Close Menu
Milapatra Khabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ३ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १४ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Facebook X (Twitter) Instagram
    Facebook Instagram YouTube
    Milapatra KhabarMilapatra Khabar
    Subscribe
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ/शेयर
    • खेलकुद
    • जीवनशैली
    • बिजनेस
    • मनोरञ्जन
    • अन्तरबार्ता
    • विचार
    Milapatra Khabar
    Home»breaking news»यसपटक समयमै विद्यार्थीले पाउनेछन् पाठ्यपुस्तक
    breaking news

    यसपटक समयमै विद्यार्थीले पाउनेछन् पाठ्यपुस्तक

    मिलापत्रमिलापत्र१ महिना अगाडि10 Views

    काठमाडौँ, चैत २२ गते । सामुदायिक विद्यालयका विद्यार्थीले यस वर्ष पनि कक्षामा भर्ना भएकै दिन पाठ्यपुस्तक पाउने भएका छन् । पुस्तक छपाइको जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेड र निजी मुद्रण संस्थाले विद्यालय तहका लागि आवश्यक पर्ने पाठ्यपुस्तक छपाइ गरेर सम्बन्धित जिल्लामा पठाउन थालिसकेका छन् । अधिकांश जिल्लामा पुस्तक पुगिसकेको केहीमा पुग्ने क्रममा रहेको छ । चैतको अन्तिम सातासम्म पुस्तक सबै जिल्लामा पुगिसक्ने जनक शिक्षाले जनाएको छ ।

    यस पटक सरकारले कक्षा ३ र ५ देखि १० सम्मका विद्यार्थीका लागि आवश्यक पर्ने पाठ्यपुस्तक छपाइको जिम्मेवारी जनक शिक्षालाई दिएको छ । कक्षा १, ३ र ४ का विद्यार्थीका लागि आवश्यक पर्ने पुस्तक छपाइको जिम्मेवारी निजी मुद्रण संस्थालाई दिइएको छ । सरकारी तथ्याङ्क अनुसार जनक शिक्षाले एक करोड ७० लाख थान पाठ्यपुस्तक छपाइ गर्नुपर्ने हुन्छ । निजी मुद्रण संस्थाले भने ६० लाख थान पुस्तक छपाइ गर्नुपर्ने हुन्छ । दुवै निकायले आफ्नो जिम्मेवारीमा रहेको पुस्तक छापेर ढुवानीसमेत सुरु गरिसकेका छन् । जनक शिक्षाले पुस्तक छापेर चैत १६ गतेबाट ढुवानीसमेत सुरु गरिसकेको छ ।

    केन्द्रका प्रबन्ध सञ्चालक यदुनाथ पौडेलका अनुसार सानोठिमीस्थित केन्द्रीय कार्यालयसहित उपत्यकाबाहिरका आठसमेत गरेर नौ स्थानबाट पुस्तक बिक्री भइरहेको छ । मुलुकभरका एक हजार २५८ वटा अधिकृत विक्रेताले आफूलाई पायक पर्ने बिक्री केन्द्रबाट पुस्तक लगेको पौडेलले जानकारी दिनुभयो । विक्रेतालाई सहज होस् भनेर शनिबार पनि सानोठिमीस्थित कार्यालयबाट पुस्तक बिक्री खुला राखिएको पौडेलले जानकारी दिनुभयो ।

    उहाँका अनुसार केन्द्रीय कार्यालयमा केही थान मात्रै पुस्तक बाँकी छ । जुन पुस्तक पनि ढुवानीको अन्तिम चरणमा छ । निजी मुद्रण संस्थाका

    अधिकारीसँग पनि जनक शिक्षाले नै बैठक राखेर सँगसँगै पुस्तक ढुवानी गरिरहेको छ । प्रबन्ध सञ्चालक पौडेलले भन्नुभयो, “केही दिनअघि निजी मुद्रण संस्थाका सञ्चालकसँग पनि बैठक गरेर पुस्तक ढुवानी सँगसँगै गरौँ भनेको थिएँ । सोही अनुसार उहाँहरूले पनि आफ्नै तरिकाबाट पुस्तक ढुवानी गरिरहनुभएको छ ।”

    जनक शिक्षाले पुस्तक विक्रेतालाई सुगम र दुर्गम जिल्ला अनुसार न्यूनतम नौ प्रतिशतदेखि ४५ प्रतिशतसम्म कमिसन दिने गर्दछ । पुस्तक छपाइ र वितरणको विषयमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले शुक्रबार जनक शिक्षा पुगेर जानकारी लिनुभएको थियो ।

    सो अवसरमा उहाँले विद्यार्थीले भर्ना भएको दिन पाठ्यपुस्तक पाउने गरी कामलाई तीव्रता दिन जनक शिक्षाका अधिकारीलाई निर्देशन दिनुभएको थियो । केही वर्षसम्म विद्यालय तहमा पाठ्यपुस्तक अभावको ठुलो समस्या रहने गरेकामा पछिल्ला केही वर्षदेखि भने सहज हुँदै गएको छ । विगतमा टेन्डर, कागज खरिद, छापाखाना छनोट, वितरण, ढुवानी जस्ता प्रक्रियामा चलखेल हुँदा पुस्तक छपाइदेखि वितरणसम्ममा समस्या आउने गरेको थियो । अहिले यस्ता समस्याको करिब अन्त्य भएको छ ।

    Related Posts

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ३ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १४ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Leave A Reply Cancel Reply

    Top Posts

    पाल्पाको तिनाउमा छात्राबासमै जन्मियो बच्चा

    २ महिना अगाडि745 Views

    ३५ बर्षमै छाेरो मन्त्री हुँदा लम्साल परिवारमा खुसीयाली (भिडियोसहित)

    १ महिना अगाडि497 Views

    बुटवलकाे नविन स्कुलका विद्यार्थी सम्पर्कविहिन

    १२ महिना अगाडि393 Views

    पाल्पाको बल्ढेङगढीमा भिषण पहिरो

    १० महिना अगाडि244 Views
    Don't Miss

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    breaking news ३ घण्टा अगाडि

    दाङ, जेठ १ गते । लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि प्रदेशमा मन्त्रालयको सङ्ख्या आठ…

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १४ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि

    वैदेशिक राेजगारीमा ठगी गर्ने तीनजना पक्राउ

    २ दिन अगाडि
    हाम्रो बारेमा
    हाम्रो बारेमा

    Registration: 1697/076/77
    Address: Butwal-09, Rupandehi

    Facebook YouTube
    फल्लो अस

    Email Us: milapatrakhabar@gmail.com
    Contact: +977-9851161546

    हाम्रो टिम

    सञ्चालक:
    खिमनारायण पराजुली
    अनन्तराज पाण्डे
    रुद्र कार्की
    भुवन कार्की
    कृष्ण पाैडेल
    एस.डी. काेईराला
    दिल गुरुङ
    साेनु थापा

    सम्पादक : माेनिषा बस्नेत
    संवाददाता: नेत्र रुचाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 MIlapatrakhabar. Designed by Ignite Infosys Pvt Ltd.

    Type above and press Enter to search. Press Esc to cancel.