Close Menu
Milapatra Khabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ५ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १६ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Facebook X (Twitter) Instagram
    Facebook Instagram YouTube
    Milapatra KhabarMilapatra Khabar
    Subscribe
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ/शेयर
    • खेलकुद
    • जीवनशैली
    • बिजनेस
    • मनोरञ्जन
    • अन्तरबार्ता
    • विचार
    Milapatra Khabar
    Home»breaking news»५० लाखभन्दा माथिका योजनाहरू अनुगमन गरिने
    breaking news

    ५० लाखभन्दा माथिका योजनाहरू अनुगमन गरिने

    मिलापत्रमिलापत्र१० महिना अगाडि3 Views

    दाङ, १४ साउन । लुम्बिनी प्रदेश सरकारले ५० लाखभन्दा माथिका योजनाहरू मुख्यमन्त्री ड्यास बोर्डमार्फत अनुगमन गर्ने भएको छ ।

    सूचना तथा सञ्चार प्रविधि परिषद्को बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकार तथा मातहतका निकायबाट कार्यान्वयन हुने योजनाहरूको ड्यास बोर्डमार्फत अनुगमन गर्ने गरी प्रणाली विकास गर्न निर्देशन दिनुभएको हो ।

    `सरकारले गर्ने हरेक कामलाई नजिकबाट अनुगमन गर्ने प्रणालीको विकास गर्न जरुरी छ । ५० लाखभन्दा माथिका योजनाको कार्यान्वयनको अवस्था र उपलब्धिलाई ड्यास बोर्डमार्फत अनुगमन गर्ने प्रणालीको विकास गरौं´मुख्यमन्त्री आचार्यले भन्नुभयो-`सरकारको कामलाई पारदर्शी र जवाफदेही बनाउन अनुगमनलाई प्रभावकारी बनाउनु आवश्यक छ । यसमा सरकारले ध्यान दिएको छ ।´

    मुख्यमन्त्री आचार्यले किसान एपलाई पनि प्रभावकारी ढंगले कार्यान्वयनमा लैजान निर्देशन दिनुभएको छ । `जुन लक्ष्य र उद्देश्य राखिएको छ, त्यसअनुसार किसान एप कार्यान्वयनमा लैजान जरुरी छ´उहाँले भन्नुभयो-`प्रदेशका मुख्य तरकारी बजारहरूको दैनिक मूल्यसूची राख्न आवश्यक छ । गैरकाष्ठ वन पैदावारको मूल्यसूचीसमेत किसान एपमा समावेश गरी सबैको पहुँचमा पुर्‍याउन सकिन्छ ।´

    यस्तै सूचना तथा सञ्चार प्रविधिको सेवा लक्षित वर्गले उपयोग गर्न सक्ने गरी विस्तार गर्न पनि मुख्यमन्त्री आचार्यले निर्देशन दिनुभएको छ ।

    बैठकमा प्रमुख सचिव बाबुराम अधिकारीसहित परिषद्का पदाधिकारी तथा सदस्यहरूको उपस्थिति थियो । कार्यक्रममा सूचना तथा सञ्चार प्रविधि प्रतिष्ठानका कार्यकारी निर्देशक अनुप बास्कोटाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति प्रतिवेदन र चालु आर्थिक वर्ष २०८२/८३ को बजेट तथा कार्यक्रमको विवरण प्रस्तुत गर्नुभएको थियो । बैठकमा डेटा सुरक्षालाई प्राथमिकता दिँदै काम गर्न जोड दिइएको थियो ।

    Related Posts

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ५ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १६ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Leave A Reply Cancel Reply

    Top Posts

    पाल्पाको तिनाउमा छात्राबासमै जन्मियो बच्चा

    २ महिना अगाडि745 Views

    ३५ बर्षमै छाेरो मन्त्री हुँदा लम्साल परिवारमा खुसीयाली (भिडियोसहित)

    १ महिना अगाडि497 Views

    बुटवलकाे नविन स्कुलका विद्यार्थी सम्पर्कविहिन

    १२ महिना अगाडि393 Views

    पाल्पाको बल्ढेङगढीमा भिषण पहिरो

    १० महिना अगाडि244 Views
    Don't Miss

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    breaking news ५ घण्टा अगाडि

    दाङ, जेठ १ गते । लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि प्रदेशमा मन्त्रालयको सङ्ख्या आठ…

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १६ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि

    वैदेशिक राेजगारीमा ठगी गर्ने तीनजना पक्राउ

    २ दिन अगाडि
    हाम्रो बारेमा
    हाम्रो बारेमा

    Registration: 1697/076/77
    Address: Butwal-09, Rupandehi

    Facebook YouTube
    फल्लो अस

    Email Us: milapatrakhabar@gmail.com
    Contact: +977-9851161546

    हाम्रो टिम

    सञ्चालक:
    खिमनारायण पराजुली
    अनन्तराज पाण्डे
    रुद्र कार्की
    भुवन कार्की
    कृष्ण पाैडेल
    एस.डी. काेईराला
    दिल गुरुङ
    साेनु थापा

    सम्पादक : माेनिषा बस्नेत
    संवाददाता: नेत्र रुचाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 MIlapatrakhabar. Designed by Ignite Infosys Pvt Ltd.

    Type above and press Enter to search. Press Esc to cancel.