Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: मिलापत्र
तिलोत्तमा, साउन २६ गते । जेसिआई तिलोत्तमाद्धारा मंगलबार निशुल्क दाँत तथा आँखा परिक्षण शिबिरको आयोजना गरिएको छ । जेसिज सप्ताह अन्र्तगत मणिग्राम चोकमा रक्तदान तथा निशुल्क सुगर जाँच आयोजना गरेको संस्थाले मंगलबार तिलोत्तमा ९ स्थित विश्वशान्ति सामुदायिक आधारभुत विद्यालयमा बिहान १० बजेबाट निशुल्क दाँत तथा आँखा परिक्षण शिबिरको आयोजना गरेको बर्ष २०२५ का अध्यक्ष जेसिआई सिनेटर प्रकाश न्यौपानेले जानकारी दिनुभयाे । सोमबार आयोजना गरिएको रक्तदान र निशुल्क सुगर जाँच परिक्षणमा ३८ पिन्ट रगत संकलन भएको छ भने ४० जनाले निशुल्क सुगर परिक्षण गराई लाभ लिएको कार्यक्रमका मुल संयोजक जेसि महिमा कुवँरले जानकारी दिनुभएको छ । तिलोत्तमा वडा न ५ का…
रुपन्देही, २६ साउन । राष्ट्रिय मानवअधिकार आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई स्थानान्तरण गर्न रोकिएको सम्वन्धमा गम्भीर चासो व्यक्त गरेको छ । आज भैरहवा कारागारमा पुगेर रविलाई भेटेपछि आयोगकी आयुक्त लीली थापाले यो गम्भीर विषय भएको बताइन् । उनले भनिन्, ‘उहाँले कारागार सरुवाका लागि निवेदन दिएर अदालतले पनि अनुमति दिइसकेको रहेछ । तर, के कारणले हो अहिलेसम्म सरुवा गरिएको छैन । यो गम्भीर विषय हो ।’ थापाले यस विषयमा काठमाडौं गएर कारागार व्यवस्थापन विभागसँग छलफल गर्ने पनि जानकारी दिइन् ।
काठमाडौं, २५ साउन । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाल र नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठबीच डल्लुस्थित झलनाथ निवासमा भेटवार्ता सम्पन्न भएको छ। झन्डै डेढ घण्टा चलेको भेटघाटमा समग्र विश्व परिस्थिति, अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन, विश्व समाजवादी आन्दोलन तथा आजको सन्दर्भमा वर्ग बनोट र वर्ग संघर्षका विभिन्न रूपहरूबारे व्यापक छलफल भएको थियो। साथै नेपालको वर्तमान राष्ट्रिय अवस्था, कम्युनिस्ट तथा वामपन्थी शक्तिहरू, देशभक्त राजनीतिक शक्ति र अन्य राजनीतिक पक्षहरूको विश्लेषण गर्दै क्रान्तिकारीहरूको राष्ट्रिय कार्यभारमा समेत गम्भीर विमर्श गरिएको थियो। श्रेष्ठले आफ्नो पार्टी स्थायी कमिटीको हालैको एकता प्रस्तावबारे जानकारी गराउँदै सहकार्यको अपिल गरेका…
व्याख्यात्मक टिप्पणीसहित अनुमोदन नभएको भए एमसीसी जस्ताको तस्तै पारित हुने थियो – अध्यक्ष प्रचण् २१ साउन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसीसम्बन्धी सम्झौता जस्ताको तस्तै पारित हुने गम्भीर खतरा देखिएपछि पार्टीले व्याख्यात्मक टिप्पणीसहित आवश्यक पर्दा आन्दोलन गर्ने बाटो राखेर पारित गर्न बाध्य भएको खुलासा गर्नुभएको छ। लीलामणि पोखरेलद्वारा लिखित पुस्तक ‘नेपालमा एमसीसी’ को विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले एमसीसीबारे माओवादी केन्द्रले सुरु देखिनै गहिरो अध्ययन र बहस गरेको बताउनुभयो। “नेकपा कालमा मैले नै नेतृत्व गरेर एमसीसीबारे के गर्ने भनेर कार्यदल गठन गरिएको थियो,” उहाँले भन्नुभयो, “कार्यदलले अनुमोदन गर्न हुँदैन भन्ने निष्कर्षसहित…
