Author: मिलापत्र

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदका लागि रुपन्देही २ मा उम्मेदवारी दिएका रुपन्देही सैनामैनाका सुवास पण्डे (विश्वदीप) ले यसरी चुनावी प्रतिबद्दता ब्यक्त गरेका छन् : आदरणीय जनसमुदाय, आज म रुपन्देहीको यो २ नम्बर क्षेत्रमा तपाईंको उमेदवार भएर उभिँदा यो समयको रापताप महसुस गरिरहेको छु । तपाईंहरुको असन्तोषको रापताप, आक्रोशको रापताप, जनयुद्ध, जनआन्दोलन र अस्ति भर्खरै भएको जेनजी आन्दोलनको रापताप । मलाई थाहा छ, यसमा तपाईंहरुको मायाको रापताप पनि मिसिएको छ । एउटा युवा हुनुको नाताले पनि मलाई यो मायाको, जिम्मेवारीको रापताप महसुस भैरहेको छ । यति छिटै फेरि किन चुनाव हुँदैछ ? किन यो देशमा दनदनी आगो बल्यो…

Read More

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देही २ बाट १७ राजनीतिक दल र १७ स्वतन्त्र गरी ३४ जनाले उम्मेदवारी दर्ता गरेका छन् । यो क्षेत्रबाट लगातार जित्दै आएका नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल, नेपाली कांग्रेसबाट उद्योगी चुन्न प्रसाद पौडेल, रास्वपाबाट अधिवक्ता सुलभ खरेल, नेपाली कम्युनिष्ट पार्टीबाट सुवास पाण्डे विश्वदीपले उम्मेदवारी दर्ता गराएका छन् । एमाले उपाध्यक्ष पौडेलको समर्थकमा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लिला गिरी र प्रस्तावकमा प्रदेशका पूर्वस्वास्थ्य मन्त्री भोजप्रसाद रहेका छन् । उम्मेदवारी दर्तापछि पूर्वअर्थमन्त्री समेत रहेका पौडेलले रुपन्देही २ मा आफूले गरेका विकास निर्माणका कामको आधारमा प्रतिस्पर्धी कोही नभएको दाबी गरे । २०७४ को भन्दा बढी मतान्तरले…

Read More

बुटवल, माघ ५ गते । रूपन्देहीको कञ्चन गाउँपालिका अन्तर्गत धवलागिरि चोकका १७ वर्षीय ईशान शर्माको शव एक महिनादेखि लुम्बिनी प्रादेशिक अस्पतालको शव दाहगृहमा छ । उहाँका आमाबुवाको आँसु अझै थामिएको छैन । ईशानको हत्या भएको बताउँदै परिवारले हत्यामा संलग्नमाथि कारबाही नभएसम्म शव नउठाउने अडान लिएको छ । गत पुस २ गते साँझ करिब ८ बजेदेखि परिवारसँग सम्पर्कविहीन भएका ईशान अर्को दिन पुस ३ गते घरनजिकैको नालीमा टाउकोको पछाडि गम्भीर चोट लागेको र बायाँ आँखा फुटेको अवस्थामा मृत भेटिएका थिए । ईशानको घरपरिवारले उहाँको हत्या गरी शव नालीमा फालिएको भन्दै घटनाको सत्यतथ्य अनुसन्धान गर्न माग गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय रूपन्देहीले भने ईशानको फोर्स गाडीको…

Read More

दाङ, माघ ३ गते । घाँटी र टाउकोमा थारू परम्परागत गहना, शरीरमा चोल्या र लेहङ्गा । १२ वर्षीय पूजा चौधरी अचेल अरू दिन झैँ विद्यालय जान होइन, साथीहरूसँग मघौटा नाच्न गाउँमा निस्किनुभएको छ । मघौटा नाच्न दङ्गीशरण गाउँपालिका–३, हेकुलीकी पूजा गाउँका गल्ली गल्ली डुल्दै माघको मघौटा नाचमा व्यस्त हुनुहुन्छ । पूजासँगै १३ वर्षीय सृष्टि चौधरी पनि तालमा ताल मिलाउँदै नाचिरहनुभएको छ । पूजा र सृष्टिलाई मनीषा चौधरीले मादलको तालले नचाइरहनुभएको छ । दुईतर्फबाट एकातिर केटा र अर्काेतर्फबाट केटी साथी मघौटा गीत गाउँदै साथ दिइरहेका छन् । बाबाकी सगरवा मुरिया लहान गैनु हाँ, बाबाकी सगरवा सखिए हो, टोपिया छुटल पानी घाट, सखिए हो यही गीतको भाकासँगै नाच्दै…

