Close Menu
Milapatra Khabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ३ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १४ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Facebook X (Twitter) Instagram
    Facebook Instagram YouTube
    Milapatra KhabarMilapatra Khabar
    Subscribe
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ/शेयर
    • खेलकुद
    • जीवनशैली
    • बिजनेस
    • मनोरञ्जन
    • अन्तरबार्ता
    • विचार
    Milapatra Khabar
    Home»breaking news»बुटवल धागो कारखाना सञ्चालनको मागसहित  नगरप्रमुखलाई ज्ञापनपत्र
    breaking news

    बुटवल धागो कारखाना सञ्चालनको मागसहित  नगरप्रमुखलाई ज्ञापनपत्र

    मिलापत्रमिलापत्र१ वर्ष अगाडि8 Views
    बुटवल, बैशाख २२ ।
    नेकपा एकिकृत समाजवादी बुटवल उपमहानगरले बुटवल धागो कारखाना सञ्चालन सहित विभिन्न जनसरोकारको मागहरु राख्दै सोमबार बुटवल उपमहानगरका प्रमुखलाई ज्ञापनपत्र बुझाएको छ । उपमहानगरका अध्यक्ष चिनबहादुर गुरुङले नगरप्रमुख खेलराज पाण्डेय मार्फत प्रधानमन्त्री, लुम्बिनी प्रदेशका मुख्यमन्त्रीलाई मागहरु सहितको ज्ञापनपत्र बुझाएका हुन् ।
    ज्ञापनपत्रमा ७ सय जनालाई रोजगारी दिन सक्ने बन्द बुटवल धागो कारखाना सञ्चालनको माग गरिएको छ ।  बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालमा टिकटका लागि समेत घन्टौं लाईनमा बस्नुपरेको, बुटवल ज्योतिनगर लक्ष्मीनगरको पहिरो नियन्त्रण गर्नुपर्ने मोतीपुर औद्योगिक क्षेत्रमा ५० औं बर्षदेखि बसोबास गर्दै आएकाहरुको समस्या समाधान गरी औद्योगिक क्षेत्र निर्माण गर्न तथा भूमिहिन दलित सुकुम्बासीहरुलाई लालपूर्जा दिने व्यवस्था गर्न माग गरिएका छ ।

    यसका साथै बुटवल उपमहानगरको बस्तुस्थिति, बाटो, बिजुली, उत्पादन, कृषि, शिक्षा, स्वास्थ्य, रोजगार, सुशासन, पारदर्शीता, जवाफदेहीता लगायतका पक्षहरू समेटेर समाजवादीले ज्ञापनपत्र बुझाएकोे हो ।

    ज्ञापनपत्र बुझ्दै बुटवल उपमहानगरका नगरप्रमुख खेलराज पाण्डेयले प्राप्त सुझावहरुलाई आफूहरुले कार्यान्वयन गर्न सक्ने गर्ने र बाँकी मागहरुका बारेमा सम्बन्धित निकायमा पठाउने प्रतिबद्धता जनाए ।
    समाजवादीले केन्द्रीय कार्यक्रम अनुसार विभिन्न सरोकार राख्नेहरुसँग छलफल गरी मागपत्र पेश गरेको हो । सुशासन र रोजगारी समाजवादको तयारी भन्ने अभियान सहित एकिकृत समाजवादीले आन्दोलनको तयारी गरेको छ । सोही कार्यक्रम अन्तर्गत बुटवल उपमहानगर सहित रुपन्देहीका १६ वटै स्थानीय तहहरुमा सोमबार ज्ञापनपत्र बुझाइएको जिल्ला अध्यक्ष हिराध्वज शाहले जानकारी दिए ।

    Related Posts

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ३ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १४ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Leave A Reply Cancel Reply

    Top Posts

    पाल्पाको तिनाउमा छात्राबासमै जन्मियो बच्चा

    २ महिना अगाडि745 Views

    ३५ बर्षमै छाेरो मन्त्री हुँदा लम्साल परिवारमा खुसीयाली (भिडियोसहित)

    १ महिना अगाडि497 Views

    बुटवलकाे नविन स्कुलका विद्यार्थी सम्पर्कविहिन

    १२ महिना अगाडि393 Views

    पाल्पाको बल्ढेङगढीमा भिषण पहिरो

    १० महिना अगाडि244 Views
    Don't Miss

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    breaking news ३ घण्टा अगाडि

    दाङ, जेठ १ गते । लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि प्रदेशमा मन्त्रालयको सङ्ख्या आठ…

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १४ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि

    वैदेशिक राेजगारीमा ठगी गर्ने तीनजना पक्राउ

    २ दिन अगाडि
    हाम्रो बारेमा
    हाम्रो बारेमा

    Registration: 1697/076/77
    Address: Butwal-09, Rupandehi

    Facebook YouTube
    फल्लो अस

    Email Us: milapatrakhabar@gmail.com
    Contact: +977-9851161546

    हाम्रो टिम

    सञ्चालक:
    खिमनारायण पराजुली
    अनन्तराज पाण्डे
    रुद्र कार्की
    भुवन कार्की
    कृष्ण पाैडेल
    एस.डी. काेईराला
    दिल गुरुङ
    साेनु थापा

    सम्पादक : माेनिषा बस्नेत
    संवाददाता: नेत्र रुचाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 MIlapatrakhabar. Designed by Ignite Infosys Pvt Ltd.

    Type above and press Enter to search. Press Esc to cancel.