भुवन कार्की रुपन्देही, साउन १५ गते । रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पातालमा कर्मचारी सरुवा बिवाद देखिएको छ । अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट (मेसु) डा. इन्द्र ढकालको सरुवा विवाद सतहमा आएको हो । उनले पद जोगाउन दल परिवर्तनको बहाना समेत गर्दै आएका छन् । लुम्बिनी प्रादेशिक अस्पतालमा मेसुको रुपमा काजमा काम गर्दै आएका ढकाललाई संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरुवा भएको स्थान सप्तरी जिल्लाको गजेन्द्रनारायणसिंह अस्पतालमा हाजिर हुन दिएको निर्देशनलाई लुम्बिनी प्रदेश सरकारले समेत लत्याएको छ । डा. ढकालको दरबन्दी रहेको स्थानमा नपठाई राजनीतिक शक्तिको आडमा लुम्बिनी प्रदेश सरकारले संरक्षण गरेको घटना सार्वजनिक भएको हो । सप्तरीस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा दरबन्दी रहेका…
दाङ, १४ साउन । लुम्बिनी प्रदेश सरकारले ५० लाखभन्दा माथिका योजनाहरू मुख्यमन्त्री ड्यास बोर्डमार्फत अनुगमन गर्ने भएको छ । सूचना तथा सञ्चार प्रविधि परिषद्को बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकार तथा मातहतका निकायबाट कार्यान्वयन हुने योजनाहरूको ड्यास बोर्डमार्फत अनुगमन गर्ने गरी प्रणाली विकास गर्न निर्देशन दिनुभएको हो । `सरकारले गर्ने हरेक कामलाई नजिकबाट अनुगमन गर्ने प्रणालीको विकास गर्न जरुरी छ । ५० लाखभन्दा माथिका योजनाको कार्यान्वयनको अवस्था र उपलब्धिलाई ड्यास बोर्डमार्फत अनुगमन गर्ने प्रणालीको विकास गरौं´मुख्यमन्त्री आचार्यले भन्नुभयो-`सरकारको कामलाई पारदर्शी र जवाफदेही बनाउन अनुगमनलाई प्रभावकारी बनाउनु आवश्यक छ । यसमा सरकारले ध्यान दिएको छ ।´ मुख्यमन्त्री आचार्यले किसान…
काठमाडौं, साउन १३ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रका नेता कार्यकर्ताले नेतृत्व लिएका हरेक सामाजिक संघ संस्थाहरूमा माओवादीले राम्रो गर्छन् भन्ने स्थापित गर्नेगरी मौलिक सोच झल्किनु पर्ने बताउनुभएको छ। नेकपा ९माओवादी केन्द्र० समाज कल्याण विभागद्वारा आज काठमाडौंमा आयोजित “सामाजिक न्याय, समावेशिता र सामाजिक संघ–संस्थाको भूमिकाबारे अन्तरक्रिया कार्यक्रम” मा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताउनुभएको हो। अध्यक्ष प्रचण्डले सामाजिक संघसंस्थामा माओवादी केन्द्रको हस्तक्षेप सकारात्मक हुनुपर्नेमा जोड दिँदै बदलिएको राजनीतिक परिस्थितिमा यस्ता संस्थामा सहभागी भई सकारात्मक भुमिका निर्वाह गर्न आवश्यक रहेको बताउनुभयो।“नेपाली समाजवादको बाटो कस्तो हुने भन्ने कुरा विभिन्न सामाजिक संघसंस्थामा हाम्रो भूमिका कस्तो हुन्छ…
