Close Menu
Milapatra Khabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    उत्पादन, रोजगारी र पूर्वाधारमा केन्द्रित लुम्बिनीको बजेट

    ५ घण्टा अगाडि

    रास्वपामा सहमतिमै नेतृत्त्व चयनकाे गृहकार्य

    १४ घण्टा अगाडि

    पाल्पाका स्थानीय तहमा बेरुजु रकम घट्दै

    १ दिन अगाडि
    Facebook X (Twitter) Instagram
    Facebook Instagram YouTube
    Milapatra KhabarMilapatra Khabar
    Subscribe
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ/शेयर
    • खेलकुद
    • जीवनशैली
    • बिजनेस
    • मनोरञ्जन
    • अन्तरबार्ता
    • विचार
    Milapatra Khabar
    Home»breaking news»रास्वपामा सहमतिमै नेतृत्त्व चयनकाे गृहकार्य
    breaking news

    रास्वपामा सहमतिमै नेतृत्त्व चयनकाे गृहकार्य

    मिलापत्रमिलापत्र१४ घण्टा अगाडि11 Views

    काठमाडौँ, जेठ ७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन नजिकिँदै जाँदा पार्टीभित्र समायोजन भएको समूहको प्रतिनिधित्व, नेतृत्व चयन र विधान संशोधनलाई लिएर पार्टीभित्रको राजनीतिक गतिविधि तीव्र बनेको छ ।

    विभिन्न समूहबाट पार्टीमा समाहित भएका नेताले महाधिवेशन सहमतिमै टुङ्ग्याउनुपर्ने धारणा अगाडि सारेका छन् । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको देश विकास पार्टी, विवेकशील साझा पार्टी, दलित अभियन्ता खगेन्द्र सुनार नेतृत्वको हाम्रो पार्टी नेपाल, थरुहट–थारुवान आन्दोलनसँग आबद्ध समूह तथा जेनजी अभियन्ताको समूहबिच निर्वाचनअघि रास्वपासँग पार्टी एकता भएको थियो । यी पार्टीले संयुक्त रूपमा निर्वाचनमा प्रतिनिधित्व पाएको र अहिले संसद्मा समेत सोही अनुरूपको उपस्थिति रहेकाले महाधिवेशनमा पनि समान सहभागिता सुनिश्चित गर्न सर्वसहमतिमै कार्यसमिति चयन हुन सक्ने आकलन गरिएको छ ।

    बुधबार सङ्घीय संसद् परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले पार्टी सभापतिमा रवि लामिछानेको विकल्प नभएको बताउनुभयो । रास्वपाभित्र विभिन्न राजनीतिक शक्ति समाहित भए पनि सबैको लक्ष्य राष्ट्रनिर्माणै रहेकाले गुट र उपगुटको कुनै सम्भावना नरहेको स्पष्ट पार्दै भन्नुभयो, “पार्टीको आगामी महाधिवेशनमार्फत सर्वसहमत नेतृत्व चयनको प्रयास हुन्छ ।”

    उहाँले रास्वपाले नयाँ नेतृत्व नखोजिएको बताउँदै महाधिवेशनले लोकतान्त्रिक प्रक्रियामार्फत सबै वैधानिक जिम्मेवारी टुङ्ग्याउने बताउनुभयो । रास्वपाले विधान संशोधन प्रक्रिया पनि अघि बढाएको छ । सहमहामन्त्री विपिन आचार्यको नेतृत्वमा गठन गरिएको कार्यदलले प्रदेशदेखि वडा तहसम्मबाट सुझाव सङ्कलन गरिरहेको जनाएको छ । सुझावका आधारमा संशोधन प्रस्ताव तयार गरी जेठ १० गतेभित्र पेस गरिने बताइएको छ ।

    यसैबिच पार्टीको निर्वाचन आयोगले महाधिवेशनको निर्वाचन मोडालिटी तयार पारिरहेको छ । केन्द्रीय समितिमा ५० प्रतिशत खुला र ५० प्रतिशत समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने विषयमा छलफल भइरहेको जनाइएको छ ।

    रास्वपाले महाधिवेशन तयारीका लागि देशभर नेतालाई जिम्मेवारीसमेत तोकेको छ । सांसद, पदाधिकारी र विभागीय प्रमुखलाई वडा, पालिका र जिल्ला अधिवेशन सम्पन्न गराउने जिम्मा दिइएको छ । पार्टीले पहिलो महाधिवेशन असार ७, ८ र ९ गते चितवनमा गर्ने निर्णय गरिसकेको छ । महाधिवेशन नजिकिँदै जाँदा नेतृत्व आकाङ्क्षीको सक्रियता बढ्न थालेको छ । यद्यपि शीर्षनेताको जोड भने नेतृत्व सहमतिमै चयन गर्ने प्रयास रहेको देखिन्छ ।

