Close Menu
Milapatra Khabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    पच्चीस हजार कर्मचारीकाे दरबन्दी कटाैती हुंदै

    १ घण्टा अगाडि

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    १७ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १ दिन अगाडि
    Facebook X (Twitter) Instagram
    Facebook Instagram YouTube
    Milapatra KhabarMilapatra Khabar
    Subscribe
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ/शेयर
    • खेलकुद
    • जीवनशैली
    • बिजनेस
    • मनोरञ्जन
    • अन्तरबार्ता
    • विचार
    Milapatra Khabar
    Home»breaking news»पच्चीस हजार कर्मचारीकाे दरबन्दी कटाैती हुंदै
    breaking news

    पच्चीस हजार कर्मचारीकाे दरबन्दी कटाैती हुंदै

    मिलापत्रमिलापत्र१ घण्टा अगाडि5 Views

     काठमाडौँ, जेठ २ गते । सरकारले प्रशासनिक पुनर्संरचना गरी साबिकका २२ वटा मन्त्रालय घटाएर १८ वटा कायम गरी अनावश्यक कार्यालय खारेज गर्ने तयारी गरेसँगै करिब २५ हजार कर्मचारी दरबन्दी कटौती हुने भएका छन् ।

    सरकारले फजुल खर्च कम गरी अनावश्यक कार्यालय र कर्मचारीको दरबन्दी घटाउने उद्देश्यसहित २२ मन्त्रालयबाट घटाएर १८ मन्त्रालय कायम गरेको छ । त्यस्तै सरकारले अनावश्यक र कार्यजिम्मेवारीमा दोहोरो र तेहोरोपना भएका करिब ५५० वटा कार्यालय खारेज गर्ने तयारीसमेत गरेको छ । ती मन्त्रालय र कार्यालय खारेज हुँदा करिब २५ हजार कर्मचारी दरबन्दी कटौती हुने अनुमान गरिएको हो । जसमा कार्यालय सहयोगीदेखि सचिवसम्मका दरबन्दी कटौती हुने जनाइएको छ । समान काम र समान कार्यप्रकृति भएका मन्त्रालय गाभेर एउटै बनाइएको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।

    सूचना प्रविधिसम्बन्धी कार्यलाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय मातहत ल्याइएको छ । प्रविधिको विकासका लागि छुट्टै विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय बनाइएको छ । युवा तथा खेलकुद मन्त्रालयलाई शिक्षामा गाभेर शिक्षा तथा खेलकुद मन्त्रालय, दुई मन्त्रालय गाभेर महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय बनाइएको छ । खानेपानी र सहरी विकासलाई भौतिक पूर्वाधार मन्त्रालयमा समाहित गरी पूर्वाधार विकास मन्त्रालय बनाइएको छ । यसअघि अलग अलग रहेका सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भूमि, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई गाभेर भूमि सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय बनाइएको छ ।

    प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सहसचिव डा. भीष्मकुमार भुसालले अब सरकारले छिट्टै सबै मन्त्रालयको कर्मचारी सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गरेपछि कटौती हुने दरबन्दी यकिन हुने बताउनुभयो ।

    उहाँका अनुसार सङ्घीय, प्रदेश र स्थानीय तहका समान प्रकृतिका कार्यालय र एउटै काममा दोहोरो र तेहोरोपना परेका कार्यालयलाई गाभ्ने र हस्तान्तरण गरिने छ ।

    राज्यको व्ययभार कम 

    मन्त्रालय गाभिएसँगै गाभिएका मन्त्रालयका मन्त्री, मन्त्रीको सचिवालय, कर्मचारी, तिनका लागि प्रदान गरिने विभिन्न शीर्षकका तलब, भत्ता, सवारी साधनलगायत दायित्व राज्यका लागि कम हुने छ । भुसालले भन्नुभयो, “यसबाट सुशासन कायम भई सेवा प्रवाह चुस्त, दुरुस्त, प्रभावकारी र प्रविधिमैत्री बनाउन सरकारले निरन्तर काम गरि नै रहने छ ।” मन्त्रालय मर्ज भएसँगै अब महाशाखा र विभागहरूमा अनावश्यक रहेका कर्मचारीको दरबन्दी घटाउन, धेरै असान्दर्भिक संस्था, विकास समिति, बोर्डहरू खारेज गर्न, सङ्घमा रहेका अनावश्यक संरचना प्रदेश र स्थानीय तहमा पठाउन यसअघि नै सार्वजनिक गरिएको सुशासन मार्गचित्रमा उल्लेख गरिएको थियो ।

    राष्ट्रिय मापदण्डकै आधारमा ओएनएम

    सरकारले यसअघि सार्वजनिक गरेको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणको राष्ट्रिय मापदण्ड अनुसार मर्ज भई जोडिएका मन्त्रालयको दरबन्दी पुनरवलोकन गर्न सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) तयार गरिने छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव तुलसी भट्टराईले मर्ज भएका सम्बन्धित मन्त्रालयले ओएनएम प्रतिवेदन तयार गरी त्यसको आधारमा दरबन्दी घट्ने वा बढ्ने यकिन हुने बताउनुभयो । सम्बन्धित सेवा समूह भएका कर्मचारीलाई सोही मन्त्रालय वा कार्यालयमा समायोजन गर्ने तयारी सरकारले गरेको छ । मर्ज भएका सबै मन्त्रालयले ओएनएमको प्रतिवेदन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाउने र सो मन्त्रालयले उक्त प्रतिवेदन मन्त्रीपरिषद्मा पेस गरेसँगै दरबन्दी कति कायम रहने भन्ने यकिन हुने छ ।

    Related Posts

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    १७ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १ दिन अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    २ दिन अगाडि
    Leave A Reply Cancel Reply

    Top Posts

    पाल्पाको तिनाउमा छात्राबासमै जन्मियो बच्चा

    २ महिना अगाडि745 Views

    ३५ बर्षमै छाेरो मन्त्री हुँदा लम्साल परिवारमा खुसीयाली (भिडियोसहित)

    १ महिना अगाडि497 Views

    बुटवलकाे नविन स्कुलका विद्यार्थी सम्पर्कविहिन

    १२ महिना अगाडि393 Views

    पाल्पाको बल्ढेङगढीमा भिषण पहिरो

    १० महिना अगाडि244 Views
    Don't Miss

    पच्चीस हजार कर्मचारीकाे दरबन्दी कटाैती हुंदै

    breaking news १ घण्टा अगाडि

     काठमाडौँ, जेठ २ गते । सरकारले प्रशासनिक पुनर्संरचना गरी साबिकका २२ वटा मन्त्रालय घटाएर १८ वटा…

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    १७ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १ दिन अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    २ दिन अगाडि
    हाम्रो बारेमा
    हाम्रो बारेमा

    Registration: 1697/076/77
    Address: Butwal-09, Rupandehi

    Facebook YouTube
    फल्लो अस

    Email Us: milapatrakhabar@gmail.com
    Contact: +977-9851161546

    हाम्रो टिम

    सञ्चालक:
    खिमनारायण पराजुली
    अनन्तराज पाण्डे
    रुद्र कार्की
    भुवन कार्की
    कृष्ण पाैडेल
    एस.डी. काेईराला
    दिल गुरुङ
    साेनु थापा

    सम्पादक : माेनिषा बस्नेत
    संवाददाता: नेत्र रुचाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 MIlapatrakhabar. Designed by Ignite Infosys Pvt Ltd.

    Type above and press Enter to search. Press Esc to cancel.