Close Menu
Milapatra Khabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ५ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १६ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Facebook X (Twitter) Instagram
    Facebook Instagram YouTube
    Milapatra KhabarMilapatra Khabar
    Subscribe
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ/शेयर
    • खेलकुद
    • जीवनशैली
    • बिजनेस
    • मनोरञ्जन
    • अन्तरबार्ता
    • विचार
    Milapatra Khabar
    Home»breaking news»पद जोगाउन दल गुहार्दै लुम्बिनी प्रादेशिक अस्पतालका मेसु ढकाल
    breaking news

    पद जोगाउन दल गुहार्दै लुम्बिनी प्रादेशिक अस्पतालका मेसु ढकाल

    मिलापत्रमिलापत्र१० महिना अगाडिUpdated:१० महिना अगाडि101 Views

    भुवन कार्की
    रुपन्देही, साउन १५ गते । रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पातालमा कर्मचारी सरुवा बिवाद देखिएको छ । अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट (मेसु) डा. इन्द्र ढकालको सरुवा विवाद सतहमा आएको हो । उनले पद जोगाउन दल परिवर्तनको बहाना समेत गर्दै आएका छन् ।
    लुम्बिनी प्रादेशिक अस्पतालमा मेसुको रुपमा काजमा काम गर्दै आएका ढकाललाई संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरुवा भएको स्थान सप्तरी जिल्लाको गजेन्द्रनारायणसिंह अस्पतालमा हाजिर हुन दिएको निर्देशनलाई लुम्बिनी प्रदेश सरकारले समेत लत्याएको छ ।
    डा. ढकालको दरबन्दी रहेको स्थानमा नपठाई राजनीतिक शक्तिको आडमा लुम्बिनी प्रदेश सरकारले संरक्षण गरेको घटना सार्वजनिक भएको हो ।
    सप्तरीस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा दरबन्दी रहेका १०औँ तहका अर्थोपेडिक सर्जन डा. ढकाललाई फिर्ता पठाउन दिइएको निर्देशन लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयले लत्याएको हो ।
    डा. ढकालको दरबन्दी २०८१ असार ५ को निर्णयअनुसार मधेश प्रदेशको गजेन्द्रनारायण सिंह अस्पतालमा कायम छ । तर उनी लामो समयदेखि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट (मेसु) को भूमिकामा कार्यरत छन् ।
    ढकालको अनुपस्थितिका कारण सप्तरीमा हाडजोर्नीसम्बन्धी विशेषज्ञ सेवा प्रभावित भएको भन्दै गजेन्द्रनारायण सिंह अस्पतालले पटक–पटक संघीय मन्त्रालयको ध्यानाकर्षण गराएको थियो ।
    सोही गुनासोका आधारमा संघीय स्वास्थ्य मन्त्रालयले पटक–पटकको मौखिक आग्रहलाई बेवास्ता गरिएपछि गत जेठ २३ गते डा. ढकाललाई आफ्नो दरबन्दी रहेको सप्तरीको अस्पतालमा हाजिर हुन लिखित निर्देशन दिएको थियो ।
    मन्त्रालयका शाखा अधिकृत बद्रीनाथ ढकालद्वारा हस्ताक्षरित उक्त पत्रको बोधार्थ लुम्बिनी प्रादेशिक अस्पताल र लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई समेत पठाइएको थियो ।
    तर, संघीय मन्त्रालयको निर्देशन पालना गर्नुको साटो लुम्बिनी प्रदेश सरकारले उल्टै डा. ढकाललाई बुटवलमै थमौती गरेको छ । लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. ज्ञानहरि मरासिनीका अनुसार डा. ढकालको सरुवा थमौती गरिएको छ ।
    लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीय मन्त्रालयलाई अनुरोध गरेपछि थमौती भएको बुझिएको छ । खासगरी एमाले नेता एवं लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालको दवावमा एमालेकै मुख्यमन्त्री आचार्यले डा. ढकाललाई थमौती गर्न संघीय मन्त्रालयलाई पत्र लेखेका थिए । यसअघि काँग्रेस समर्थक भनेर चिनिने डा. ढकाल अहिले एमाले बनेको चर्चा छ । त्यसैले उनलाई जोगाउन एमालेका नेता भूमिश्वर लागिपरेका छन् । भूमिश्वरबाहेकको एमालेको अर्को खेमाले भने ड. ढकाललाई सरुवा गर्नुपर्ने अडान लिएको बताइन्छ ।
    डा. ढकालमाथि राजनीतिक पहुँचको दुरुपयोग गरेको गम्भीर आरोप लाग्दै आएको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा ११औँ तहका आधा दर्जनभन्दा बढी वरिष्ठ चिकित्सकहरू हुँदाहुँदै १०औँ तहका डा. ढकाललाई मेसुको जिम्मेवारी दिनुले यो आरोपलाई थप बल पु¥याएको छ ।
    सामान्यतया मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी एमपीएच गरेका चिकित्सकलाई दिने प्रचलन छ, तर यहाँ योग्य उम्मेदवारलाई पन्छाएर ढकाललाई नियुक्ति दिइनु नीतिगतविपरित रहेको अस्पतालकै एक चिकित्सकको भनाई छ ।
    डा. ढकालको विगत पनि विवादास्पद देखिन्छ । केही वर्षअघि उहाँले बढुवाका लागि गलत कागजात पेस गरेको प्रमाणित भएपछि मन्त्रालयले उनलाई ११औँ तहबाट १०औँ तहमा घटुवा गरेको थियो ।
    लुम्बिनी प्रदेशका अस्पतालहरुमा अहिले राजनीतिक पूर्वाग्रहले कर्मचारी सरुवा बढुवा गर्ने गरिएको गुनासो बढेको छ । उता, सप्तरीस्थित गजेन्द्रनारायण सिंह अस्पतालका मेसु डा. प्रकाश शाहले दरबन्दीका चिकित्सक अन्यत्र बस्दा सेवा प्रवाहमा प्रत्यक्ष असर परेको बताउँछन् ।

