Close Menu
Milapatra Khabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    उत्पादन, रोजगारी र पूर्वाधारमा केन्द्रित लुम्बिनीको बजेट

    ५ घण्टा अगाडि

    रास्वपामा सहमतिमै नेतृत्त्व चयनकाे गृहकार्य

    १४ घण्टा अगाडि

    पाल्पाका स्थानीय तहमा बेरुजु रकम घट्दै

    १ दिन अगाडि
    Facebook X (Twitter) Instagram
    Facebook Instagram YouTube
    Milapatra KhabarMilapatra Khabar
    Subscribe
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ/शेयर
    • खेलकुद
    • जीवनशैली
    • बिजनेस
    • मनोरञ्जन
    • अन्तरबार्ता
    • विचार
    Milapatra Khabar
    Home»breaking news»उत्पादन, रोजगारी र पूर्वाधारमा केन्द्रित लुम्बिनीको बजेट
    breaking news

    उत्पादन, रोजगारी र पूर्वाधारमा केन्द्रित लुम्बिनीको बजेट

    मिलापत्रमिलापत्र५ घण्टा अगाडि5 Views

    दाङ, ७ जेठ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३\८४ को बजेट उत्पादन, रोजगारी, पूर्वाधार विकास, सुशासन र सामाजिक न्यायमा केन्द्रित हुने बताएको छ । आर्थिक मामिला मन्त्री धनेन्द्र कार्की ले लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनको दोस्रो बैठकमा विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै सीमित स्रोत र बढ्दो दायित्वका बीच यथार्थपरक, कार्यान्वयनयोग्य र परिणाममुखी बजेट ल्याइने स्पष्ट पार्नुभएको हो ।
    उहाँले चालु खर्च नियन्त्रण गर्दै पूँजीगत खर्चको प्रभावकारिता बढाइने, सार्वजनिक खर्चमा मितव्ययिता अपनाइने तथा वित्तीय अनुशासन कायम गरिने बताउनुभयो । प्रदेश सरकारको दोस्रो आवधिक योजना, दिगो विकास लक्ष्य, संविधानको समाजवाद उन्मुख अवधारणा तथा‘समृद्ध लुम्बिनी: खुसी नागरिक’ को दीर्घकालीन सोचलाई बजेट निर्माणको मुख्य आधार बनाइएको उहाँले उल्लेख गर्नुभयो । मन्त्री कार्कीले कृषि, उद्योग, पर्यटन, ऊर्जा र पूर्वाधार विकासमार्फत उत्पादन तथा उत्पादकत्व वृद्धि गरी अर्थतन्त्रलाई चलायमान बनाइने बताउनुभयो । आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनमा योगदान गर्ने क्षेत्रलाई विशेष प्राथमिकता दिइने उहाँको भनाइ थियो । युवा लक्षित सीप विकास, स्टार्टअप, स्वरोजगार तथा नवप्रवर्तनमा आधारित कार्यक्रम सञ्चालन गरी प्रदेशभित्रै रोजगारी सिर्जना गरिने नीति सरकारले लिएको छ । उहाँले डिजिटल शासन प्रणाली विस्तार गर्दै सेवा प्रवाहलाई सरल, छिटो, पारदर्शी र नागरिकमैत्री बनाइने जानकारी दिनुभयो । राजस्व प्रशासन, सार्वजनिक खरिद, लेखा व्यवस्थापन तथा सेवा प्रवाहमा डिजिटल प्रणालीको प्रयोग बढाइने पनि उहाँले बताउनुभयो ।
    आयोजना छनोटमा रणनीतिक महत्व र उच्च प्रतिफललाई आधार बनाइने भन्दै मन्त्री कार्कीले बहुवर्षीय तथा अधुरा आयोजनालाई प्राथमिकतामा राखिने बताउनुभयो । न्यून प्रगति भएका आयोजना र कम प्रभावकारी कार्यक्रमको पुनरावलोकन गरिने उल्लेख गर्दै आयोजना बैंकमार्फत योजना छनोट तथा कार्यान्वयनलाई व्यवस्थित बनाइने उहाँले जानकारी दिनुभयो । भौतिक पूर्वाधारतर्फ प्रदेश सडक गुरुयोजनाअन्तर्गत सडक विस्तार, स्तरोन्नति तथा जोखिमयुक्त पुलको प्रतिस्थापन गरिने भएको छ । आर्थिक, औद्योगिक र पर्यटकीय सम्भावनाका आधारमा पहुँच मार्ग निर्माणलाई उच्च प्राथमिकता दिइने नीति सरकारले लिएको छ । कृषि क्षेत्रको आधुनिकीकरण, प्राङ्गारिक खेती, रैथाने बाली संरक्षण, सिँचाइ विस्तार तथा कृषि उत्पादनको ब्राण्डिङ र मूल्य शृङ्खला विकासमा बजेट केन्द्रित गरिने मन्त्री कार्कीले बताउनुभयो ।
    स्वास्थ्य क्षेत्रमा अस्पताल स्तरोन्नति, विशेषज्ञ सेवा विस्तार तथा क्यान्सर, मृगौला प्रत्यारोपण, मुटुको भल्भ फेर्ने लगायतका जटिल उपचारमा आर्थिक सहयोगलाई निरन्तरता दिइने भएको छ । कुपोषण न्यूनीकरण र मानसिक स्वास्थ्य प्रवद्र्धनका कार्यक्रमलाई पनि प्राथमिकतामा राखिएको छ । पर्यटनतर्फ बुद्ध जन्मस्थल लुम्बिनी लाई बुद्ध दर्शन तथा आरोग्य पर्यटन केन्द्रका रूपमा विकास गरिने नीति सरकारले अघि सारेको छ । धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा प्राकृतिक गन्तव्यको संरक्षण र प्रवद्र्धनमा जोड दिइने भएको छ । शिक्षा र खेलकुद क्षेत्रमा प्राविधिक शिक्षा, सूचना प्रविधिमैत्री शिक्षा, खेलकुद पूर्वाधार विकास तथा प्रतिभावान खेलाडी प्रोत्साहन कार्यक्रम सञ्चालन गरिने भएको छ । महिला, दलित, आदिवासी जनजाति, थारू, मधेसी, मुस्लिम, अपाङ्गता भएका व्यक्ति तथा सीमान्तकृत समुदायको सशक्तीकरणका कार्यक्रम सञ्चालन गरिने मन्त्री कार्कीले बताउनुभयो । प्रदेशलाई सडक मानवमुक्त बनाउने अभियानलाई पनि निरन्तरता दिइने भएको छ ।
    खानेपानी, सरसफाइ, भूमि व्यवस्थापन, युवा स्वरोजगार, सहकारी सुदृढीकरण, सिँचाइ, नवीकरणीय ऊर्जा, वन संरक्षण तथा विपद् व्यवस्थापनलाई पनि बजेटको प्राथमिकतामा राखिएको छ । मन्त्री कार्कीले कर प्रणालीलाई प्रविधिमैत्री, करदातामैत्री र प्रतिस्पर्धी बनाउँदै आन्तरिक राजस्व परिचालन सुदृढ गरिने बताउनुभयो । सार्वजनिक खर्चलाई पारदर्शी, नतिजामुखी र प्रभावकारी बनाउन अनुगमन तथा मूल्याङ्कन प्रणालीलाई थप मजबुत बनाइने उहाँले उल्लेख गर्नुभयो । उहाँले आगामी आर्थिक वर्षको बजेटले लुम्बिनी प्रदेशको आर्थिक स्थायित्व, विकास र सुशासनप्रतिको जनअपेक्षा पूरा गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
    बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले ‘महालेखा परीक्षकको पाँचौं वार्षिक प्रतिवेदन, २०७९’ सभामा पेश गर्नुभयाे भने प्रदेश सभा सदस्यहरुले समसामयिक विषयमा विशेष समयमा धारणा राख्नुभएको थियाे ।

