रूपन्देही, ४ जेठ । भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले दशैँसम्म सबै सुकुम्बासीले पुर्जा पाउने भएकाले अहिले आन्दोलन गर्नुको अर्थ नरहेको बताउनुभएकाे छ । आफ्नो निर्वाचन क्षेत्र रूपन्देही १ का मतदातासँग कुरा गर्दै उनले कसैको उक्साहटमा आन्दोलनमा नजान अनुरोध गर्नुभयो ।
‘हामी भनेको गफ नदिइकन काम गर्ने टोली हो । सधैँ त्यसै गर्नेवाला हो । हामीले पहिलो क्याबिनेटको बैठकमा सुकुमबासी समस्या सधैँको लागि समाधान गर्ने योजनाका साथ अघि बढाएका छौँ,’ उहाले भन्नुभयाे, ‘त्यो सधैंको लागि समाधान गर्ने भनेर ५ कार्ययोजना बनायौँ, क्याबिनेटमा १०० दिनभित्र यसको के के गर्ने, के के गर्ने, के के गर्ने, एकदम टाइमलाइन अनुसार गएका छौं ।’ उहाले भन्नेनुभयाे, ‘अब यसमा काठमाडौँको केस भनेको त एकदमै अलग हो नि त । अरूलाई ढाँट्न त भएन नि, वर्षामा मान्छेहरू मरेको, समस्या भएकाले उनीहरुलाई विकलप चाहिएको हो ।’
उहाले दोहोर्याउनुभयाे, ‘हाम्रो काम गर्ने जुन शैली छ त्यही रफ्तारमा हिँडेका छौँ, दशैँसम्म सबैले पुर्जा पाउछन् आन्दोलन गर्नुको अर्थ छैन ।’