Read More

रेसुङ्गा (गुल्मी), माघ १ गते । गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको सङ्गममा पर्ने रुरुधाममा पहिले तीन वटै जिल्लाको संयोजनमा माघेसङ्क्रान्ति अर्थात् रुरुमेला हुने गथ्र्याे । बर्सेनि रुरुमेलाका अवसरमा कालीगण्डकी नदीमा स्नान गर्ने र ऋषिकेश मन्दिरको दर्शन गर्नेले बगर भरिभराउ हुन्थ्यो । गुल्मी र पाल्पातर्फ पहुँचमार्ग भए पनि स्याङ्जामा सडक अभावका कारण दर्शक पुग्दैनथे । अहिले तीनमुखे पुलले तीन जिल्लालाई जोडेपछि माघेसङ्क्रान्तिका अवसरमा आआफ्नै मेला र महोत्सव हुने गरेका छन् । रुरुमेलामा गुल्मीतर्फ व्यापारिक स्टल धेरै छन् । रोल्पा, रुकुम, कालीकोट, हुम्ला र जुम्लाबाट आउने हिमाली व्यवसायीले गुल्मीतर्फ नै व्यापार गर्छन् । रुरु उद्योग वाणिज्य सङ्घको आयोजना तथा स्थानीय दुई क्लबको…

Read More

काठमाडौं । सरकारले नेपाल नागरिकता ऐन, २०६३ लाई कार्यान्वयन गर्न ‘नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२’ जारी गरेको छ । गृह मन्त्रालयले संशोधन गरेको राजपत्रमा प्रकाशित नियमावलीअनुसार बाबुको पहिचान हुन नसकेका सन्तान, नेपालमा फेला परेका अनाथ बालबालिका र गैरआवासीय नेपालीका लागि नागरिकता प्राप्तिको प्रक्रियालाई थप स्पष्ट र सरल बनाएको हो । यो नियमावलीले विशेषगरी एकल महिलाका सन्तान र राज्यको संरक्षणमा रहेका बालबालिकाको ‘पहिचानको हक’ लाई कानुनी रूपमै सुरक्षित गरेको छ । नयाँ नियमावलीका मुख्य विशेषतामा बाबुको पहिचान नभएको अवस्थामा आमा र सन्तान दुवैले अनुसूची बमोजिमको स्वघोषणा गर्नुपर्ने व्यवस्था गरिएको छ । बालबालिकाको पहिचानका लागि १६ वर्षसम्म मान्य हुने ‘नाबालक परिचयपत्र’को…

Read More

बबई (बर्दिया), पुस २१ गते । बर्दियामा मानव–वन्यजन्तु द्वन्द्वका घटना वृद्धि भइरहेका छन् । चालु आर्थिक वर्षको पहिलो छ महिनामा वन्यजन्तुको आक्रमणमा परेर जिल्लामा छ जनाले ज्यान गुमाएका छन् । पछिल्ला वर्षमा मध्यवर्ती क्षेत्रका सामुदायिक वनक्षेत्र तथा त्यस आसपासका वस्तीमा वन्यजन्तुको आवतजावत बढेसँगै मानव–वन्यजन्तु द्वन्द्वका घटना वृद्धि हुँदै गएका छन् । डिभिजन वन कार्यालय बर्दियाका अनुसार साउनदेखि पुस मध्यसम्म चितुवा, बाघलगायतका वन्यजन्तुको आक्रमणबाट छ जनाको मृत्यु भएको छ । अघिल्लो आव २०८०/८१ मा मानव–वन्यजन्तु द्वन्द्वका कारण चार जनाले ज्यान गुमाएका थिए भने चालु आव २०८१/८२ को छ महिनामै उक्त सङ्ख्या छ पुगेको छ । जसले गर्दा संरक्षणमा झन् समस्या थपिँदै गएको छ । तथ्याङ्क अनुसार गत…

