Close Menu
Milapatra Khabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    पाल्पाका स्थानीय तहमा बेरुजु रकम घट्दै

    १५ घण्टा अगाडि

    पहाडमा वर्षा, तराईमा गर्मी बढ्ने

    २ दिन अगाडि

    मतदाता भेटघाटमा मन्त्री सुनिल लम्साल

    ३ दिन अगाडि
    Facebook X (Twitter) Instagram
    Facebook Instagram YouTube
    Milapatra KhabarMilapatra Khabar
    Subscribe
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ/शेयर
    • खेलकुद
    • जीवनशैली
    • बिजनेस
    • मनोरञ्जन
    • अन्तरबार्ता
    • विचार
    Milapatra Khabar
    Home»breaking news»पाल्पाका स्थानीय तहमा बेरुजु रकम घट्दै
    breaking news

    पाल्पाका स्थानीय तहमा बेरुजु रकम घट्दै

    मिलापत्रमिलापत्र१५ घण्टा अगाडि11 Views

    रामपुर (पाल्पा), जेठ ६ गते । पाल्पाका स्थानीय तहहरूले बेरुजु रकम घटाउन सफल भएका छन् । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको त्रिसट्ठिऔँ वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८१/०८२ मा जिल्लाका १० स्थानीय तहमा कुल १३ करोड ९६ लाख ५२ हजार रुपियाँ बेरुजु देखिएको छ ।

    गत आर्थिक वर्षमा जिल्लाका स्थानीय तहहरूको १५ अर्ब २० करोड ७० लाख ९६ हजार रुपियाँको लेखापरीक्षण गरिएकोमा ० दशमलव ९२ प्रतिशत रकम बेरुजु देखिएको हो । अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा १ दशमलव ५३ प्रतिशत अर्थात् २० करोड ३८ लाख ९४ हजार रुपियाँ बेरुजु रहेको थियो । यस्तै आर्थिक वर्ष २०७९/०८० मा २ दशमलव १८ प्रतिशत अर्थात् २७ करोड ९० लाख ९२ हजार रुपियाँ बेरुजु देखिएको थियो । यसले जिल्लाका स्थानीय तहमा बेरुजु क्रमशः घट्दै गएको देखाएको छ ।

    प्रतिवेदन अनुसार दुई नगरपालिका र आठ गाउँपालिका मध्ये गत आर्थिक वर्षमा प्रतिशतको आधारमा सबैभन्दा बढी निस्दी गाउँपालिका र सबैभन्दा कम रैनादेवी छहरा गाउँपालिका र तिनाउ गाउँपालिकामा देखिएको छ । महालेखाले निस्दी गाउँपालिकामा २ दशमलव ८३ प्रतिशत, पूर्वखोला गाउँपालिकामा १ दशमलव ४४ प्रतिशत, तानसेन नगरपालिकामा १ दशमलव ०२ प्रतिशत, बगनासकाली गाउँपालिकामा ० दशमलव ९२ प्रतिशत, रम्भा गाउँपालिकामा ० दशमलव ७८ प्रतिशत, रामपुर नगरपालिकामा ० दशमलव ६८ प्रतिशत, माथागढी गाउँपालिकामा ० दशमलव ५९ प्रतिशत, रिब्दीकोट गाउँपालिकामा ० दशमलव ४१ प्रतिशत, तिनाउ गाउँपालिका र रैनादेवी छहरा गाउँपालिकामा ० दशमलव २९ प्रतिशत बेरुजु औल्याएको छ ।

    प्रतिवेदन अनुसार तानसेन नगरपालिकामा ३ अर्ब १७ करोड ६८ लाख ११ हजार लेखापरीक्षण गर्दा ३ करोड २४ लाख ३६ हजार बेरुजु देखिएको छ । रामपुर नगरपालिकामा १ अर्ब ७१ करोड ३७ लाख ४८ हजार लेखापरीक्षण गर्दा १ करोड १६ लाख १० हजार बेरुजु औल्याएको छ ।

