Close Menu
Milapatra Khabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    फलफूल खेती गर्न किसानलाई अनुदान

    १७ घण्टा अगाडि

    लुम्बिनीमा गणतन्त्र दिवस मनाउने तयारी

    २ दिन अगाडि

    सिस्ने भिर सडक जेठ २५ सम्म बन्द

    ३ दिन अगाडि
    Facebook X (Twitter) Instagram
    Facebook Instagram YouTube
    Milapatra KhabarMilapatra Khabar
    Subscribe
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ/शेयर
    • खेलकुद
    • जीवनशैली
    • बिजनेस
    • मनोरञ्जन
    • अन्तरबार्ता
    • विचार
    Milapatra Khabar
    Home»breaking news»फलफूल खेती गर्न किसानलाई अनुदान
    breaking news

    फलफूल खेती गर्न किसानलाई अनुदान

    मिलापत्रमिलापत्र१७ घण्टा अगाडि13 Views

    तम्घास (गुल्मी), जेठ १३ गते । कालीगण्डकी गाउँपालिका ले बाँझो जग्गाको सदुपयोग गरी फलफूल खेती विस्तार गर्न कृषकलाई अनुदान दिने नीति ल्याएको छ ।

    गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाका अनुसार पछिल्लो समय उत्पादनयोग्य जमिन बाँझिँदै गएपछि त्यसको सदुपयोगका लागि यस्तो नीति लागू गरिएको हो । बाँझो जग्गामा फलफूलका बिरुवा रोप्न प्रति खाडल चार सय रुपैयाँ अनुदान तथा फलफूलका बिरुवा गाउँपालिकाले अनुदानस्वरूप उपलब्ध गराउने भएको छ ।

    अध्यक्ष थापाले जङ्गली जनावरका कारण खेतीयोग्य जमिन बाँझो हुँदै गएकाले त्यसको विकल्पका रूपमा फलफूल खेती प्रवर्द्धन गर्ने नीति लिइएको बताउनुभयो । “यसले बाँझो जमिनको सदुपयोग हुनुका साथै रोजगारी सिर्जनामा पनि टेवा पुग्छ,” उहाँले भन्नुभयो ।

    यस कार्यक्रमका लागि बजेट अभाव हुन नदिन गाउँपालिकाले एक करोड रुपैयाँसम्म व्यवस्थापन गरेको उहाँको भनाइ छ ।

    हाल कालीगण्डकीका कृषकहरूले बाँझो जग्गामा खाडल खन्ने काम तीव्र रूपमा गरिरहेको गाउँपालिकाको कृषि शाखाले जनाएको छ । पालिकाले खाडलको लम्बाइ, चौडाइ र गहिराइ एक–एक मिटर हुनुपर्ने मापदण्ड तय गरेको छ ।

    गाउँपालिकाले आफ्नै नर्सरीमा १५ हजार सुन्तलाका बिरुवा तयार गरेको छ भने कागती र एभोकाडोका बिरुवा खरिद गरी वितरण गर्ने योजना बनाएको जनाएको छ ।

    कालीगण्डकी गाउँपालिका–२ अर्वेनीका कृषक लक्ष्मीपति न्यौपानेले ६२ रोपनी बाँझो तथा जङ्गलले ढाकिएको जग्गा फाँडेर खाडल खन्ने काम गरिरहेको बताउनुभयो । उक्त जग्गामा एक हजार चार सय खाडल अट्ने अनुमान गरिएको उहाँको भनाइ छ ।

    उहाँको बगैँचामा हाल दुई हजार पाँच सय सुन्तलाका बिरुवा छन्, जसमध्ये करिब एक हजार छ सय बिरुवाले फल दिन थालेका छन् । गत वर्ष मात्रै किवी र सुन्तला बिक्रीबाट १५ लाख रुपियाँभन्दा बढी आम्दानी गरेको उहाँले बताउनुभयो ।

    जिल्लामा कुल एक हजार ७२ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको छ । त्यसमध्ये ६४३ हेक्टर क्षेत्रफलमा लगाइएका बिरुवाले उत्पादन दिन थालेका छन् ।

    Related Posts

    लुम्बिनीमा गणतन्त्र दिवस मनाउने तयारी

    २ दिन अगाडि

    सिस्ने भिर सडक जेठ २५ सम्म बन्द

    ३ दिन अगाडि

    सार्वजनिक सवारीमा यात्रुको लगेज ट्याग प्रणाली लागू गरिने

    ५ दिन अगाडि
    Leave A Reply Cancel Reply

    Top Posts

    पाल्पाको तिनाउमा छात्राबासमै जन्मियो बच्चा

    २ महिना अगाडि745 Views

    ३५ बर्षमै छाेरो मन्त्री हुँदा लम्साल परिवारमा खुसीयाली (भिडियोसहित)

    २ महिना अगाडि498 Views

    बुटवलकाे नविन स्कुलका विद्यार्थी सम्पर्कविहिन

    १२ महिना अगाडि393 Views

    पाल्पाको बल्ढेङगढीमा भिषण पहिरो

    १० महिना अगाडि244 Views
    Don't Miss

    फलफूल खेती गर्न किसानलाई अनुदान

    breaking news १७ घण्टा अगाडि

    तम्घास (गुल्मी), जेठ १३ गते । कालीगण्डकी गाउँपालिका ले बाँझो जग्गाको सदुपयोग गरी फलफूल खेती विस्तार…

    लुम्बिनीमा गणतन्त्र दिवस मनाउने तयारी

    २ दिन अगाडि

    सिस्ने भिर सडक जेठ २५ सम्म बन्द

    ३ दिन अगाडि

    सार्वजनिक सवारीमा यात्रुको लगेज ट्याग प्रणाली लागू गरिने

    ५ दिन अगाडि
    हाम्रो बारेमा
    हाम्रो बारेमा

    Registration: 1697/076/77
    Address: Butwal-09, Rupandehi

    Facebook YouTube
    फल्लो अस

    Email Us: milapatrakhabar@gmail.com
    Contact: +977-9851161546

    हाम्रो टिम

    सञ्चालक:
    खिमनारायण पराजुली
    अनन्तराज पाण्डे
    रुद्र कार्की
    भुवन कार्की
    कृष्ण पाैडेल
    एस.डी. काेईराला
    दिल गुरुङ
    साेनु थापा

    सम्पादक : माेनिषा बस्नेत
    संवाददाता: नेत्र रुचाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 MIlapatrakhabar. Designed by Ignite Infosys Pvt Ltd.

    Type above and press Enter to search. Press Esc to cancel.