Close Menu
Milapatra Khabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ३ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १४ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Facebook X (Twitter) Instagram
    Facebook Instagram YouTube
    Milapatra KhabarMilapatra Khabar
    Subscribe
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ/शेयर
    • खेलकुद
    • जीवनशैली
    • बिजनेस
    • मनोरञ्जन
    • अन्तरबार्ता
    • विचार
    Milapatra Khabar
    Home»breaking news»काे हुन् रुपन्देहीका भाैतिक पूर्वाधार मन्त्री लम्साल ?
    breaking news

    काे हुन् रुपन्देहीका भाैतिक पूर्वाधार मन्त्री लम्साल ?

    मिलापत्रमिलापत्र२ महिना अगाडिUpdated:२ महिना अगाडि45 Views

    भुवन कार्की
    बुटवल, १३ चैत । रुपन्देही  क्षेत्र नं. १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा सांसद   सुनील लम्साल  भाैतिक पुर्वाधार मन्त्री बन्नुभएकाेे छ । स्याङ्जाको विरुवामा वि.सं. २०४७ सालमा जन्मनुभएका लम्साल हाल रुपन्देहीको भलवारी निवासी हुनुहुन्छ । पार्टीको महामन्त्री  समेत रहनुभका लम्सााल ईन्जिनीयर पनि हुनुहुन्छ ।

    लुम्बिनी ईन्जिनियरिङ कलेज तिलोत्तमामा स्ववियु सभापति समेत बन्नुभएका लम्सालले सिभिल इन्जिनियरिङ (स्नातक), स्ट्रक्चरल इन्जिनियरिङ (स्नातकोत्तर) तहसम्मको अध्ययन गर्नुभएको छ । काठमाण्डौं महानगरपालिकाका पुर्व  मेयर तथा अहिलेका प्रधानमन्त्री बालेन्द्र शाहको पूर्वाधार सल्लाहकार समेत रहेर काम गर्नुभएका ३५ बर्षीय सुनीलले रुपन्देही क्षेत्र नं. १ मा नयाँ रेकर्ड सहित कलिलाे उमेरमै मन्त्री बन्नुभएकाे छ ।
    यस्तो थियाे उहाँको भिजन :
    १, कम्तीमा १५ मिनेटभित्र आपतकालीन स्वास्थ्य सेवा उपलब्ध हुने व्यवस्था ।
    २. कृषि नीति प्रभावकारी कार्यान्वयन तथा सिँचाइ व्यवस्थापनमा सुधार
    ३, नदी कटान रोकथाम ।
    ४, रोहिणी नदी करिडोर विकास, स्थानीय औद्योगिक करिडोरका रूपमा विस्तार ।
    ५, थारू, मगर र रोहिणी संस्कृतिलाई अर्थतन्त्रसँग जोड्ने कार्यक्रम ।
    ६, देवदहलाई लुम्बिनीसँग जोड्ने पर्यटन मार्ग विकास, युनेस्को विश्व सम्पदा सूचीमा समावेश गराउन पहल ।
    ७, सरकारी तथा सामुदायिक विद्यालयको विशेष प्राथमिकतासहित विकास, सीपमूलक शिक्षामा जोड ।
    ८, उपलब्ध खेल मैदानहरूको व्यवस्थित विकास ।
    ९, रोजगारी सिर्जनाका लागि रोजगार तथा स्वरोजगार कार्यक्रम सञ्चालन ।
    १०, मुस्लिम बस्ती व्यवस्थापनका लागि ‘स्मार्ट कोलोनी’ योजना कार्यान्वयन ।
    ११, भूमिहीन सुकुम्बासीलाई भूमि उपलब्ध गराउन विशेष पहल ।
    १२, विपद् व्यवस्थापन सुधारका लागि नयाँ योजना ।
    १३, क्षेत्रको मास्टर प्लान तयार गरी दिगो विकासको रोडम्याप निर्माण ।
    मन्त्री  लम्साल भाषण, नाराबाजी र भावनात्मक राजनीति भन्दा समस्या पहिचान–तात्कालिक समाधान–दीर्घकालीन प्रणाली सुधारमा विश्वास गर्ने कामकाजी नेताको रुपमा छवि बनाउनुभएको छ । संरचनात्मक इन्जिनियरका रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका ठूला पूर्वाधार परियोजनामा काम गरिसक्नुभएका लम्साल काठमाडौँ महानगरपालिकामा पुर्व मेयर शाहसँग पूर्वाधार सल्लाहकारका रूपमा काम गर्दा नीति निर्माणदेखि कार्यान्वयनसम्मको सम्पूर्ण प्रक्रियामा प्रत्यक्ष संलग्न रहुनभएको थियाे ।
    काठमाडौँ महानगरमा काम गर्दा उहाँले फोहोर व्यवस्थापन, सार्वजनिक सम्पत्ति संरक्षण र शहरी अनुशासनलाई लोकप्रियता कमाउने मुद्दा नभई राज्य सञ्चालनको आधारभूत कर्तव्यका रूपमा लिएर काम गरेको बताउनुहुन्छ । फोहोर व्यवस्थापनलाई वैज्ञानिक, वातावरणीय र मानव अधिकारसँग सन्तुलन मिलाएर दीर्घकालीन समाधान खोज्नुपर्ने विषय ठानेर उहाँ हाल उहाँ वेष्ट म्यानेजमेन्टमा पीचएडी अध्ययनरत हुनुहुन्छ ।
    सानो उमेरमै २०६२÷६३ को जनआन्दोलनमा सक्रिय सहभागिता जनाउनुभएका लम्साल लोकतान्त्रिक आन्दोलनबाट प्राप्त उपलब्धिहरूको संरक्षण गर्दै जेन्जी आन्दोलनको ऊर्जा संस्थागत गर्ने धारणा राख्नुहुन्छ । “देश राज्यले होइन, नागरिकले बनाउँछन्।” भन्ने मान्यता उहाँको छ ।
    विद्यार्थी जीवनदेखि नै नेतृत्वमा सक्रिय लम्साल लुम्बिनी इन्जिनियरिङ कलेजको स्ववियु सभापति निर्वाचित भई विद्यार्थी हकहित, संस्थागत अनुशासन र पारदर्शी निर्णय प्रक्रियाको अभ्यास गरेका व्यक्ति हुनुहुन्छ । यही अनुभवले उहाँलाई संगठन, टिमवर्क र विकेन्द्रीकृत काम गर्ने संस्कृतिमा दृढ बनाएको छ ।
    उहाँको राजनीतिक शैली निडर, हक्की तर मर्यादित छ । उहाँ कसैलाई गाली गरेर होइन, नियम, तथ्य र नैतिक धरातलबाट काम गर्नुपर्छ भनी सुझाउनुहुन्छ । लम्साल संघीय लोकतान्त्रिक गणतन्त्रप्रति पूर्ण प्रतिबद्ध हुनुहुन्छ । सहकार्य र सहअस्तित्वमा आधारित समाज निर्माण, मानव अधिकारको संरक्षण र वातावरणीय सन्तुलनसहितको विकास उहाँको राजनीतिक आधार हो । उँहा हालको प्रणालीभित्रै रहेर क्षेत्रगत विज्ञता, स्थानीय ज्ञान र नागरिक सहभागितालाई समेट्दै सुधार सम्भव छ भन्ने मान्यता राख्नुहुन्छ ।
    खेलकुदप्रति विशेष लगाव राख्ने लम्साल अनुशासन, प्रतिस्पर्धा र टिम स्पिरिटलाई जीवन दर्शन मान्नुहुन्छ । यही सोचका साथ उहाँ रुपन्देही–१ बाट काम, सुशासन र नैतिक राजनीतिलाई राष्ट्रिय बहसमा लैजाने संकल्पसहित निर्वाचनमा होमिनुभएकाे थियाे ।

