Close Menu
Milapatra Khabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ३ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १३ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Facebook X (Twitter) Instagram
    Facebook Instagram YouTube
    Milapatra KhabarMilapatra Khabar
    Subscribe
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ/शेयर
    • खेलकुद
    • जीवनशैली
    • बिजनेस
    • मनोरञ्जन
    • अन्तरबार्ता
    • विचार
    Milapatra Khabar
    Home»breaking news»विश्वशान्तिको आह्वानसहित लुम्बिनीमा शान्ति सम्मेलन
    breaking news

    विश्वशान्तिको आह्वानसहित लुम्बिनीमा शान्ति सम्मेलन

    मिलापत्रमिलापत्र१ वर्ष अगाडि15 Views

    लुम्बिनी, बैशाख २२ ।

    बुद्धजन्मस्थल लुम्बिनीबाट विश्व शान्तिको सन्देश दिने उदेश्यका साथ नेपाल शान्ति सम्मेलन गरिएको छ । भियतनामका बरिष्ठ बौद्धगुरु भिक्षु डा. लाम (थे हुएन् दिउ) को सक्रियतामा नेपालबाट विश्वले शान्तिको शिक्षा लिनुपर्ने सन्देश सहित शान्ति सम्मेलन गरिएको हो ।  थाई ह्यून डिउ पिस फाउण्डेशनको आयोजनामा विश्वका विभिन्न देशहरुमा भइरहेको युद्ध अन्त्यको कामना गर्दै मेलमिलाप दया र करुणाबाटै समस्याको समाधान खोज्न आग्रह गरिएको छ । बुद्धिष्ट गुरुहरुसँगै हिन्दु, मुस्लिम र क्रिश्चियन धर्मका प्रतिनिधिहरुविच समेत सम्मेलनमा विश्व शान्तिका लागि छलफल गरिएको छ ।
    सम्मेलनलाई सम्बोधन गर्दै वन तथा वातावरण राज्यमन्त्री रुपा विकले शान्तिको अग्रदुत गौतमबुद्धको पवित्र जन्मस्थल लुम्बिनीमा  गरिएको सम्मेलन मार्फत विश्वमा शान्ति, सदभाव र मेलमिलापको आह्वान गरिन । उनले डा. लामले विश्वशान्तिका लागि गरेको काम निकै प्रशसंनीय रहेको बताउँदै नेपाल सरकारका तर्फबाट धन्यावाद दिईन ।
    यस्तै सम्मेलनमा पूर्वमन्त्री दीपकुमार उपाध्यायले विश्वसम्पदा स्थल लुम्बिनी शान्ति, अहिंसा र सदभावको स्थल भएको बताउँदै डा. लामको पहलमा बुद्धको उपदेशमार्फत विश्वमा शान्ति कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । उनले नेपालमा भएको द्धन्द्ध समाधानका लागि भएको पहललाई विश्वले सिक्नुपर्ने अभियान विश्वभर फैलाउने प्रयत्न आफैमा उदाहरणीय रहेको बताए ।
    सम्मेलनमा भियतनामका बरिष्ठ बौद्धगुरु भिक्षु डा. लाम (थे हुएन् दिउ)  ले आफू राजनीतिक व्यक्ति नभएको बताउँदै सन् २००४ मा लुम्बिनी अन्र्तराष्ट्रिय शिखर बैठक गर्ने बेला नेपालमा तत्तकालिन माओवादीसँग द्धन्द्ध भएको उल्लेख गर्दै त्यसको केही वर्षमा नेपालमा शान्ति पुर्नस्थापना भएकाले यहि सन्देश विश्वका लागि उदाहरणीय रहेको बताए । उनले हिंसा, घृणा र हतियारले कुनै मुलुक समृद्ध हुन नसक्ने बताउँदै बौद्ध दर्शनले अंगिकार गरेको शान्तिको मार्ग नै अबलम्बन गर्न अपिल गरे । लुम्बिनीमा पहिलो अन्तर्राष्ट्रिय भेयतनाम विहारका संस्थापक समेत रहेका भिक्षु डा. लामले विश्वभका विभिन्न मुलुकहरुमा भइरहेको द्धन्द्ध अन्त्यका लागि प्राथना समेत गरे ।
    सम्मेलनमा लुम्बिनी साँस्कृतिक नगरपालिकाका नगरप्रमुख सजरुद्धिन खाँन, लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, त्रिभुव विश्वविद्यालयका  प्राध्यापक डा. राजेशकुमार राई र अमेरिकाबाट भिडियो मार्फत इन्टरनेश्नल क्रेन फाउण्डेशनका अध्यक्ष तथा प्रमुख कार्यकारी निर्देशक डा. रिचबेलफासले बोल्दै बुद्ध शिक्षामार्फत विश्वमा शान्ति, करुणा, मेलमिलाप कायम गर्न सकिने बताए ।
    उक्त अवसरमा सबैधर्मका प्रतिनिधिहरुले शान्तिका लागि सामूहिक प्रतिबद्धता समेत जनाए । भिक्षु डा. लाम सहित जापानीज बौद्ध गुरु जुनसेई तेरासावा, क्रिश्चियन धर्मका पास्टर रेभ. जिसे के. महाराणा, पण्डित मनोज कुमार मिश्र, अमेरिकाबाट भिडियो सन्देशबाट इन्टरनेशनल एकेडेमी फर इन्टरनेशनल कोअपरेसनका संस्थापक तथा अध्यक्ष डिभाइन मदर आयुदे« कितागावाले सबै धर्मले शान्ति, करुणा र मेलमिलपाकै बाट हिड्न प्रेरित गरेको बताउँदै विश्वशान्तिका लागि आह्वान गरे ।
    सम्मेलनकै अवसरमा लुम्बिनी क्षेत्रमा १८ हजार बृक्षारोपण अभियानका लागि सम्झौता भएको लुम्बिनी विकास कोषका बरिष्ठ निर्देशक ज्ञानिन राईले बताए । पिस फाउण्डेशनका डा. लाम, लुम्बिनी साँस्कृतिक नगरपालिकाका नगरप्रमुख सजरुद्धिन खाँन, लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, डिभिजन वन कार्यालय रुपन्देहीका डिभिजन प्रमुख प्रविण विडारी र ग्रिन युथ लुम्बिनीका अध्यक्ष अर्जुन कुर्मीले सम्झौतामा हस्ताक्षर गरेका छन् ।
    वन तथा वातावरण राज्यमन्त्री विकले सोमबार नै १८ हजार विरुवाको बृक्षारोपण कार्यको समेत शुरुवात गरेकी हुन । विहान मायादेवी परिसरमा म्यानमार र विश्व शान्तिका लागि प्राथना गरिएको थियो भने दिनभर भेयतनाम मन्दिरमा शान्ति सम्मेलनमा छलफल गरिएको थियो । साथै सम्मेलनमा नेपाल सहित भेयतनाम, भारतका साँस्कृतिक संगित र नृत्यहरु प्रस्तुत गरिएको थियो।

