तिलोत्तमा, साउन २६ गते । जेसिआई तिलोत्तमाद्धारा मंगलबार निशुल्क दाँत तथा आँखा परिक्षण शिबिरको आयोजना गरिएको छ । जेसिज सप्ताह अन्र्तगत मणिग्राम चोकमा रक्तदान तथा निशुल्क सुगर जाँच आयोजना गरेको संस्थाले मंगलबार तिलोत्तमा ९ स्थित विश्वशान्ति सामुदायिक आधारभुत विद्यालयमा बिहान १० बजेबाट निशुल्क दाँत तथा आँखा परिक्षण शिबिरको आयोजना गरेको बर्ष २०२५ का अध्यक्ष जेसिआई सिनेटर प्रकाश न्यौपानेले जानकारी दिनुभयाे ।
सोमबार आयोजना गरिएको रक्तदान र निशुल्क सुगर जाँच परिक्षणमा ३८ पिन्ट रगत संकलन भएको छ भने ४० जनाले निशुल्क सुगर परिक्षण गराई लाभ लिएको कार्यक्रमका मुल संयोजक जेसि महिमा कुवँरले जानकारी दिनुभएको छ । तिलोत्तमा वडा न ५ का अध्यक्ष रमेश डुम्रेको प्रमुख आतिथ्य रहेको कार्यक्रममा बोल्दै स्वयमसेवी रक्तदाता समाजका महासचिव तथा जिल्ला अध्यक्ष कृष्ण चौहानले पछिल्लो समय रगत अभाव भैरहेको सन्दर्भमा रक्तदान जस्तो पुन्यको कार्यक्रम राखेकोमा जेसिआई तिलोत्तमालाई धन्यबाद दिनुभयो । कार्यक्रमका विशिष्ट अतिथि समेत रहनुभएका चौहानले रगत अभावलाई पुरा गर्न सबैलाई रक्तदान गर्न अपिल समेत गर्नुभएको छ । रक्तदान कार्यक्रममा बुटवलबाट आएको रक्तसन्चार सेवा केन्द्रको टोलीले प्राविधिक सहयोग गरेको थियो ।