     

    Related Posts

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ३ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १४ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Leave A Reply Cancel Reply

    Top Posts

    पाल्पाको तिनाउमा छात्राबासमै जन्मियो बच्चा

    २ महिना अगाडि745 Views

    ३५ बर्षमै छाेरो मन्त्री हुँदा लम्साल परिवारमा खुसीयाली (भिडियोसहित)

    १ महिना अगाडि497 Views

    बुटवलकाे नविन स्कुलका विद्यार्थी सम्पर्कविहिन

    १२ महिना अगाडि393 Views

    पाल्पाको बल्ढेङगढीमा भिषण पहिरो

    १० महिना अगाडि244 Views
    Don't Miss

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    breaking news ३ घण्टा अगाडि

    दाङ, जेठ १ गते । लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि प्रदेशमा मन्त्रालयको सङ्ख्या आठ…

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १४ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि

    वैदेशिक राेजगारीमा ठगी गर्ने तीनजना पक्राउ

    २ दिन अगाडि
    हाम्रो बारेमा
    हाम्रो बारेमा

    Registration: 1697/076/77
    Address: Butwal-09, Rupandehi

    Facebook YouTube
    फल्लो अस

    Email Us: milapatrakhabar@gmail.com
    Contact: +977-9851161546

    हाम्रो टिम

    सञ्चालक:
    खिमनारायण पराजुली
    अनन्तराज पाण्डे
    रुद्र कार्की
    भुवन कार्की
    कृष्ण पाैडेल
    एस.डी. काेईराला
    दिल गुरुङ
    साेनु थापा

    सम्पादक : माेनिषा बस्नेत
    संवाददाता: नेत्र रुचाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 MIlapatrakhabar. Designed by Ignite Infosys Pvt Ltd.

    Type above and press Enter to search. Press Esc to cancel.