Close Menu
Milapatra Khabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिस्ने भिर सडक जेठ २५ सम्म बन्द

    १८ घण्टा अगाडि

    सार्वजनिक सवारीमा यात्रुको लगेज ट्याग प्रणाली लागू गरिने

    ३ दिन अगाडि

    बाघको आहारा प्रजातिकाे गणना हुँदै

    ४ दिन अगाडि
    Facebook X (Twitter) Instagram
    Facebook Instagram YouTube
    Milapatra KhabarMilapatra Khabar
    Subscribe
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ/शेयर
    • खेलकुद
    • जीवनशैली
    • बिजनेस
    • मनोरञ्जन
    • अन्तरबार्ता
    • विचार
    Milapatra Khabar
    Home»breaking news»सिस्ने भिर सडक जेठ २५ सम्म बन्द
    breaking news

    सिस्ने भिर सडक जेठ २५ सम्म बन्द

    मिलापत्रमिलापत्र१८ घण्टा अगाडि6 Views

    गुल्मी, जेठ ११ गते। गुल्मी जिल्लास्थित रुद्रवेणी–वामीटक्सार–खर्वाङग सडकअन्तर्गत रहेको सिस्ने भीरको खण्ड पूर्णरुपमा जेठ २५ गतेसम्म बन्द हुने भएको छ।

    सडक डिभिजन पाल्पाको पत्रानुसार यस सडक खण्डमा स्तरोन्नतिका लागि काम भइरहेको हुँदा चौबीसै घण्टा सडक बन्द गर्नुपर्ने भएको हो।अत्यन्त संवेदनशील र साँघुरो स्थान सिस्ने भीरमा सडक स्तरोन्नतिको काम गर्नका लागि गत माघ २६ गतेदेखि सूचना प्रकाशित गरी यस खण्ड पूर्णरुपमा चौबीसै घण्टा बन्द गरिएको थियो।

    सडक चौडा गर्ने प्रयोजनका लागि कटिङ्ग कार्य गर्न विभिन्न समयमा सडक पूर्णरुपमा बन्द गरिएको सडक डिभिजन पाल्पाले जनाएको छ।राष्ट्रिय राजमार्ग अन्तर्गत पर्ने यस सडक खण्ड विस्तार तथा स्तरोन्नतिका लागि गत शुक्रबार जेठ ८ गतेदेखि सडक पूर्णरुपमा बन्द भएको छ।

    कटिङ्ग कार्य सम्पन्न गर्न थप केही दिन आवश्यक परेकाले यात्रुहरूको सुरक्षा र निर्माण कार्यलाई सहज बनाउन सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध रहने हुँदा यस सडक खण्डबाट चल्ने सवारी साधनले वैकल्पिक मार्गहरुको प्रयोग गर्न आग्रह गरिएको छ। जसका लागि जिल्ला प्रशासन कार्यालय गुल्मीलाई सहजीकरण गर्न आग्रह गरिएको छ।

    वैकल्पिक मार्गका रुपमा सोता–तल्लोरोड–रुपाकोट–दोकुवा–सालघारी–चोरकाटे र मजुवा–दम्का–रुपाकोट–म्यालपोखरी–चोरकाटे रहेका छन्।उक्त सडक स्तरोन्नतिका लागि श्रेष्ठ कन्स्ट्रक्सन सेवा, तम्घास, गुल्मीसँग ठेक्का सम्झौता भई काम अगाडि बढिरहेको छ।

    सडक बन्द रहने भएपछि डिभिजन कार्यालयले यस जिल्लाको मुसीकोट नगरपालिका, सत्यवती गाउँपालिका, जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मी र निर्माण व्यवसायीलाई बोधार्थसहित पत्र पठाउनुका साथै आवश्यक सहयोगका लागि आग्रह गरेको छ।

    Related Posts

    सार्वजनिक सवारीमा यात्रुको लगेज ट्याग प्रणाली लागू गरिने

    ३ दिन अगाडि

    बाघको आहारा प्रजातिकाे गणना हुँदै

    ४ दिन अगाडि

    उत्पादन, रोजगारी र पूर्वाधारमा केन्द्रित लुम्बिनीको बजेट

    ४ दिन अगाडि
    Leave A Reply Cancel Reply

    Top Posts

    पाल्पाको तिनाउमा छात्राबासमै जन्मियो बच्चा

    २ महिना अगाडि745 Views

    ३५ बर्षमै छाेरो मन्त्री हुँदा लम्साल परिवारमा खुसीयाली (भिडियोसहित)

    २ महिना अगाडि497 Views

    बुटवलकाे नविन स्कुलका विद्यार्थी सम्पर्कविहिन

    १२ महिना अगाडि393 Views

    पाल्पाको बल्ढेङगढीमा भिषण पहिरो

    १० महिना अगाडि244 Views
    Don't Miss

    सिस्ने भिर सडक जेठ २५ सम्म बन्द

    breaking news १८ घण्टा अगाडि

    गुल्मी, जेठ ११ गते। गुल्मी जिल्लास्थित रुद्रवेणी–वामीटक्सार–खर्वाङग सडकअन्तर्गत रहेको सिस्ने भीरको खण्ड पूर्णरुपमा जेठ २५ गतेसम्म…

    सार्वजनिक सवारीमा यात्रुको लगेज ट्याग प्रणाली लागू गरिने

    ३ दिन अगाडि

    बाघको आहारा प्रजातिकाे गणना हुँदै

    ४ दिन अगाडि

    उत्पादन, रोजगारी र पूर्वाधारमा केन्द्रित लुम्बिनीको बजेट

    ४ दिन अगाडि
    हाम्रो बारेमा
    हाम्रो बारेमा

    Registration: 1697/076/77
    Address: Butwal-09, Rupandehi

    Facebook YouTube
    फल्लो अस

    Email Us: milapatrakhabar@gmail.com
    Contact: +977-9851161546

    हाम्रो टिम

    सञ्चालक:
    खिमनारायण पराजुली
    अनन्तराज पाण्डे
    रुद्र कार्की
    भुवन कार्की
    कृष्ण पाैडेल
    एस.डी. काेईराला
    दिल गुरुङ
    साेनु थापा

    सम्पादक : माेनिषा बस्नेत
    संवाददाता: नेत्र रुचाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 MIlapatrakhabar. Designed by Ignite Infosys Pvt Ltd.

    Type above and press Enter to search. Press Esc to cancel.