Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: मिलापत्र
गोरखा, कार्तिक ९ गते । नेकपा (माओवादी केन्द्र)द्वारा आयोजित जिल्ला स्तरीय कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रम आज गोरखा सदरमुकाममा सम्पन्न भयो। कार्यक्रममा पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मुख्य वक्ता तथा संयोजकका रूपमा उपस्थित हुनुभएको छ। कार्यक्रममा संयोजक प्रचण्डले जेन–जि आन्दोलनले उठाएका मुद्दा र देशको वर्तमान राजनीतिक अवस्थासम्बन्धी विचार प्रस्तुत गर्दै पार्टीका आगामी कार्यदिशाबारे स्पष्ट सन्देश दिनुभयो। संयोजक प्रचण्डले भन्नुभयो, “जेन–जि आन्दोलनले उठाएका मुद्दा हामीले बिगत संविधानसभा चुनावदेखि नै उठाउँदै आएका हौँ। अब ती मुद्दा पूरा गर्न हाम्रो पहल र जोड हुनेछ।” उहाँले हालको अन्तरिम सरकारप्रति स्पष्ट मत प्रस्तुत गर्दै थप्नुभयो, “केपी ओलीको सिफारिसमा राष्ट्रपतिले बनाएको अन्तरिम सरकारप्रति हामीले…
अर्घाखाँची ,कात्तिक ८ गते। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीय सरकारले विकास बजेट रोक्का गर्दा चालु आर्थिक वर्षका लागि विनियोजन गरिएको बजेट कार्यान्वयनमा समस्या परेको बताउनुभएको छ । नेकपा एमाले अर्घाखाँची जिल्लाले शनिबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले सडक पूर्वाधार, शहरी विकास, खानेपानी लगायत जनतासँग प्रत्यक्ष जोडिएका आयोजनामा विनियोजित बजेट संघीय सरकारले रोक्का गरेकाले काम अघि बढ्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो,‘संघीय सरकारले बजेट रोक्का गर्दा शहरी विकास, खानेपानी, सडकका कामहरू रोकिएका छन् । आज काम नगर्ने भनिएको छ । अर्घाखाँची जिल्लाको विकासको गति अहिलेको संघीय सरकारले कहाँ पु¥याउँदैछ ? देशको विकास के हुँदैछ ? यो…
नवलपुर (नवलपरासी), कात्तिक ५ गते । विस्तारका क्रममा रहेको पूर्वपश्चिम राजमार्गको नारायणघाट बुटवल सडकखण्ड यात्राका लागि सहज बन्दै गएको छ । सडकको ११३ किलोमिटर खण्डमध्ये दाउन्नेबाहेकका अन्य स्थानमा राजमार्ग सहज बनेको नारायणघाट बुटवल सडक योजनाले जनाएको छ । योजनाको पूर्वी खण्डका सूचना अधिकारी इञ्जिनियर शिव खनालका अनुसार हाल सडकको विभिन्न ११ स्थानमा सडक विस्तारको काम भइरहेको छ । दाउन्नेको पूर्वी खण्डमा करिब दुई किलोमिटर र पश्चिम खण्डमा करिब पाँच किलोमिटरबाहेक सबै क्षेत्रमा यातायात सहज भइसकेको उहाँको भनाइ छ । दाउन्ने खण्डमा पनि धुलो हटाएर राजमार्गलाई सहज पारिएको भन्दै उहाँले अहिले विभिन्न पुल सञ्चालनको तयारी, सर्भिस लेन कालोपत्र, राजमार्ग कालोपत्र गर्नेलगायतको काम…
