Close Menu
Milapatra Khabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    पेट्रोलियम उत्पादनकाे लागि सम्झाैताकाे गृहकार्य

    १ दिन अगाडि

    गुल्मीका दुई वडाअध्यक्ष पदमुक्त

    २ दिन अगाडि

    लुम्बिनी प्रदेशकाे नीति तथा कार्यक्रम पारित

    ३ दिन अगाडि
    Facebook X (Twitter) Instagram
    Facebook Instagram YouTube
    Milapatra KhabarMilapatra Khabar
    Subscribe
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ/शेयर
    • खेलकुद
    • जीवनशैली
    • बिजनेस
    • मनोरञ्जन
    • अन्तरबार्ता
    • विचार
    Milapatra Khabar
    Home»breaking news»यी हुन् तिलोत्तमाका मुख्य पर्यटकीय गन्तब्य
    breaking news

    यी हुन् तिलोत्तमाका मुख्य पर्यटकीय गन्तब्य

    मिलापत्रमिलापत्र२ महिना अगाडिUpdated:२ महिना अगाडि12 Views

    भुवन कार्की
    रुपन्देही, १८ चैत । रुपन्देहीको तिलोत्तमा नगरपालिकाभित्र रहेका पर्यटकीय ठाउँहरुलाई नगरपालिकाले थप ब्यवस्थित बनाउँदै लगेको छ । नगरभित्रका पर्यटकीय स्थलहरुको स्तरवृद्धिसंगै आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा पनि वृद्धि हुँदै गएको छ । तिलोत्तमाका प्रमुख पर्यटकीय स्थलहरु निम्न छन् ः
    वनवाटिका
    तिलोत्तमाको वडा नं. २ शंकरनगरमा रहेको शंकरनगर बन बिहार तथा अनुसन्धान केन्द्र (वनबाटिका) यहाँको प्रमुुख पर्यटकीय स्थल हो । बुटवल तथा भैरहवाबाट सहजै पुग्न सकिने यो अनुसन्धान केन्द्र बन र बगैचाले भरिएको छ । विभिन्न प्रजातिका रुख बिरुवा रहेको यहाँ सानो चिडियाखाना समेत रहेको छ । यो चिडियाखानामा हरिण, अजिंगर, बाँदर, मयुर, खरायो, जनावर तथा विभिन्न प्रजातिका चराहरु रहेका छन् ।
    बालबालिका लागि बाल उद्यान समेत रहेको यहाँ जैविक विविधता सम्बन्धी अध्ययन गर्न र शैक्षिक भ्रमणको लागि समेत विद्यार्थीहरु आउने गर्दछन् । बनभोज खानका लागि यहाँ आकर्षक सेडहरु निर्माण गरिएको छ, जहाँ जाडो सिजनमा बनभोज खानेको निकै भिड लाग्ने गर्दछ । विहान ७ देखि बेलुका ६ बजेसम्म खुल्ने यस बिहार प्रवेशमा २० देखि ५० रुपैयाँसम्म प्रवेश शुल्क राखिएको छ भने विद्यार्थीको लागि छुट समेत गरिने छ । वन विहारको समग्र विकासको लागि तिलोत्तमा नगरपालिकाले अघिल्ला आर्थिक वर्षदेखि हालसम्म करिव ७ करोड लगानी गरेको शंकरनगर बन बिहार तथा अनुसन्धान केन्द्र वनबाटिकाका अध्यक्ष खिमलाल पाण्डेले बताउनुभयो । यस बिहारमा बार्षिक साढे तीन लाख पर्यटक आउने गरेको पाण्डेले जानकरी दिनुभयो ।
    यसै वन विहारभित्र रहेको तिलोत्तमा भ्यू टावर पनि पर्यटकीय हिसावले आकर्षक मानिन्छ । यस टावरबाट वरिपरिको आकर्षक दृश्य देखिन्छ । टावरको कम्पाउण्डमा विभिन्न जिबजन्तुको आकार निर्माण गरिएको छ । बहुउदेश्यीय दश तले यो टावर नगरपालिककाको करिब १२ करोड लगानीमा निर्माण गरिएको छ । यो पूर्णतया संचालनमा आउन भने सकेको छैन ।
    अस्ट्रिच फर्म


    तिलोत्तमाको वडा नं. १७ मा रहेको अस्ट्रिच फर्म पनि एक आकर्षक गन्तब्यको रुपमा रहेको छ । संसारकै दुर्लभ र ठूलो चरा अस्ट्रिचलाई नजिकैबाट हेर्न पाइने यस फर्ममा सयौं अस्ट्रिच पालन गरिएको छ । विद्यार्थी तथा अनुसन्धानकर्ताको लागि भ्रमण गर्न उपयुक्त हुने यस फर्ममा बुटवल तथा भैरहवाबाट सजिलै पुग्न सकिन्छ । यहाँ अस्ट्रिचको छाला, मासु तथा अण्डा खरिद गर्न समेत सकिन्छ । सामान्यतया विहानैदेखि बेलुकासम्म खुल्ने यस फर्ममा रु. १०० प्रवेश शुल्क राखिएको छ । निजीस्तरबाट संचालन गरिएको यो फर्म हेर्न धेरै पर्यटकहरु आउने गरेका छन् ।
    कुन्जपार्क
    तिलोत्तमाको मध्यभागमा पर्ने मंगलापुरको नजिकै रहेको कुन्जपार्क पनि आन्तरिक पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । सुन्दर, शान्त र सफा रहेको यो ठाउँमा बगैचाहरु रहेका छन् । बीचभागमा रहेको पोखरीमा सानो खालका डुंगा समेत सयेर गर्ने गरिन्छ । सानो पार्क भएपनि ब्यवस्थित र शान्त वातावरण भएकाले मानिसहरु आनन्दले गफिन पनि यहाँ पुग्ने गरेको कुन्जपार्क रात्रीकालिन उद्यान समितिका अध्यक्ष लोक पुन बताउनुहुन्छ । यहाँ बनभोज खान जानेहरु पनि थुप्रै हुन्छन् । बनभोज खानका लागि विभिन्न खालका सेडहरु पनि निर्माण गरिएको छ । यहाँको स्थतरवृद्धि तथा हाल निर्माणाधिन म्युजिकल वाटर फोहरा निर्माणको लागि तिलोत्तमा नगरपालिकाले एक करोड २७ लाख सहयोग उपलब्ध गराएको पुनले जानकारी दिनुभयो ।
    वाटरपार्कहरु