    रास्वपाका शीर्षनेताहरू सभापतिमा रवि लामिछाने र पार्टीको वरिष्ठ नेतामा प्रधानमन्त्री वालेन्द्र शाह नै निर्विकल्प देखिएको बताउँदै आउनुभएको छ । पार्टी उपसभापतिमा एक महिलासहित तीन जनामध्ये दुई जना नयाँ अनुहार आउने निश्चितै देखिन्छ । उपसभापति र महामन्त्री पदमा भने विभिन्न नेताबिच आकाङ्क्षा बढ्दै गएको देखिएको छ ।

    पार्टीको विधानमा रास्वपा केन्द्रीय समिति १२९ सदस्यीय हुने व्यवस्था छ । सभापतिसहित ९९ जना केन्द्रीय सदस्य महाधिवेशनबाट प्रत्यक्ष निर्वाचित हुने र २२ जना सभापतिले मनोनय गर्ने व्यवस्था छ । सातै प्रदेशका सभापति पदेन सदस्य रहने व्यवस्था पनि गरिएको छ । साथै केन्द्रीय समितिमा कम्तीमा एकतिहाइ महिला प्रतिनिधित्व अनिवार्य गरिएको छ ।

    विधान अनुसार पार्टी सभापतिमा उम्मेदवारी दिन यसअघि कम्तीमा एक पटक केन्द्रीय सदस्य भइसकेको र निर्वाचित हुन भने कुल मतको ५१ प्रतिशत मत ल्याउनुपर्ने प्रावधान छ । महाधिवेशन दुई चरणमा सञ्चालन हुने व्यवस्था गरिएको छ । पहिलो चरणमा पार्टी सभापति र केन्द्रीय सदस्यको निर्वाचन हुने छ भने दोस्रो चरणमा निर्वाचित केन्द्रीय सदस्यमध्येबाट पदाधिकारी चयन गरिने छ । पदाधिकारी चयनका लागि पनि महाधिवेशन प्रतिनिधि नै मतदाता रहने छन् । चुनाव भए सभापति पदमा प्रतिस्पर्धा गरी १० प्रतिशत मत कटाउने उम्मेदवार स्वतः केन्द्रीय सदस्य निर्वाचित हुने प्रावधान छ । हाल रास्वपामा एक सभापति, एक वरिष्ठ नेता, दुई उपसभापतिमध्ये एक पद रिक्त, दुई महामन्त्री, तीनमध्ये एक सहमहामन्त्री, एक कोषाध्यक्ष, एक सहकोषाध्यक्ष, एक प्रवक्ता तथा दुई सहप्रवक्ता पदाधिकारी रहेका छन् ।

    Related Posts

    उत्पादन, रोजगारी र पूर्वाधारमा केन्द्रित लुम्बिनीको बजेट

    ५ घण्टा अगाडि

    पाल्पाका स्थानीय तहमा बेरुजु रकम घट्दै

    १ दिन अगाडि

    पहाडमा वर्षा, तराईमा गर्मी बढ्ने

    ३ दिन अगाडि
    Leave A Reply Cancel Reply

    Top Posts

    पाल्पाको तिनाउमा छात्राबासमै जन्मियो बच्चा

    २ महिना अगाडि745 Views

    ३५ बर्षमै छाेरो मन्त्री हुँदा लम्साल परिवारमा खुसीयाली (भिडियोसहित)

    २ महिना अगाडि497 Views

    बुटवलकाे नविन स्कुलका विद्यार्थी सम्पर्कविहिन

    १२ महिना अगाडि393 Views

    पाल्पाको बल्ढेङगढीमा भिषण पहिरो

    १० महिना अगाडि244 Views
    Don't Miss

    उत्पादन, रोजगारी र पूर्वाधारमा केन्द्रित लुम्बिनीको बजेट

    breaking news ५ घण्टा अगाडि

    दाङ, ७ जेठ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३\८४ को बजेट उत्पादन, रोजगारी,…

    रास्वपामा सहमतिमै नेतृत्त्व चयनकाे गृहकार्य

    १४ घण्टा अगाडि

    पाल्पाका स्थानीय तहमा बेरुजु रकम घट्दै

    १ दिन अगाडि

    पहाडमा वर्षा, तराईमा गर्मी बढ्ने

    ३ दिन अगाडि
    हाम्रो बारेमा
    हाम्रो बारेमा

    Registration: 1697/076/77
    Address: Butwal-09, Rupandehi

    Facebook YouTube
    फल्लो अस

    Email Us: milapatrakhabar@gmail.com
    Contact: +977-9851161546

    हाम्रो टिम

    सञ्चालक:
    खिमनारायण पराजुली
    अनन्तराज पाण्डे
    रुद्र कार्की
    भुवन कार्की
    कृष्ण पाैडेल
    एस.डी. काेईराला
    दिल गुरुङ
    साेनु थापा

    सम्पादक : माेनिषा बस्नेत
    संवाददाता: नेत्र रुचाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 MIlapatrakhabar. Designed by Ignite Infosys Pvt Ltd.

    Type above and press Enter to search. Press Esc to cancel.