बुटवल, कात्तिक २ गते । गत वर्ष माघ १० गते शिलान्यास गरिएको बुटवल–गोरुसिङ्गे सडक विस्तार आयोजनाको काम हालसम्म १५ प्रतिशत मात्र पूरा भएको छ भने वित्तीय प्रगति जम्मा १२ प्रतिशतमा सीमित छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवलदेखि चन्द्रौटासम्मको ६९ किलोमिटर सडक विस्तार योजनामा पहिलो चरणमा बुटवल–गोरुसिङ्गेसम्मको करिब ५० किलोमिटरमा निर्माणको काम जारी छ । बाँकी १९ किलोमिटर (गोरुसिङ्गे–चन्द्रौटा खण्ड) विस्तारको प्रक्रिया सरकारले चाँडै अघि बढाउने तयारी गरेको छ । हाल निर्माणाधीन ५० किलोमिटर सडकलाई दुई भागमा विभाजन गरिएको छ । बुटवलदेखि कपिलवस्तुको सीमा क्षेत्र कोठीनदीसम्म २५ किलोमिटर र कोठीदेखि गोरुसिङ्गेसम्म २५ किलोमिटरलाई छुट्टाछुट्टै भागमा विभाजन गरिएको छ । यो सडक विस्तार…
बुटवल, असोज ३१ गते । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले छात्रवृत्तिमा अध्ययन गरी सरकारी सेवामा कार्यरत चिकित्सकले निजी क्लिनिकमा काम गर्न थालेको भन्दै कडाइ गरेको छ । मन्त्रालयले बुधबार आफ्ना मातहतका सबै अस्पताललाई परिपत्र जारी गर्दै सरकारी शिक्षण संस्थामा चिकित्साशास्त्र छात्रवृत्ति छनोट तथा छात्रवृत्ति प्राप्त विशेषज्ञ चिकित्सक परिचालन कार्यविधि २०७२ लाई कडाइका साथ पालना गर्न निर्देशन दिएको हो । मन्त्रालयले उक्त कार्यविधि अनुसार सरकारी सेवामा रहेका विशेषज्ञ चिकित्सकले आफ्नो सेवा अवधिभर निजी रूपमा चिकित्सकीय सेवा दिन नपाउने प्रावधान रहेको स्मरण गराएको छ । मन्त्रालयले सो नियम उल्लङ्घन गर्ने चिकित्सकको लाइसेन्स निलम्बन गरिने चेतावनीसमेत दिएको छ । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारूले सरकारको…
तानसेन, असोज २९ गते । पाल्पाका विभिन्न अस्पतालमा ‘स्क्रब टाइफस’ का बिरामी निरन्तर बढेका छन् । जिल्ला सरकारी अस्पताल पाल्पा, मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेज प्रभास र रामपुर अस्पताल पाल्पामा ‘स्क्रब टाइफस’ का बिरामी बढेको अस्पतालहरूले जनाएका छन् । साउन, भदौँ र असोज महिनामा ‘स्क्रब टाइफस’ बाट सङ्क्रमित हुने बिरामी बढेका हुन् । गत वर्ष यही अवधिमा २४५ जनामा मात्र ‘स्क्रब टाइफस’ पुष्टि भएको थियो । स्वास्थ्य कार्यालय पाल्पाले यस वर्ष सो सङ्ख्या बढेर हालसम्म ४३४ जनामा सङ्क्रमण पुष्टि भइसकेको जनाएको छ । अत्यधिक ज्वरो आउने, जिउ दुख्ने, टाउको दुख्नेलगायतका समस्या लिएर अस्पतालमा आएका बिरामीलाई जाँच गर्दा अधिकांशमा ‘स्क्रब टाइफस’…
रेसुङ्गा (गुल्मी), असोज २८ गते । गुल्मीको धुर्कोट गाउँपालिका–३, हाडहाडेका युवा भविन्द्र घर्तिमगरको फर्ममा फूलको ठुलो बगैँचा छ । उहाँले दुई वर्षदेखि फूलको व्यावसायिक खेती गर्दै आउनुभएको छ । दसैँबाट छिटफुट फूल बेच्न सुरु भएको उहाँको भनाइ छ । तिहारमा राम्रो फूल बेच्न सक्ने गरेर व्यावस्थापकीय काम भइरहेको छ । टर्नेलमा दुई हजार बढी सयपत्री फूलका बिरुवा छन् । टर्नेलभित्रको खेती भएका माघ–फागुनसम्म फूल उत्पादन हुने घर्तिमगरले बताउनुभयो । अहिले प्रतिकिलो ५०० रुपियाँमा फूलको बिक्री भइरहेको छ । गत वर्ष पनि टर्नेल र बाहिर गरेर तीन हजार बढी फूल थिए । उहाँले बाहिर लगाएको छिटो कुहिएर सकिने भएकाले अहिले सबै टर्नेलभित्र…