    तिलोत्तममा क्षेत्रमा खासगरी निजी क्षेत्रबाट संचालित वाटरपार्कहरु पनि जलपर्यटनका हिसावले आकर्षक छन् । यस नगरभित्र रहेका बुटवल वाटरपार्क, लुम्बिनी वाटरपार्क, वाटर फनपार्क लगायतका वाटरपार्कहरुमा पनि पर्यटकहरुको चहलपहल देखिन्छ । खासगरी गर्मीयाममा धेरै भिडभाड हुने यी वाटरपार्कमा वाटर स्लाईडहरु, ठूला तथा सानालाई खेल्न मिल्ने छुट्टाछुट्टै स्वीमिङ पुलहरुको ब्यवस्था गरिएको छ भने खानपिनको लागि रेस्टुरेण्ट तथा रिसोर्टको समेत ब्यवस्था गरिएको छ । तिलोत्तमा क्षेत्रमा रहेका केही तारे होटल समेत पर्यटकका लागि उपयुक्त गन्तब्य हुन् ।
    धार्मिक स्थलरु


    तिलोत्तमा क्षेत्रमा रहेका धार्मिक स्थलहरु (भगवान शिव) निलकण्ठबाबा धाम, ऐतिहासिक पुरातात्विक कुवरवर्ती मन्दिर, शंकरनगर शिव मन्दिर, मणिग्राम हनुमान मन्दिर, रामजानकी मन्दिर, श्री शिद्धबाबा टेम्पल, दुर्गा मन्दिर, कृष्ण मन्दिर, बुद्ध बिहार, नन्देश्वर शिवालय मन्दिर लगायत रहेका छन् । यी ठाउँमा विभिन्न धार्मिक गतिविधिहरु चलिरहेका हुन्छन् । यी मन्दिरमा सानादेखि ठूला धार्मिक सप्ताहहरु समेत लाग्ने गर्दछन् ।
    तिलोत्तमा नगरपालिकाभित्र रहेका साना ठूला सबै पर्यटकीय स्थल तथा सामाजिक संघसंस्था, पार्क, मन्दिर लागयतका संरचनाको स्तरवृद्धिको लागि नगरपालिकाले आवश्यक सहयोग र समन्वय गरिहेको नगरप्रमुख रामकृष्ण खाँणले बताउनुभयो । यहाँका पर्यटकीय स्थलहरुमा पर्यटकको संख्या समेत बढ्दै गएको उहाँको भनाई छ ।

     

     

    Related Posts

    पेट्रोलियम उत्पादनकाे लागि सम्झाैताकाे गृहकार्य

    १ दिन अगाडि

    गुल्मीका दुई वडाअध्यक्ष पदमुक्त

    २ दिन अगाडि

    लुम्बिनी प्रदेशकाे नीति तथा कार्यक्रम पारित

    ३ दिन अगाडि
    Leave A Reply Cancel Reply

    Top Posts

    पाल्पाको तिनाउमा छात्राबासमै जन्मियो बच्चा

    २ महिना अगाडि745 Views

    ३५ बर्षमै छाेरो मन्त्री हुँदा लम्साल परिवारमा खुसीयाली (भिडियोसहित)

    २ महिना अगाडि498 Views

    बुटवलकाे नविन स्कुलका विद्यार्थी सम्पर्कविहिन

    १ वर्ष अगाडि394 Views

    पाल्पाको बल्ढेङगढीमा भिषण पहिरो

    १० महिना अगाडि244 Views
    Don't Miss

    पेट्रोलियम उत्पादनकाे लागि सम्झाैताकाे गृहकार्य

    breaking news १ दिन अगाडि

    काठमाडौँ, जेठ १६ गते । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य…

    गुल्मीका दुई वडाअध्यक्ष पदमुक्त

    २ दिन अगाडि

    लुम्बिनी प्रदेशकाे नीति तथा कार्यक्रम पारित

    ३ दिन अगाडि

    फलफूल खेती गर्न किसानलाई अनुदान

    ४ दिन अगाडि
    हाम्रो बारेमा
    हाम्रो बारेमा

    Registration: 1697/076/77
    Address: Butwal-09, Rupandehi

    Facebook YouTube
    फल्लो अस

    Email Us: milapatrakhabar@gmail.com
    Contact: +977-9851161546

    हाम्रो टिम

    सञ्चालक:
    खिमनारायण पराजुली
    अनन्तराज पाण्डे
    रुद्र कार्की
    भुवन कार्की
    कृष्ण पाैडेल
    एस.डी. काेईराला
    दिल गुरुङ
    साेनु थापा

    सम्पादक : माेनिषा बस्नेत
    संवाददाता: नेत्र रुचाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 MIlapatrakhabar. Designed by Ignite Infosys Pvt Ltd.

    Type above and press Enter to search. Press Esc to cancel.