Close Menu
Milapatra Khabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ३ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १४ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Facebook X (Twitter) Instagram
    Facebook Instagram YouTube
    Milapatra KhabarMilapatra Khabar
    Subscribe
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ/शेयर
    • खेलकुद
    • जीवनशैली
    • बिजनेस
    • मनोरञ्जन
    • अन्तरबार्ता
    • विचार
    Milapatra Khabar
    Home»breaking news»राजश्व बुझएकाले पनि पाएनन् लालपुर्जा
    breaking news

    राजश्व बुझएकाले पनि पाएनन् लालपुर्जा

    मिलापत्रमिलापत्र७ महिना अगाडि4 Views

    रेसुङ्गा(गुल्मी), असोज २४ गते । सरकारले भूमि समस्या समाधान आयोग खारेज गरेपछि लालपुर्जा पाउने चरणमा रहेका लाभग्राही निराश भएका छन् । गुल्मीका चार पालिका लालपुर्जा वितरणको चरणमा रहेका थिए । त्योमध्ये छत्रकोटका १८ जनाले केहिदिन पहिले लालपुर्जा समेत पाए । तर भूमि समस्या समाधान आयोग खारेज भएपछि लालपुर्जाको अन्तिम चरणमा रहेका मदाने र रुरुक्षेत्र गाउँपालिकाका लाभग्राही निराश भएका छन् ।

    मदानेका २६ लाभग्राहीले बिहीबार लालपुर्जाको अन्तिम प्रक्रिया राजस्व बुझाएर पनि लालपुर्जा पाउन सकेनन् । मदानेकाको राजस्व बुझाउने र रेसुङ्गामा हकदावीको अन्तिम दिन बिहीबार अन्तिम भए पनि सोहि दिन आयोग खारेज हुँदा लाभग्राहीमा ठुलो चोट परेको भूमि समस्या समाधान आयोग गुल्मीका विज्ञ सदस्य पूर्ण केसीले जानकारी दिनुभयो ।

    केसीका अनुसार धुर्कोट बाहेकका स्थानीय तहको लगत सङ्गकलन सकिएको थियो । छत्रकोटमा लालपुर्जा वितरणपछि रुरुक्षेत्र गाउँपालिका, मदाने गाउँपालिका र रेसुङ्गा नगरपालिकामा लालपुर्जा वितरणको अन्तिम काम रहेको केसीले बताउनुभयो ।

    सरकारपिच्छे आयोग बनेपनि लालपुर्जा वितरण नहुने प्रवृतिले नागरिक पीडामा छन् । २०८१ चैतमा आयोगले पूर्णता पाएपछि भूमि समस्या समाधानसँगै लालपुर्जा वितरणको काम अगाडि बढेको थियो । तर छ महिना नपुग्दै आयोग खारेज भएको छ । आयोग दुई महिना मात्रै रहेको भए जिल्लाका सवै स्थानीय तहमा लालपुर्जा वितरणको काम हुन सक्ने अवस्था रहेको नापी कार्यालय गुल्मीका प्रमुख तथा भूमि समस्या समाधान आयोगका सदस्य सचिव जनकराज जोशीले बताउनुभयो ।

    छत्रकोटमा लाभग्राहीले लालपुर्जा पाएपछि स्थानीय तहमा कामको रफ्तार बढेको र मदाने, रुरु र रेसुङ्गाको काम अन्तिममा भए पनि अर्को आयोग गठन नहुने बेलासम्म लालपुर्जा दिने अवस्था नरहेको जोशीले बताउनुभयो । अहिले जङ्गल र सार्वजनिक जग्गामा लालपुर्जा वितरण गर्न सक्ने अवस्था छैन । अव्यवस्थित बसोवासीहरुलाई लालपुर्जा वितरणको काम अगाडि बढेको थियो । वडा कार्यालय, स्वास्थ्यचौकी, बिद्यालय तथा केही व्यक्तिहरुले लालपुर्जा पाउने अवस्थामा आयोग खारेज हुनु निकै दुःखद पक्ष रहेको मदाने गाउँपालिका उपप्रमुख सरिता खड्काले गुनासो गर्नुभयो । जिल्लामा भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासी गरेर तीन हजार तीन सय बढिको निवेदन परेको छ ।

    रुरुक्षेत्र गाउँपालिकाका १५ जनाले लालपुर्जा पाउने अन्तिम तयारी थियो । स्थानीय तहले लालपुर्जाको चरणसम्म आउन लाभग्राहीको पक्षमा धेरै मेहेनत गरेकाले जनतामा आशा सञ्चार हुँदाहुँदै आयोग खारेज हुनु निकै विडम्बना भएको रुरुक्षेत्र गाउँपालिका प्रमुख यदु ज्ञवालीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “राजस्व काट्ने र लालपुर्जा बाँड्ने काम मात्र बाँकी थियो । अन्तिम समयमा आयोग खारेज हुँदा स्थानीयको उत्साह र हामीहरुको उर्जा मरेको छ ।”

    लाभग्राही पीडित मात्रै छैनन्, पटक–पटक गठन हुने आयोगका कारण सरकारी स्रोतको दुरुपयोग भएको छ । राजनीतिक निर्णयले बनेका आयोगका काम सधैँ अधुरो र भूमि समस्याका विषयमा फरक बुझाई भएकाले आयोग बनेपछि हुने निर्णयहरुमा एकरुपता नदेखिएको जिल्ला समन्वय समिति प्रमुख द्रोण खत्रीले बताउनुभयो । जिम्मेवार र स्थायी प्रकृतिका काम गर्ने र खर्च पनि नबढ्ने उत्तम विकल्प जिल्ला समन्वय समितिलाई भूमि समस्या समाधानको काम दिनुपर्नेमा खत्रीले जोड दिनुभयो ।

    Related Posts

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ३ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १४ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Leave A Reply Cancel Reply

    Top Posts

    पाल्पाको तिनाउमा छात्राबासमै जन्मियो बच्चा

    २ महिना अगाडि745 Views

    ३५ बर्षमै छाेरो मन्त्री हुँदा लम्साल परिवारमा खुसीयाली (भिडियोसहित)

    १ महिना अगाडि497 Views

    बुटवलकाे नविन स्कुलका विद्यार्थी सम्पर्कविहिन

    १२ महिना अगाडि393 Views

    पाल्पाको बल्ढेङगढीमा भिषण पहिरो

    १० महिना अगाडि244 Views
    Don't Miss

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    breaking news ३ घण्टा अगाडि

    दाङ, जेठ १ गते । लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि प्रदेशमा मन्त्रालयको सङ्ख्या आठ…

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १४ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि

    वैदेशिक राेजगारीमा ठगी गर्ने तीनजना पक्राउ

    २ दिन अगाडि
    हाम्रो बारेमा
    हाम्रो बारेमा

    Registration: 1697/076/77
    Address: Butwal-09, Rupandehi

    Facebook YouTube
    फल्लो अस

    Email Us: milapatrakhabar@gmail.com
    Contact: +977-9851161546

    हाम्रो टिम

    सञ्चालक:
    खिमनारायण पराजुली
    अनन्तराज पाण्डे
    रुद्र कार्की
    भुवन कार्की
    कृष्ण पाैडेल
    एस.डी. काेईराला
    दिल गुरुङ
    साेनु थापा

    सम्पादक : माेनिषा बस्नेत
    संवाददाता: नेत्र रुचाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 MIlapatrakhabar. Designed by Ignite Infosys Pvt Ltd.

    Type above and press Enter to search. Press Esc to cancel.