Close Menu
Milapatra Khabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    अन्तर्राष्ट्रिय ‘हाइवे’ मापदण्डमा बन्दै

    ६ घण्टा अगाडि

    जन्मदर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र नागरिक एपमा उपलब्ध हुने

    २ दिन अगाडि

    गुल्मीमा ६ सय सामुदायिक कुकुरको बन्ध्याकरण

    २ दिन अगाडि
    Facebook X (Twitter) Instagram
    Facebook Instagram YouTube
    Milapatra KhabarMilapatra Khabar
    Subscribe
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ/शेयर
    • खेलकुद
    • जीवनशैली
    • बिजनेस
    • मनोरञ्जन
    • अन्तरबार्ता
    • विचार
    Milapatra Khabar
    Home»breaking news»फूल खेतीमा रमाउदै युवा
    breaking news

    फूल खेतीमा रमाउदै युवा

    मिलापत्रमिलापत्र६ महिना अगाडि4 Views

    रेसुङ्गा (गुल्मी), असोज २८ गते । गुल्मीको धुर्कोट गाउँपालिका–३, हाडहाडेका युवा भविन्द्र घर्तिमगरको फर्ममा फूलको ठुलो बगैँचा छ । उहाँले दुई वर्षदेखि फूलको व्यावसायिक खेती गर्दै आउनुभएको छ । दसैँबाट छिटफुट फूल बेच्न सुरु भएको उहाँको भनाइ छ ।

    तिहारमा राम्रो फूल बेच्न सक्ने गरेर व्यावस्थापकीय काम भइरहेको छ । टर्नेलमा दुई हजार बढी सयपत्री फूलका बिरुवा छन् । टर्नेलभित्रको खेती भएका माघ–फागुनसम्म फूल उत्पादन हुने घर्तिमगरले बताउनुभयो । अहिले प्रतिकिलो ५०० रुपियाँमा फूलको बिक्री भइरहेको छ ।

    गत वर्ष पनि टर्नेल र बाहिर गरेर तीन हजार बढी फूल थिए । उहाँले बाहिर लगाएको छिटो कुहिएर सकिने भएकाले अहिले सबै टर्नेलभित्र लगाइएको बताउनुभयो । घर्तिलाई कहिल्यै प्रदेश मोह जागेन । स्नातक पढ्दा–पढ्दै कृषि कर्म गर्ने सोँच पलायो ।

    उहाँले रेसुङ्गा नगरपालिका–१०, सिमीचौरमा २०७२ सालबाट व्यावसायिक रूपमा कृषि र पशुपालन थाल्नुभयो । घर्तिमगरले आठ वर्ष सिमिचौरमा काम गरेपछि २०७९ सालबाट रेसुङ्गा नगरपालिका–३, को बेहोरेमा व्यावसायिक रूपमा तरकारी, पशुपालन र फूल खेती गरिरहनु भएको छ ।

    अहिले फर्ममा २०–२२ वटा बङ्गुर र १५ वटा बाख्रा छन् । गोपी, काउली, काँक्रा, टमाटर लगायतका सबैखाले तरकारी पनि उत्पादन भएका छन् । वर्षमा २५–३० लाखको तरकारी र २० लाख रुपियाँ बराबरको बङ्गुरको कारोबार हुने घर्तिमगरको भनाइ छ ।

    उहाँले एक लाख ७० हजार रुपियाँ बार्षिक बुझाउने गरेर १० बर्षको लागि सय रोपनी जग्गा भाडामा लिनुभएको छ । सरकारी निकायको सहयोग तथा अनुदान र व्यक्तिगत गरेर ५० लाख रुपियाँभन्दा बढी लगानी रहेको घर्तिमगरले बताउनुभयो ।

    सत्यवति गाउँपालिका –१ अस्लेवा मोहोलेका हुमा न्यौपानेले पाँच रोपनी जग्गामा चार हजार २०० बढी फूल रोप्नुभएको छ । अहिले फूल टिप्ने र बेच्ने चटारोमा न्यौपाने हुनुहुन्छ । यो न्यौपानेको पहिलो अनुभव हो । योभन्दा पहिले २५ मुरी धान फल्ने खेतमा अहिले फूलको बगैँचा । नयाँ खेतीको चाहनाको कारण धान छोडेर फूल रोपेको न्यौपानेले बताउनुभयो ।