    Related Posts

    रास्वपामा सहमतिमै नेतृत्त्व चयनकाे गृहकार्य

    १४ घण्टा अगाडि

    पाल्पाका स्थानीय तहमा बेरुजु रकम घट्दै

    १ दिन अगाडि

    पहाडमा वर्षा, तराईमा गर्मी बढ्ने

    ३ दिन अगाडि
    Leave A Reply Cancel Reply

    Top Posts

    पाल्पाको तिनाउमा छात्राबासमै जन्मियो बच्चा

    २ महिना अगाडि745 Views

    ३५ बर्षमै छाेरो मन्त्री हुँदा लम्साल परिवारमा खुसीयाली (भिडियोसहित)

    २ महिना अगाडि497 Views

    बुटवलकाे नविन स्कुलका विद्यार्थी सम्पर्कविहिन

    १२ महिना अगाडि393 Views

    पाल्पाको बल्ढेङगढीमा भिषण पहिरो

    १० महिना अगाडि244 Views
    Don't Miss

    उत्पादन, रोजगारी र पूर्वाधारमा केन्द्रित लुम्बिनीको बजेट

    breaking news ५ घण्टा अगाडि

    दाङ, ७ जेठ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३\८४ को बजेट उत्पादन, रोजगारी,…

    रास्वपामा सहमतिमै नेतृत्त्व चयनकाे गृहकार्य

    १४ घण्टा अगाडि

    पाल्पाका स्थानीय तहमा बेरुजु रकम घट्दै

    १ दिन अगाडि

    पहाडमा वर्षा, तराईमा गर्मी बढ्ने

    ३ दिन अगाडि
    हाम्रो बारेमा
    हाम्रो बारेमा

    Registration: 1697/076/77
    Address: Butwal-09, Rupandehi

    Facebook YouTube
    फल्लो अस

    Email Us: milapatrakhabar@gmail.com
    Contact: +977-9851161546

    हाम्रो टिम

    सञ्चालक:
    खिमनारायण पराजुली
    अनन्तराज पाण्डे
    रुद्र कार्की
    भुवन कार्की
    कृष्ण पाैडेल
    एस.डी. काेईराला
    दिल गुरुङ
    साेनु थापा

    सम्पादक : माेनिषा बस्नेत
    संवाददाता: नेत्र रुचाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 MIlapatrakhabar. Designed by Ignite Infosys Pvt Ltd.

    Type above and press Enter to search. Press Esc to cancel.