    Related Posts

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ५ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १६ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Leave A Reply Cancel Reply

    Top Posts

    पाल्पाको तिनाउमा छात्राबासमै जन्मियो बच्चा

    २ महिना अगाडि745 Views

    ३५ बर्षमै छाेरो मन्त्री हुँदा लम्साल परिवारमा खुसीयाली (भिडियोसहित)

    १ महिना अगाडि497 Views

    बुटवलकाे नविन स्कुलका विद्यार्थी सम्पर्कविहिन

    १२ महिना अगाडि393 Views

    पाल्पाको बल्ढेङगढीमा भिषण पहिरो

    १० महिना अगाडि244 Views
    Don't Miss

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    breaking news ५ घण्टा अगाडि

    दाङ, जेठ १ गते । लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि प्रदेशमा मन्त्रालयको सङ्ख्या आठ…

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १६ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि

    वैदेशिक राेजगारीमा ठगी गर्ने तीनजना पक्राउ

    २ दिन अगाडि
    हाम्रो बारेमा
    हाम्रो बारेमा

    Registration: 1697/076/77
    Address: Butwal-09, Rupandehi

    Facebook YouTube
    फल्लो अस

    Email Us: milapatrakhabar@gmail.com
    Contact: +977-9851161546

    हाम्रो टिम

    सञ्चालक:
    खिमनारायण पराजुली
    अनन्तराज पाण्डे
    रुद्र कार्की
    भुवन कार्की
    कृष्ण पाैडेल
    एस.डी. काेईराला
    दिल गुरुङ
    साेनु थापा

    सम्पादक : माेनिषा बस्नेत
    संवाददाता: नेत्र रुचाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 MIlapatrakhabar. Designed by Ignite Infosys Pvt Ltd.

    Type above and press Enter to search. Press Esc to cancel.