पाल्पा, ९ साउन । पाल्पाको रैनादेवि छहरा गाउँपालिका वडा नं. ७ बल्ढेङगढीस्थित सुकादमारको ज्योतिष टोलमा शुक्रबार दिउँसो भिषण पहिरो गएको छ ।
स्थानीय अगुवा रमेश कार्कीले दिएको जानकारी अनुसार दिउँसो १२ बजेदेखि परेको अविरल बर्षाको कारण पहिरो खसेको हो । ज्योतिष चौपारीको उत्तरतर्फको चुरे क्षेत्रमा पहाड फुटेर ठूलो पहिरोसहितको बाढी आएको कार्कीले बताउनुभयो ।
ठूला ढुंगामुढासहित झरेको पहिरोले स्थानीय अमृत कार्की, थमान कार्की, कमलादेवि थामी लगायतको घर जग्गामा कटान गरी क्षति पुर्याएको स्थानीय सावित्रा कार्कीले बताउनुभयो । पहिरोले तारबारसहित संरक्षण गरिएको ज्योतिष चौपारीमा समेत क्षती पुर्याएको छ । घटनामा मानवीय क्षति नभए पनि पानी निरन्तर परिरहेकाले थप त्रास उत्पन्न भएको स्थानीयको भनाई छ । जोखिममा रहेका घर बस्तीलाई सुरक्षित ठाउँमा सार्ने प्रयासबारे पनि छलफल भइरहेको बताईएको छ ।
पानी निरन्तर परे थप जोखिम हुने भएकाले जोखिममा रहेका घरलाई सुरक्षति ठाउँमा सार्न आग्रह गरिएको प्रहरी चौकी बल्ढेङगढीका प्रमुख प्रहरी सहायक निरीक्षक विष्णु रेग्मीले जानकारी दिनुभयो |
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