    यस्तै तिनाउ गाउँपालिकाको १ अर्ब १४ करोड ६२ लाख ३५ हजार लेखापरीक्षण गर्दा ३२ लाख ९० हजार, निस्दी गाउँपालिकाको १ अर्ब ३१ करोड ३३ लाख १५ हजार लेखापरीक्षण गर्दा ३ करोड ७१ लाख ८१ हजार, पूर्वखोला गाउँपालिकाको १ अर्ब ५ करोड ३० लाख ८८ हजार लेखापरीक्षण गर्दा १ करोड ५१ लाख ३४ हजार, बगनासकाली गाउँपालिकाको १ अर्ब ३७ करोड ४९ लाख लेखापरीक्षण गर्दा १ करोड २६ लाख ६१ हजार, माथागढी गाउँपालिकाको १ अर्ब ४० करोड ६५ लाख ५० हजार लेखापरीक्षण गर्दा ८२ लाख ३८ हजार, रम्भा गाउँपालिकाको १ अर्ब १८ करोड ९९ लाख ७५ हजार लेखापरीक्षण गर्दा ९३ लाख २१ हजार, रिब्दीकोट गाउँपालिकाको १ अर्ब २८ करोड ११ लाख ०५ हजार लेखापरीक्षण गर्दा ५२ लाख ६६ हजार र रैनादेवी छहरा गाउँपालिकाको १ अर्ब ५५ करोड १३ लाख ६९ हजार लेखापरीक्षण गर्दा ४५ लाख १५ हजार बेरुजु देखिएको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

    Related Posts

    पहाडमा वर्षा, तराईमा गर्मी बढ्ने

    २ दिन अगाडि

    मतदाता भेटघाटमा मन्त्री सुनिल लम्साल

    ३ दिन अगाडि

    स्थानीय तह पुनसंरचनाकाे तयारी

    ४ दिन अगाडि
    Leave A Reply Cancel Reply

    Top Posts

    पाल्पाको तिनाउमा छात्राबासमै जन्मियो बच्चा

    २ महिना अगाडि745 Views

    ३५ बर्षमै छाेरो मन्त्री हुँदा लम्साल परिवारमा खुसीयाली (भिडियोसहित)

    १ महिना अगाडि497 Views

    बुटवलकाे नविन स्कुलका विद्यार्थी सम्पर्कविहिन

    १२ महिना अगाडि393 Views

    पाल्पाको बल्ढेङगढीमा भिषण पहिरो

    १० महिना अगाडि244 Views
    Don't Miss

    पाल्पाका स्थानीय तहमा बेरुजु रकम घट्दै

    breaking news १५ घण्टा अगाडि

    रामपुर (पाल्पा), जेठ ६ गते । पाल्पाका स्थानीय तहहरूले बेरुजु रकम घटाउन सफल भएका छन् ।…

    पहाडमा वर्षा, तराईमा गर्मी बढ्ने

    २ दिन अगाडि

    मतदाता भेटघाटमा मन्त्री सुनिल लम्साल

    ३ दिन अगाडि

    स्थानीय तह पुनसंरचनाकाे तयारी

    ४ दिन अगाडि
    हाम्रो बारेमा
    हाम्रो बारेमा

    Registration: 1697/076/77
    Address: Butwal-09, Rupandehi

    Facebook YouTube
    फल्लो अस

    Email Us: milapatrakhabar@gmail.com
    Contact: +977-9851161546

    हाम्रो टिम

    सञ्चालक:
    खिमनारायण पराजुली
    अनन्तराज पाण्डे
    रुद्र कार्की
    भुवन कार्की
    कृष्ण पाैडेल
    एस.डी. काेईराला
    दिल गुरुङ
    साेनु थापा

    सम्पादक : माेनिषा बस्नेत
    संवाददाता: नेत्र रुचाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 MIlapatrakhabar. Designed by Ignite Infosys Pvt Ltd.

    Type above and press Enter to search. Press Esc to cancel.