Close Menu
Milapatra Khabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ३ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १४ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Facebook X (Twitter) Instagram
    Facebook Instagram YouTube
    Milapatra KhabarMilapatra Khabar
    Subscribe
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ/शेयर
    • खेलकुद
    • जीवनशैली
    • बिजनेस
    • मनोरञ्जन
    • अन्तरबार्ता
    • विचार
    Milapatra Khabar
    Home»breaking news»भिक्षुकाे तीन महिने वर्षाबास सम्पन्न
    breaking news

    भिक्षुकाे तीन महिने वर्षाबास सम्पन्न

    मिलापत्रमिलापत्र७ महिना अगाडि3 Views

    भैरहवा, असोज २३ गते । बुद्ध धर्मावलम्बी भिक्षुको तीनमहिने वर्षाबास सम्पन्न भएको छ । बुद्धकालीन समयदेखि निरन्तर चलिआएको यो परम्परा अनुसार भिक्षुहरू वर्षा ऋतुको तीन महिनासम्म एकै स्थानमा रहँदै ध्यान, साधना र देशनामा समय बिताउँछन् । यस अवधिमा उनीहरू विहार वा मोनास्ट्रीमै बस्दै धार्मिक अनुशासनको अभ्यास गर्छन् ।

    यस वर्ष लुम्बिनी, प्राचीन कपिलवस्तु (तिलौराकोट), निग्रोधाराम, महावन र रामग्राममा रहेका भिक्षुले वर्षाबास पूरा गरेका छन् । तीन जिल्लाका पाँच प्रमुख स्थलमा बसेका भिक्षुको तीन महिनाको ध्यान र साधना अवधि असोज पूर्णिमासँगै समाप्त भएको हो ।

    बौद्ध धर्मका अनुसार विनय कर्म पालन गर्दा अन्जानमा भएका त्रुटिबाट मुक्ति पाउन र आत्मशुद्धिका लागि भिक्षुभिक्षुणीले वर्षाबास बस्ने परम्परा छ । वर्षाबासको समयमा उनीहरूले बिहानसाँझ ध्यान र परित्राण पाठ गर्छन् । यसै क्रममा बुद्ध धर्म र सङ्घको गुणगान गर्दै धर्मदेशना र पूजाआजा गरिन्छ ।

    यस वर्ष वर्षाबासका लागि थाइल्यान्डबाट २२ जना भिक्षु नेपाल आएका थिए । उनीहरू लुम्बिनीस्थित रोयल थाई विहार र शाक्यमुनि विहारमा बसेका थिए । त्यस्तै म्यान्मार गोल्डेन टेम्पल, श्रीलङ्का महाविहार र महाबोधी सोसाइटीमा समेत भिक्षुले वर्षाबास गरेका थिए ।

    कपिलवस्तुको तिलौराकोट, निग्रोधाराम र महावनसहित पश्चिम नवलपरासीको रामग्राममा नेपाली, थाई, म्यान्मार र श्रीलङ्काका गरी ४० जना भिक्षुले विभिन्न विहारमा वर्षाबास बसेका थिए ।

    Related Posts

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ३ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १४ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Leave A Reply Cancel Reply

    Top Posts

    पाल्पाको तिनाउमा छात्राबासमै जन्मियो बच्चा

    २ महिना अगाडि745 Views

    ३५ बर्षमै छाेरो मन्त्री हुँदा लम्साल परिवारमा खुसीयाली (भिडियोसहित)

    १ महिना अगाडि497 Views

    बुटवलकाे नविन स्कुलका विद्यार्थी सम्पर्कविहिन

    १२ महिना अगाडि393 Views

    पाल्पाको बल्ढेङगढीमा भिषण पहिरो

    १० महिना अगाडि244 Views
    Don't Miss

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    breaking news ३ घण्टा अगाडि

    दाङ, जेठ १ गते । लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि प्रदेशमा मन्त्रालयको सङ्ख्या आठ…

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १४ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि

    वैदेशिक राेजगारीमा ठगी गर्ने तीनजना पक्राउ

    २ दिन अगाडि
    हाम्रो बारेमा
    हाम्रो बारेमा

    Registration: 1697/076/77
    Address: Butwal-09, Rupandehi

    Facebook YouTube
    फल्लो अस

    Email Us: milapatrakhabar@gmail.com
    Contact: +977-9851161546

    हाम्रो टिम

    सञ्चालक:
    खिमनारायण पराजुली
    अनन्तराज पाण्डे
    रुद्र कार्की
    भुवन कार्की
    कृष्ण पाैडेल
    एस.डी. काेईराला
    दिल गुरुङ
    साेनु थापा

    सम्पादक : माेनिषा बस्नेत
    संवाददाता: नेत्र रुचाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 MIlapatrakhabar. Designed by Ignite Infosys Pvt Ltd.

    Type above and press Enter to search. Press Esc to cancel.