Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: मिलापत्र
मोनिषा बस्नेत रुपन्देही, २५ बैशाख । नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र राष्ट्रिय सूचना आयोगले हालै प्रदान गरेका पुरस्कारका बारेमा प्रेस सेन्टर नेपालको धारणा सार्वजनिक गरेको छ । प्रेस सेन्टरले सत्ताको दुरुपयोग गर्दैै दलीय भागण्डाको रुपमा पुरस्कार वितरण गरिएको भन्दै विरोध गरेको छ । राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रदान गरेको वरिष्ठ पत्रकार सम्मान र राष्ट्रिय पत्रकारिता पुरस्कार सत्तारूढ दलको दलीय भागबण्डामा छनोट गरिएको ठहर सेन्टरले गरेको छ । सेन्टरका महासचिव मनोज घर्तीले एक विज्ञप्ति प्रशाशित गर्दै बिरोध जनाएका हुन् । देशभरका स्वतन्त्र, सक्रिय र श्रमजीवी पत्रकारलाई बञ्चित गरेर दलीय भागबण्डामा गरिएको पुरस्कार…
मोनिषा बस्नेत रुपन्देही, २४ बैशाख । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा अब सडकआश्रित मानव रहने छैनन् । यो नगरपालिका मंगलबार ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त’ घोषणा भएको छ । मानव सेवा आश्रमको मिसन २०८२ अभियान अन्तरगत यो पहिलो ऐतिहासिक घोषणा भएको हो । २०८२ सालभित्र स्थानीय तह हुँदै सबै प्रदेश र यही वर्षको अन्तसम्ममा मुलुकलाई नै ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा गरिएको आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताए । मंगलबार, प्रदेश सरकारकार मन्त्रीहरू, तिलोत्तमा नगरपालिकाका नगर प्रमुख, जनप्रतिनिधिहरू, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरू र सरोकारवाला सरकारी निकायहरूको उपस्थितिमा तिलोत्तमा नगरपालिकालाई ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा गरिएसँगै अब तिलोत्तमा नगरपालिकामा कोही पनि बेसहारा बेवारिसे, अशक्त र…
बुटवल, बैशाख २२ । नेकपा एकिकृत समाजवादी बुटवल उपमहानगरले बुटवल धागो कारखाना सञ्चालन सहित विभिन्न जनसरोकारको मागहरु राख्दै सोमबार बुटवल उपमहानगरका प्रमुखलाई ज्ञापनपत्र बुझाएको छ । उपमहानगरका अध्यक्ष चिनबहादुर गुरुङले नगरप्रमुख खेलराज पाण्डेय मार्फत प्रधानमन्त्री, लुम्बिनी प्रदेशका मुख्यमन्त्रीलाई मागहरु सहितको ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा ७ सय जनालाई रोजगारी दिन सक्ने बन्द बुटवल धागो कारखाना सञ्चालनको माग गरिएको छ । बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालमा टिकटका लागि समेत घन्टौं लाईनमा बस्नुपरेको, बुटवल ज्योतिनगर लक्ष्मीनगरको पहिरो नियन्त्रण गर्नुपर्ने मोतीपुर औद्योगिक क्षेत्रमा ५० औं बर्षदेखि बसोबास गर्दै आएकाहरुको समस्या समाधान गरी औद्योगिक क्षेत्र निर्माण गर्न तथा भूमिहिन दलित सुकुम्बासीहरुलाई लालपूर्जा दिने व्यवस्था…
लुम्बिनी, बैशाख २२ । बुद्धजन्मस्थल लुम्बिनीबाट विश्व शान्तिको सन्देश दिने उदेश्यका साथ नेपाल शान्ति सम्मेलन गरिएको छ । भियतनामका बरिष्ठ बौद्धगुरु भिक्षु डा. लाम (थे हुएन् दिउ) को सक्रियतामा नेपालबाट विश्वले शान्तिको शिक्षा लिनुपर्ने सन्देश सहित शान्ति सम्मेलन गरिएको हो । थाई ह्यून डिउ पिस फाउण्डेशनको आयोजनामा विश्वका विभिन्न देशहरुमा भइरहेको युद्ध अन्त्यको कामना गर्दै मेलमिलाप दया र करुणाबाटै समस्याको समाधान खोज्न आग्रह गरिएको छ । बुद्धिष्ट गुरुहरुसँगै हिन्दु, मुस्लिम र क्रिश्चियन धर्मका प्रतिनिधिहरुविच समेत सम्मेलनमा विश्व शान्तिका लागि छलफल गरिएको छ । सम्मेलनलाई सम्बोधन गर्दै वन तथा वातावरण राज्यमन्त्री रुपा विकले शान्तिको अग्रदुत गौतमबुद्धको पवित्र जन्मस्थल लुम्बिनीमा गरिएको सम्मेलन…
