष्ट्रिय विमानस्थलसम्म पूर्व पश्चिम दिशाको एकतर्फी दुरी २० किलोमिटरको हो । यी दुई रुटमा ४ वटा रात्रिकालीन विद्युतीय बस सञ्चालन हुनेछन् । ‘बेलुका ८ बजेपछि सार्वजनिक यातायात सञ्चालन नहुँदा महँगो यात्रा गर्नुपर्ने विद्यमान…

Read More

भुवन कार्की रुपन्देही, १८ चैत । रुपन्देहीको तिलोत्तमा नगरपालिकाभित्र रहेका पर्यटकीय ठाउँहरुलाई नगरपालिकाले थप ब्यवस्थित बनाउँदै लगेको छ । नगरभित्रका पर्यटकीय स्थलहरुको स्तरवृद्धिसंगै आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा पनि वृद्धि हुँदै गएको छ । तिलोत्तमाका प्रमुख पर्यटकीय स्थलहरु निम्न छन् ः वनवाटिका तिलोत्तमाको वडा नं. २ शंकरनगरमा रहेको शंकरनगर बन बिहार तथा अनुसन्धान केन्द्र (वनबाटिका) यहाँको प्रमुुख पर्यटकीय स्थल हो । बुटवल तथा भैरहवाबाट सहजै पुग्न सकिने यो अनुसन्धान केन्द्र बन र बगैचाले भरिएको छ । विभिन्न प्रजातिका रुख बिरुवा रहेको यहाँ सानो चिडियाखाना समेत रहेको छ । यो चिडियाखानामा हरिण, अजिंगर, बाँदर, मयुर, खरायो, जनावर तथा विभिन्न प्रजातिका चराहरु…

Read More

काठमाडौं, १६ चैत  । नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले निर्माण व्यवसायीहरूसँगको भेटमा कुनै पनि आयोजनामा सरकारी कर्मचारीले अतिरिक्त शुल्क (कमिसन) मागेमा सीधै आफूलाई जानकारी गराउन आग्रह गर्नुभएको छ । नेपाल निर्माण व्यवसायी महासंघले आइतबार सबै सदस्यहरूलाई सर्कुलर गर्दै मन्त्रीसँग भएको सहमतिबारे निर्देशनात्मक परिपत्र गरेको छ । मन्त्री लम्साल र महासंघका अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलबीच पूर्वाधार विकासमा हुने अनियमितता र गुणस्तरीय निर्माण कार्यमा हुने अवरोधका विषयमा छलफल भएको बताइएको छ । निर्माण व्यवसायीहरूले काम गरेको रकम भुक्तानी पाउन समस्या हुने गरेको र आफूहरू बैंकको कालोसूचीमा पर्ने गरेको गुनासो गरेका थिए । उनीहरूले काम गरेको रकम भुक्तानी गराउन पनि…

Read More

पाल्पा, १५ चैत । पाल्पाको तिनाउ गाउँपालिका वडा नं. ३ स्थित तिलोत्तममा माविमा कक्षा ११ मा अध्ययनरत एक छात्राले बच्चा जन्माएकी छन् । विद्यालयकै छात्राबासमा बस्ने गरेकी ती अविवाहित छात्राले बच्चा जन्माएपछि उनलाई बुवाआमाको जिम्मा लगाइएको विद्यालयका प्रधानाध्यापक झपेन्द्र ज्ञवालीले पुष्टि गरेका छन् । ती छात्रा तिनाउ गाउँपालिका वडा नं. ५ कोलडांडा घर भएकी विद्यार्थी हुन् । छात्राबासमै सुत्केरी ब्यथा लाएपछि उनलाई अस्पताल पठाइएको थियो ।उनको नाम भने यहाँ गोप्य राखिएको छ । स्मरण रहोस् तिनाउ गाउँपालिका वालमैत्री कार्यक्रम चलाई रहेको एक पालिका हो ।

Read More

बुटवल, १५ चैत । नेपाल सरकार,मन्त्रिपरिषद्को मिति २०८२ चैत्र १३ को बैठकबाट स्वीकृत शासकीय सुधार सम्बन्धी १०० कार्यसूची यी हुन् । 1. निर्वाचन सफल बनाउन सहयोग गर्ने सबैलाई। 2. सरकारलाई परिणाममुखी र जवाफदेही बनाइने। 3. सबै दलका प्रतिबद्धता मिलाएर राष्ट्रिय प्रतिबद्धता बनाइने। 4. संविधान संशोधनका लागि राष्ट्रिय सहमति खोजिने। 5. दलित तथा वञ्चित समुदायप्रति औपचारिक माफी मागिने। 6. Gen Z आन्दोलन पीडितलाई राहत र पुनःस्थापना गरिने। 7. घटनाको छानबिन गर्न उच्चस्तरीय समिति गठन गरिने। 8. आयोगका प्रतिवेदन कार्यान्वयन गरिने। 9. मन्त्रालय संख्या घटाएर १७ बनाइने। 10. सेवा प्रवाह सरल र छिटो बनाइने। 11. अनावश्यक संस्था हटाइने वा पुनर्संरचना गरिने। 12.…

Read More

भुवन कार्की बुटवल, १३ चैत । रुपन्देही  क्षेत्र नं. १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा सांसद   सुनील लम्साल  भाैतिक पुर्वाधार मन्त्री बन्नुभएकाेे छ । स्याङ्जाको विरुवामा वि.सं. २०४७ सालमा जन्मनुभएका लम्साल हाल रुपन्देहीको भलवारी निवासी हुनुहुन्छ । पार्टीको महामन्त्री  समेत रहनुभका लम्सााल ईन्जिनीयर पनि हुनुहुन्छ । लुम्बिनी ईन्जिनियरिङ कलेज तिलोत्तमामा स्ववियु सभापति समेत बन्नुभएका लम्सालले सिभिल इन्जिनियरिङ (स्नातक), स्ट्रक्चरल इन्जिनियरिङ (स्नातकोत्तर) तहसम्मको अध्ययन गर्नुभएको छ । काठमाण्डौं महानगरपालिकाका पुर्व  मेयर तथा अहिलेका प्रधानमन्त्री बालेन्द्र शाहको पूर्वाधार सल्लाहकार समेत रहेर काम गर्नुभएका ३५ बर्षीय सुनीलले रुपन्देही क्षेत्र नं. १ मा नयाँ रेकर्ड सहित कलिलाे उमेरमै मन्त्री बन्नुभएकाे छ । यस्तो…

Read More