Read More

नेपालगञ्ज, १९ पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लगानीमैत्री वातावरण सृजना गर्ने जिम्मेवारी राज्य, निजी क्षेत्र र समाज सबैको साझा भएको बताउनुभएको छ । नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघको २५ औं वार्षिक साधारण सभाको शनिबार नेपालगञ्जमा उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले लगानीको वातावरण कमजोर बनाउने तत्वको गहिरो पहिचान गर्न जरुरी रहेको धारणा राख्नुभयो । उहाँले लगानीको वातावरण बिगार्ने कारणतर्फ आवश्यक ध्यान नपुगेको उल्लेख गर्दै अब त्यसमा गम्भीर समीक्षा आवश्यक रहेको बताउनुभयो । व्यवसायीलाई समस्या सिर्जना गर्नु राज्यको काम नभई समस्या समाधानका लागि अभिभावकको भूमिकामा उभिनु जिम्मेवार निकायको दायित्व भएको उहाँको भनाइ थियो । मुख्यमन्त्री आचार्यले उद्योग दर्ता गर्न उद्योगीले पाँचदेखि…

Read More

गुल्मी, पुस १७ गते । गुल्मीको रिडीमा जिल्लास्तरीय कृषि मेला प्रदर्शनी हुने भएको छ। कृषकलाई उत्पादनमा प्रोत्साहन गर्ने, स्थानीय उत्पादनको बजारीकरण गर्ने, रैथाने बाली वस्तुको प्रवर्धन गर्ने उदेश्यले कृषि मेला प्रदर्शनीको आयोजना गर्न लागिएको रुरुक्षेत्र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश ज्ञवालीले जानकारी दिनुभयो। रिडी माघे सङ्क्रान्ति मेलाको अवसरमा यही माघ १ गतेदेखि ३ गतेसम्म रुरुक्षेत्र गाउँपालिका, राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ, कृषि ज्ञान केन्द्र, भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र, सत्यवती गाउँपालिका, छत्रकोट गाउँपालिका र गुल्मीदरबार गाउँपालिकाको सहकार्यमा कृषि मेला प्रदर्शनी हुन लागेको हो। कृषकलाई प्रविधिको बारेमा जानकारी गराउनुका साथै कृषकका अनुभव आदानप्रदान र स्थानीय उत्पादित बाली वस्तुको प्रवर्धन…

Read More

निशा चौधरी थारूले मौसम, समय, चाडपर्व, विवाह, पूजापाठलगायत विभिन्न अवस्थामा खाने अनेक परिकार छन् । दैनिक खानेमा भात, दाल, कपुवा, तरकारी आदि हुन् भने चाडपर्वमा अनिवार्य खानेमा सुँगुरको मासु, ढिक्री, खरिया, बरिया रहेका छन् । त्यस्तै माछा, गँगटा, घोँगीको परिकार पनि थारूले ज्यादै मिठो मानेर खाने गर्छन् । थारूले खाने परिकारमा धेरै मसला प्रयोग गरिँदैन । सामान्य रूपमा र सजिलै घरमै उपलब्ध हुने लसुन, प्याज, धनियाँ, खुर्सानी आदि प्रयोग गरिन्छ । यसै गरी धेरै दिन राखेर बनाएको अचारभन्दा ताजा चटनी खाने गर्छन् । थारूले सादा खालको खानेकुरा नै बढी खान्छन् । थारूले चाडपर्व तथा अन्य दिनमा खाने परिकार यस प्रकार रहेका छन् : ढिक्री थारू समुदायमा निकै…

Read More