    अहिले गाउँपालिका भित्रकै बजार र छिमेकहरुको पूजाहरुमा फूल बिक्री भइरहेको छ । ठुलो परिणाममा माग भए बाहिर पनि पठाउन सकिने बताउनुभयो । अहिले निरन्तर बर्सा भएकाले केही बिरुवाहरु मरेको न्यौपानेले बताउनुभयो । उहाँ अहिले बजार र मूल्य राम्रो पाएमा आगामी बर्ष क्षेत्रफल बढाएर फूल रोप्ने योजनामा हुनुहुन्छ । व्यावसायिक फूल कृषक गोकर्ण नेपालीले फूल खेती रहर मात्रै नहुने बताउनुहुन्छ ।

    टर्नेलमा लगानी गर्न नसके बाहिर बारीमा उत्पादन भएको फूलबाट केही फाइदा नहुने नेपालीले बताउनुभयो । बाहिरको फूल बर्सा, शित र कुहिरोले कुहिने समस्या भएकाले अहिले आफुले गत बर्षभन्दा निकै कम फूल रोपेको गुनासो गर्नुभयो । धुर्कोट गाउँपालिकाले भारतीय प्लाष्टिकका मालाहरुलाई २०७५ सालबाटै प्रतिबन्ध लगाएको छ ।

    गाउँपालिकाले घर–घरमा फूल रोप्ने अभियानका साथ व्यावसायिक फूलखेती गर्नेहरुलाई प्रोत्साहनको काम भइरहेको धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोख्रेलले बताउनुभयो ।

    Related Posts

    अन्तर्राष्ट्रिय ‘हाइवे’ मापदण्डमा बन्दै

    ६ घण्टा अगाडि

    जन्मदर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र नागरिक एपमा उपलब्ध हुने

    २ दिन अगाडि

    गुल्मीमा ६ सय सामुदायिक कुकुरको बन्ध्याकरण

    २ दिन अगाडि
    Leave A Reply Cancel Reply

    Top Posts

    पाल्पाको तिनाउमा छात्राबासमै जन्मियो बच्चा

    ३ हप्ता अगाडि741 Views

    ३५ बर्षमै छाेरो मन्त्री हुँदा लम्साल परिवारमा खुसीयाली (भिडियोसहित)

    २ हप्ता अगाडि495 Views

    बुटवलकाे नविन स्कुलका विद्यार्थी सम्पर्कविहिन

    ११ महिना अगाडि392 Views

    पाल्पाको बल्ढेङगढीमा भिषण पहिरो

    ९ महिना अगाडि242 Views
    Don't Miss

    अन्तर्राष्ट्रिय ‘हाइवे’ मापदण्डमा बन्दै

    breaking news ६ घण्टा अगाडि

    काठमाडौँ, वैशाख ४ गते । अबको तीन वर्षभित्र पूर्वपश्चिम राजमार्ग अन्तर्राष्ट्रिय ‘हाइवे’ को मापदण्डमा स्तरोन्नति हुने…

    जन्मदर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र नागरिक एपमा उपलब्ध हुने

    २ दिन अगाडि

    गुल्मीमा ६ सय सामुदायिक कुकुरको बन्ध्याकरण

    २ दिन अगाडि

    गृहमन्त्री गुरुङद्वारा नारायणगढ–बुटवल सडक अनुगमन

    ३ दिन अगाडि
    हाम्रो बारेमा
    हाम्रो बारेमा

    Registration: 1697/076/77
    Address: Butwal-09, Rupandehi

    Facebook YouTube
    फल्लो अस

    Email Us: milapatrakhabar@gmail.com
    Contact: +977-9851161546

    हाम्रो टिम

    सञ्चालक:
    खिमनारायण पराजुली
    अनन्तराज पाण्डे
    रुद्र कार्की
    भुवन कार्की
    कृष्ण पाैडेल
    एस.डी. काेईराला
    दिल गुरुङ
    साेनु थापा

    सम्पादक : माेनिषा बस्नेत
    संवाददाता: नेत्र रुचाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 MIlapatrakhabar. Designed by Ignite Infosys Pvt Ltd.

    Type above and press Enter to search. Press Esc to cancel.