    Related Posts

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ३ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १३ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Leave A Reply Cancel Reply

    Top Posts

    पाल्पाको तिनाउमा छात्राबासमै जन्मियो बच्चा

    २ महिना अगाडि745 Views

    ३५ बर्षमै छाेरो मन्त्री हुँदा लम्साल परिवारमा खुसीयाली (भिडियोसहित)

    १ महिना अगाडि497 Views

    बुटवलकाे नविन स्कुलका विद्यार्थी सम्पर्कविहिन

    १२ महिना अगाडि393 Views

    पाल्पाको बल्ढेङगढीमा भिषण पहिरो

    १० महिना अगाडि244 Views
    Don't Miss

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    breaking news ३ घण्टा अगाडि

    दाङ, जेठ १ गते । लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि प्रदेशमा मन्त्रालयको सङ्ख्या आठ…

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १३ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि

    वैदेशिक राेजगारीमा ठगी गर्ने तीनजना पक्राउ

    २ दिन अगाडि
    हाम्रो बारेमा
    हाम्रो बारेमा

    Registration: 1697/076/77
    Address: Butwal-09, Rupandehi

    Facebook YouTube
    फल्लो अस

    Email Us: milapatrakhabar@gmail.com
    Contact: +977-9851161546

    हाम्रो टिम

    सञ्चालक:
    खिमनारायण पराजुली
    अनन्तराज पाण्डे
    रुद्र कार्की
    भुवन कार्की
    कृष्ण पाैडेल
    एस.डी. काेईराला
    दिल गुरुङ
    साेनु थापा

    सम्पादक : माेनिषा बस्नेत
    संवाददाता: नेत्र रुचाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 MIlapatrakhabar. Designed by Ignite Infosys Pvt Ltd.

    Type above and press Enter to search. Press Esc to cancel.