रेसुङ्गा(गुल्मी), असोज २४ गते । सरकारले भूमि समस्या समाधान आयोग खारेज गरेपछि लालपुर्जा पाउने चरणमा रहेका लाभग्राही निराश भएका छन् । गुल्मीका चार पालिका लालपुर्जा वितरणको चरणमा रहेका थिए । त्योमध्ये छत्रकोटका १८ जनाले केहिदिन पहिले लालपुर्जा समेत पाए । तर भूमि समस्या समाधान आयोग खारेज भएपछि लालपुर्जाको अन्तिम चरणमा रहेका मदाने र रुरुक्षेत्र गाउँपालिकाका लाभग्राही निराश भएका छन् । मदानेका २६ लाभग्राहीले बिहीबार लालपुर्जाको अन्तिम प्रक्रिया राजस्व बुझाएर पनि लालपुर्जा पाउन सकेनन् । मदानेकाको राजस्व बुझाउने र रेसुङ्गामा हकदावीको अन्तिम दिन बिहीबार अन्तिम भए पनि सोहि दिन आयोग खारेज हुँदा लाभग्राहीमा ठुलो चोट परेको भूमि समस्या समाधान आयोग गुल्मीका विज्ञ…
भैरहवा, असोज २३ गते । बुद्ध धर्मावलम्बी भिक्षुको तीनमहिने वर्षाबास सम्पन्न भएको छ । बुद्धकालीन समयदेखि निरन्तर चलिआएको यो परम्परा अनुसार भिक्षुहरू वर्षा ऋतुको तीन महिनासम्म एकै स्थानमा रहँदै ध्यान, साधना र देशनामा समय बिताउँछन् । यस अवधिमा उनीहरू विहार वा मोनास्ट्रीमै बस्दै धार्मिक अनुशासनको अभ्यास गर्छन् । यस वर्ष लुम्बिनी, प्राचीन कपिलवस्तु (तिलौराकोट), निग्रोधाराम, महावन र रामग्राममा रहेका भिक्षुले वर्षाबास पूरा गरेका छन् । तीन जिल्लाका पाँच प्रमुख स्थलमा बसेका भिक्षुको तीन महिनाको ध्यान र साधना अवधि असोज पूर्णिमासँगै समाप्त भएको हो । बौद्ध धर्मका अनुसार विनय कर्म पालन गर्दा अन्जानमा भएका त्रुटिबाट मुक्ति पाउन र आत्मशुद्धिका लागि भिक्षुभिक्षुणीले वर्षाबास बस्ने परम्परा छ । वर्षाबासको समयमा…
पश्चिम नवलपरासी, असोज २१ गते । जिल्ला कारागार पश्चिम नवलपरासीबाट भागेका दुईसय ६० जना कैदीबन्दी अझै पनि कारागार फर्किएका छैनन् । हालसम्म ३५ जना महिलासहित २ सय ८६ जना कैदीबन्दी कारागार फर्किएका छन् । ४० जना महिलासहित दुईसय ६० जना कैदीबन्दी अझै कारागार बाहिर छन् । कारागारबाट भागेको तीन हप्ता बितिसक्दा समेत झन्डै आधा कैदीबन्दी कारागारमा नफर्किएपछि सुरक्षा निकायले कैदीबन्दी खोजीकार्य भइरहेको जानकारी दिएका छन् । स्थानीय सर्वसाधारणले चाडपर्वको बेला चोरी डकैतीका घटनामा समेत वृद्धि भएको भन्दै कारागारबाट भागेको एक महिनासम्म पनि भागेकामध्ये आधा सङ्ख्याका कैदीबन्दी कारागार बाहिरै हुनुले सुरक्षा चिन्ता बढाएको गुनासो गरेका छन् । जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिको फाइदा…