पाल्पा, ९ साउन । पाल्पाको रैनादेवि छहरा गाउँपालिका वडा नं. ७ बल्ढेङगढीस्थित सुकादमारको ज्योतिष टोलमा शुक्रबार दिउँसो भिषण पहिरो गएको छ । स्थानीय अगुवा रमेश कार्कीले दिएको जानकारी अनुसार दिउँसो १२ बजेदेखि परेको अविरल बर्षाको कारण पहिरो खसेको हो । ज्योतिष चौपारीको उत्तरतर्फको चुरे क्षेत्रमा पहाड फुटेर ठूलो पहिरोसहितको बाढी आएको कार्कीले बताउनुभयो । ठूला ढुंगामुढासहित झरेको पहिरोले स्थानीय अमृत कार्की, थमान कार्की, कमलादेवि थामी लगायतको घर जग्गामा कटान गरी क्षति पुर्याएको स्थानीय सावित्रा कार्कीले बताउनुभयो । पहिरोले तारबारसहित संरक्षण गरिएको ज्योतिष चौपारीमा समेत क्षती पुर्याएको छ । घटनामा मानवीय क्षति नभए पनि पानी निरन्तर परिरहेकाले थप त्रास उत्पन्न भएको…
पाल्पा, ९ साउन । पाल्पाको रैनादेवि छहरा गाउँपालिका वडा नं. ७ बल्ढेङगढीस्थित सुकादमारको ज्योतिष टोलमा शुक्रबार दिउँसो भिषण पहिरो गएको छ । स्थानीय अगुवा रमेश कार्कीले दिएको जानकारी अनुसार दिउँसो १२ बजेदेखि परेको अविरल बर्षाको कारण पहिरो खसेको हो । ज्योतिष चौपारीको उत्तरतर्फको चुरे क्षेत्रमा पहाड फुटेर ठूलो पहिरोसहितको बाढी आएको कार्कीले बताउनुभयो । ठूला ढुंगामुढासहित झरेको पहिरोले स्थानीय अमृत कार्की, थमान कार्की, कमलादेवि थामी लगायतको घर जग्गामा कटान गरी क्षति पुर्याएको स्थानीय सावित्रा कार्कीले बताउनुभयो । पहिरोले तारबारसहित संरक्षण गरिएको ज्योतिष चौपारीमा समेत क्षती पुर्याएको छ । घटनामा मानवीय क्षति नभए पनि पानी निरन्तर परिरहेकाले थप त्रास उत्पन्न भएको…
दाङ, ८ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले एक वर्षे उपलब्धिहरुको विवरण सार्वजनिक गर्नु भएको छ । राप्ती उपत्यका देउखुरीमा विहिवार पत्रकार सम्मेलनको आयोजना गरेर मुख्यमन्त्री आचार्यले उपलब्धिहरुको विवरण सार्वजनिक गर्दै प्रदेश सरकार संघीय संरचनाको अपरिहार्य तहका रूपमा विकास हुँदै गएको स्पष्ट पार्नु भएको हो । ‘सुशासनलाई केन्द्रविन्दुमा राख्दै हामीले पाँच वर्षे रणनीतिक योजना तयार पारेका छौं, जसअनुसार राजस्व वृद्धि, पुँजीगत खर्चमा सुधार, र प्रशासनिक कार्यसम्पादनमा उल्लेखनीय प्रगति भएको छ,’ मुख्यमन्त्रीले भन्नुभयो–‘सुशासनको पाटोलाई दृढताका साथ अघि बढाइनेछ ।’ उहाँका अनुसार चालू खर्च कटौती गर्दै पुँजीगत खर्च बढाउने रणनीति प्रभावकारी रूपमा कार्यान्वयन भएको छ । कर्मचारी व्यवस्थापन, मन्त्रालय र मातहतका…
