Close Menu
Milapatra Khabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ३ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १४ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Facebook X (Twitter) Instagram
    Facebook Instagram YouTube
    Milapatra KhabarMilapatra Khabar
    Subscribe
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ/शेयर
    • खेलकुद
    • जीवनशैली
    • बिजनेस
    • मनोरञ्जन
    • अन्तरबार्ता
    • विचार
    Milapatra Khabar
    Home»breaking news»बढ्दै छ स्क्र्ब टाईफस
    breaking news

    बढ्दै छ स्क्र्ब टाईफस

    मिलापत्रमिलापत्र७ महिना अगाडि3 Views

    तानसेन, असोज २९ गते । पाल्पाका विभिन्न अस्पतालमा ‘स्क्रब टाइफस’ का बिरामी निरन्तर बढेका छन् । जिल्ला सरकारी अस्पताल पाल्पा, मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेज प्रभास र रामपुर अस्पताल पाल्पामा ‘स्क्रब टाइफस’ का बिरामी बढेको अस्पतालहरूले जनाएका छन् । साउन, भदौँ र असोज महिनामा ‘स्क्रब टाइफस’ बाट सङ्क्रमित हुने बिरामी बढेका हुन् । गत वर्ष यही अवधिमा २४५ जनामा मात्र ‘स्क्रब टाइफस’ पुष्टि भएको थियो । स्वास्थ्य कार्यालय पाल्पाले यस वर्ष सो सङ्ख्या बढेर हालसम्म ४३४ जनामा सङ्क्रमण पुष्टि भइसकेको जनाएको छ ।

    अत्यधिक ज्वरो आउने, जिउ दुख्ने, टाउको दुख्नेलगायतका समस्या लिएर अस्पतालमा आएका बिरामीलाई जाँच गर्दा अधिकांशमा ‘स्क्रब टाइफस’ पुष्टि भएको अस्पतालहरूले जनाएका छन् । लुम्बिनी मेडिकल कलेजले ज्वरो र शरीर दुखेर अस्पताल आउने बिरामीमा चेकजाँच गर्दा अधिकांशमा ‘स्क्रब टाइफस’ देखिएको जनाएको छ । अस्पतालका चिकित्सक डा. राजु शाक्यले ‘स्क्रब टाइफस’ को सङ्क्रमण पुष्टि भएका अधिकांश बिरामीलाई भर्ना गरेर उपचार गरिएको बताउनुभयो । उहाँले विगतको तुलनामा यो वर्ष ‘स्क्रब टाइफस’ देखिने बिरामी बढ्दै गएको बताउनुभयो ।

    यस्तै मिसन अस्पताल पाल्पामा समेत ‘स्क्रब टाइफस’ का बिरामी बढेका छन् । अहिले अस्पतालमा भर्ना भएका बिरामीमध्ये धेरै जसो ‘स्क्रब टाइफस’ बाट सङ्क्रमित भएको अस्पतालले जनाएको छ । मिसन अस्पतालले बालबालिका र ज्येष्ठ नागरिक ‘स्क्रब टाइफस’ बाट सबैभन्दा बढी प्रभावित भएको जनाएको छ । अस्पतालमा पाल्पासहित गुल्मी, स्याङ्जा र अर्घाखाँचीका बिरामीमा समेत ‘स्क्रब टाइफस’ देखिएको छ । यस वर्ष पाल्पामा एक जना बालिकाको स्क्रब टाइफसका कारण मृत्यु भएको थियो । स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी मधुसूदन भट्टराईले जिल्लाको रैनादेवी छहरा–१, की १२ वर्षकी बालिकाको ‘स्क्रब टाइफस’ का कारण मृत्यु भएको जानकारी दिनुभयो ।

    डेङ्गुका बिरामी कम 

    यसैबिच यहाँका अस्पतालमा डेङ्गु सङ्क्रमित बिरामी पनि बढेका छन् । यस वर्ष हालसम्म जिल्लाभित्रका ३९४ जनामा डेङ्गु पुष्टि भइसकेको छ । गत वर्ष यही अवधिमा पाल्पामा ४६२ जनामा डेङ्गु सङ्क्रमण भइसकेको थियो । स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख टुकप्रसाद पोखरेलले गत वर्षको तुलनामा यस वर्ष डेङ्गु सङ्क्रमण कम भएको बताउनुभयो । उहाँले पछिल्लो समय चार महिनाको अवधिमा पाल्पामा डेङ्गु र ‘स्क्रब टाइफस’ का बिरामी बढी देखिएको जानकारी दिनुभयो ।

    Related Posts

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    ३ घण्टा अगाडि

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १४ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि
    Leave A Reply Cancel Reply

    Top Posts

    पाल्पाको तिनाउमा छात्राबासमै जन्मियो बच्चा

    २ महिना अगाडि745 Views

    ३५ बर्षमै छाेरो मन्त्री हुँदा लम्साल परिवारमा खुसीयाली (भिडियोसहित)

    १ महिना अगाडि497 Views

    बुटवलकाे नविन स्कुलका विद्यार्थी सम्पर्कविहिन

    १२ महिना अगाडि393 Views

    पाल्पाको बल्ढेङगढीमा भिषण पहिरो

    १० महिना अगाडि244 Views
    Don't Miss

    लुम्बिनी प्रदेशमा अब आठ मन्त्रालय रहने

    breaking news ३ घण्टा अगाडि

    दाङ, जेठ १ गते । लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि प्रदेशमा मन्त्रालयको सङ्ख्या आठ…

    सम्पत्ति छानबिनको दायरामा तीस हजार पदाधिकारी

    १४ घण्टा अगाडि

    सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारकाे तयारी

    १ दिन अगाडि

    वैदेशिक राेजगारीमा ठगी गर्ने तीनजना पक्राउ

    २ दिन अगाडि
    हाम्रो बारेमा
    हाम्रो बारेमा

    Registration: 1697/076/77
    Address: Butwal-09, Rupandehi

    Facebook YouTube
    फल्लो अस

    Email Us: milapatrakhabar@gmail.com
    Contact: +977-9851161546

    हाम्रो टिम

    सञ्चालक:
    खिमनारायण पराजुली
    अनन्तराज पाण्डे
    रुद्र कार्की
    भुवन कार्की
    कृष्ण पाैडेल
    एस.डी. काेईराला
    दिल गुरुङ
    साेनु थापा

    सम्पादक : माेनिषा बस्नेत
    संवाददाता: नेत्र रुचाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 MIlapatrakhabar. Designed by Ignite Infosys Pvt Ltd.

    Type above and press Enter to search. Press Esc to cancel.